Khabar Dabali Logo
  October 21, Wed

महिना दिनसम्म गुपचुप रह्यो ५ वर्षीया बालिका बलात्कार घटना

काठमाडाैं । भक्तपुर नगरपालिका १० कमलविनायककी पाँच वर्षीया परी (नाम परिवर्तन) ले आफ्नी धाई आमालाई पिसाब गर्ने ठाउँमा दुःखेको बताउँछिन् । धाई आमाले हेर्दा उनको अविकसित यौनाङ्गमा घाउचोट देखिन्छ। तर उनले आफ्नी सानी नानी बलात्कारको शिकार भएको अनुमान त के सपनामा समेत सोचेका थिइनन् ।

आजको अन्नपूर्णमा खबर छ-त्यसैले परीको यौनाङ्ग धोईपखाली तेल मालिस गरेर मल्हम लगाइदिन्छिन्। तैपनि परीलाई सञ्चो हुँदैन। त्यसको तीन दिनपछि स्थानीय स्वास्थ्य केन्द्रमा देखाएर औषधि उपचार हुन्छ र दुख्न छोड्छ। यत्तिकैमा दुई हप्ता बित्छ। एकदिन परीले आफ्नै उमेरका बालकसँग खेल्ने क्रममा बालकमाथि घोडा चढ्छिन्। उनले बालकलाई घोडा चढेको बालककी आमाले देख्छिन् र हप्काएर परीलाई ‘तिमीले के गरेको’ भन्छिन्। परीले माया गरेको उत्तर दिन्छिन्।

फेरि बालककी आमाले यस्तो माया गर्न तिमीलाई कसले सिकायो भन्दै सोध्छिन्। परीले फलाना दादाले मलाई यसरी नै माया गर्नुभएको थियो भनी उत्तर दिन्छिन्। अनि बालककी आमालाई झन् बढी जान्ने उत्सुकता जाग्छ। उनले परीसँग थप सोध्छिन्, ‘दादाले अरु के के गर्नुभयो?’

अबोध सानी परीले भनिन्, ‘मेरो पपी सेममा दादाको पपी सेम ठेल्नुभयो।’यति भनेपछि परी बलात्कृत भएको खुलासा भयो। उनले पिसाब गर्ने ठाउँमा दुख्यो भनेको कारण पनि खुलेपछि भोलिपल्ट परीकी आमाबुबाले प्रहरीमा आफ्नी छोरी बलात्कृत भएको किटानी जाहेरी दिए। प्रहरीले जाहेरी परेकै दिन परीलाई जबरजस्ती करणी गर्ने युवकलाई पक्राउ गर्छ।

यो घटना गएको पुसमा भएको पाँच वर्षीया बालिका बलात्कृत भएको घटनाको विवरण हो। महानगरीय प्रहरी परिसर भक्तपुरले उक्त घटनामा संलग्न भएको आरोपमा ललितपुरको ललितपुर महानगरपालिका २२ बुङमती घर भई हाल भक्तपुर नगरपालिका १० कमलविनायक बस्र्दै आएका १८ वर्षीय वसन्त तामाङ आइतबार पक्राउ गरिसकेको छ। उनले आफू डेरा गरी बस्ने घरका छिमेकीका पाँच वर्षीया परीलाई ललाईफकाई लगेर जबरजस्ती करणी गरेको आरोपमा परीकी आफन्तले प्रहरीकहाँ किटानी जाहरी दिएको हो।

महानगरीय प्रहरी परिसरका अनुसार गएको पुस ३० गते परीले आफ्नी धाई आमालाई पिसाब गर्ने ठाउँमा दुखेको बताएकी थिइन्। माथिको घटना विवरणअनुसार त्यसको तीन दिनपछि माघ ३ गते स्थानीय स्वास्थ्य केन्द्रमा जँचाएर औषधि उपचार गरिएको थियो। र, अनुसन्धानको क्रममा माघ २० गते परी र अर्का केटा साथीबीच घोडा चढ्ने खेल खेल्दै गर्दा बालककी आमाले सोधखोज गर्ने बेला परीले आफू तामाङबाट बलात्कृत भएको सुनाएको खुल्न आएको परिसरले जनाएको छ।

बालिकालाई जबरजस्ती करणी गर्ने तामाङलाई भक्तपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य अघि बढाइएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए। महानगरीय प्रहरी परिसर भक्तपुरमा अनुसार पाँच वर्षीया बलात्कारसँगै भक्तपुरमा फरक फरक मितिमा दुई युवती, एक महिला र एक किशोरी जबरजस्ती करणीको शिकार भएका छन्।

माघ २४ गते, २०७४ - ०८:०४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्णाली समस्याबारे बालुवाटारमा कुनै सहमति भएको छैन –प्रचण्ड सचिवालय

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कर्णाली सरकारको विवादबारे...   
चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ...   

राप्रपा अध्यक्ष थापा अस्पताल भर्ना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन् । बुधबार...   

पृतनापति सम्मेलन आइतबारदेखि

काठमाडौं । नेपाली सेनाले आइतबारदेखि पृतनापति सम्मेलन गर्दैछ । सम्मेलनमा मुलुकको समग्र शान्तिसुरक्षाका...   
ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोरोनाको जोखिम बढेको भन्दै जिल्लाभित्रका सबै सरकारी...   

कर्णालीका मुख्यमन्त्री र सांसदलाई प्रधानमन्त्री ओलिले दिए यस्तो निर्देशन

काठमाडौं । कर्णाली प्रदेशमा नेकपा संसदीय दलभित्र देखा परेको विवादमा प्रधानमन्त्रीले हस्तक्षेप गरेका...   
मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

काठमाडौंं । राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले गम्भीर प्रश्न उठेको...   

युट्युवले कोरोनाका बारेमा भ्रम छर्ने भिडियो हटाउने

वासिङ्टन । भिडियो हेर्न मिल्ने लोकप्रिय माध्यमको रुपमा रहेको युट्युवले कोरोनाभाइरसका बारेमा भ्रम...   

भक्तपुरमा बासी र कुहिएको मासु बिक्री

भक्तपुर । यहाँ सञ्चालनमा रहेका अधिकांश मासु पसल अत्यन्तै फोहोर र मूल्यमा उपभोक्ता ठगी गरेको पाइएको...   
कोरोना संक्रमितले पनि लोक सेवाको परीक्षा दिन पाउने व्यवस्था मिलाउन सर्वोच्चको आदेश

कोरोना संक्रमितले पनि लोक सेवाको परीक्षा दिन पाउने व्यवस्था मिलाउन सर्वोच्चको आदेश

काठमाण्डौं । सर्वोच्च अदालतले कोरोना सङ्क्रमण पुष्टि भएका व्यक्तिले चाहेमा परीक्षामा सहभागी गराउन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top