Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

भाषा विवाद चर्कियो: फोरम र राजपाको झन्डा जलाइयो

 

\"\"धनुषा । प्रदेश नं २ को गत माघ २१ गते सम्पन्न ऐतिहासिक पहिलो प्रदेशसभा बैठकमा मधेसवादी दलका नेताहरूले आफ्नो मातृभाषा छोडेर हिन्दीमा सम्बोधन गरेको भन्दै विरोधमा युवाहरूले सांसदहरूको पुत्ला जलाएका छन् । मंगलबार साँझ जनकपुरको जानकी चोकमा ‘परिवर्तनका लागि युवा अभियान’का अध्यक्ष बिट्टु पञ्जियारको अध्यक्षता र रोशन यादवको नेतृत्वमा संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालका प्रदेशसभा सांसदहरूको पुत्ला जलाइएको हो ।

संसद्मा मातृभाषामा शुभकामना मन्तव्य नदिई हिन्दी भाषालाई प्राथमिकता दिएको विरोधमा पुत्ला जलाएको युवाहरूले बताएका छन् । युवाले केहीबेर नाराजुलुस गर्दै ‘मातृभाषाको प्रयोग र अन्तर्राष्ट्रिय भाषाको सम्मान गर’ भन्ने नारासमेत लगाएका थिए । सो क्रममा प्रहरीले हस्तक्षेप गर्न खोज्दा केहीबेर तनावसमेत उत्पन्न भएको थियो । मातृभाषालाई भुलेर हिन्दीलाई प्राथमिकता दिएपछि आफ्नो भाषा संरक्षणका लागि विरोध गर्न बाध्य भएको अभियानका संयोजक सुशील कर्णले बताए । अभियानका संयोजक कर्णले भने, ‘प्रदेश नम्बर २ मा मैथिली, भोजपुरी, बज्जिका लगायतका भाषालाई प्राथमिकता दिनु पर्दछ र यी भाषाहरूलाई नै सरकारी कामकाजी भाषा बनाउनुपर्छ ।” कर्णका अनुसार पहिचानको नाममा आन्दोलन गर्ने अनि मातृभाषा जस्तो आत्मीय पहिचानलाई बिर्सिने दलहरुलाई खबरदारी गर्न पुत्ला जलाइएको हो । कर्णले प्रदेश २ मा बोलिने मैथिली, भोजपूरी, बज्जिका, थारू सहितका मातृभाषामा मात्र बोल्न प्रदेशसभा सदस्यहरुसँग आग्रह गरेका छन् । परिवर्तनका लागि युवा अभियानका बिट्टु पंजियारले भने “मातृभाषाको अपमान तथा बाहिरी भाषाको सम्मान हामी सहन गर्न सक्दैनौँ, हामी आन्दोलनमा उत्रन्छौँ ।” गत आइतबार सम्पन्न प्रदेश २ को पहिलो बैठकमा संघीय समाजवादी फोरमका लालबाबु राउत र राष्ट्रिय जनता पार्टीका जीतेन्द्र सोनलले हिन्दीमा सम्बोधन गरेका थिए भने नेपाली काँग्रेसका रामसरोज यादव, एमालेका सत्यनारायण मण्डल र शत्रुघ्न महतो तथा माओवादी केन्द्रका भरत साहले मैथिलीमा सम्बोधन गरेका थिए । मातृभाषासम्बन्धी विवाद यसअघि सम्पन्न प्रदेशसभा सदस्यहरुको शपथग्रहणमा समेत देखिएको थियो । शपथग्रहणमा ४७ ले मैथिली, २५ ले भोजपुरी, २४ ले नेपाली तथा ११ जना सदस्यले हिन्दीमा शपथग्रहण गरेका थिए । हिन्दीमा शपथ लिने सम्पूर्ण प्रदेशसभा सदस्य राजपाका थिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies