Khabar Dabali Logo
  October 26, Mon

शिक्षामा मनपरितन्त्र र चर्को शुल्क ६ दिनभित्रै राेक्न सरकारलार्इ विद्यार्थी संगठनकाे चेतावनी

काठमाडौं। प्रमुख तीन विद्यार्थी संगठनले शिक्षा क्षेत्रमा देखापरेका  पछिल्लो समस्याका  विषयमा सरकारको  ध्यानाकर्षण गराएको छ ।

अनेरास्ववियू, अखिल क्रान्तिकारी र नेविसंघले एक संयुक्त  विज्ञप्ति  जारी गर्दै सरकारले तोकेको मापदण्ड र निर्देशन विपरित मेडिकल शिक्षामा भएको मनपरितन्त्र र चर्को  शुल्क असुलीलाई रोकी  कारवाही प्रक्रिया अघि बढाउन तीनै संगठनका अध्यक्ष नविना लामा, रञ्जित तामाङ र नैनसिंह महरको नेतृत्वमा २१ सदस्यीय अनुगमन टोली गठन गरिएको  उल्लेख गरिएको छ ।

उक्त टोलीले युनिभर्सल मेडिकल कलेज, भैरहवा, चितवन मेडिकल कलेज, भरतपुर चितवन,  किस्ट मेडिकल कलेज, ललितपुर, गण्डकी मेडिकल कलेज, पोखरा र नेशनल मेडिकल कलेज, वीरगंजको अनुगमन गर्ने विज्ञप्तिमा उल्लेख छ ।

यस्तै लिटिल एन्जल्स, डिएभी, जेम्स, रातो बंगला, आदर्श विद्या मन्दिर, ब्रिटिस स्कुल र युनाइटेड एकेडेमी लगायतका विद्यालयले  राज्यलाइ अटेर गरी कर नतिरेको भन्दै ६ दिन भित्र कर असुल  गर्न पनि  सम्वन्धीत निकायलाई   विद्यार्थी संगठनले आग्रह गरेका छन् ।

यस्तै संविधानप्रदत्त अधिकार अनुरुप आधारभुत र माध्यामिक शिक्षालाई पुर्ण रुपमा निशुल्क घोषणा गरी आगामी शैक्षिक सत्रवाट लागु गर्न अहिलेबाटै तयारी अगाडि बढाउन पनि माग गरिएको छ ।

यस्तै  शैक्षिक सत्र शुरु हुनु अगावै निजी विद्यालयहरुले नर्सरी, मन्टेश्वरी, शिशु शिक्षादेखि उच्च शिक्षा सम्म मनपरी शुल्क लिने रवैया अविलम्व रोक्न र निजीक्षेत्रको मनपरी रोक्न याथासक्य चाडो सरोकार बालाहरुको वैठक गरी विज्ञहरुको सहमतिका आधारमा नियमन र निगरानी गर्न  समेत विज्ञप्तिमार्फत  आग्रह गरिएको छ ।

आफूहरुको माग र सरोकारलाई  अविलम्व सम्वोधन गरी हल नगरिएमा कडा संघर्पमा उत्रन वाध्य हुने समेत विद्यार्थी संगठनले चेतावनी दिएका छन् ।

माघ २४ गते, २०७४ - १२:४० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top