Khabar Dabali Logo
  October 28, Wed

मनमाेहन अधिकारीले शिलान्यास गरेकाे सडक २३ वर्षपछि कालाेपत्रे सकिँदै

काठमाडाैं । अछाम–बाजुराको सदरमुकाम जोड्ने सडकको शिलान्यास २०५२ सालमा तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले गरेका थिए । सो सडकको निर्माण कार्य धिमा गतिमा भइरहेकाे थियाे । अछामको साँफेबगर र बाजुराको सदरमुकाम मार्तडी जोड्ने मुख्य सडकखण्डकोे काम २३ वर्षपछि मात्र अन्तिम चरणमा पुगेको छ । कछुवाको गतिमा निर्माण भएको सो पक्की सडक सदरमुकाम मार्तडीसम्म पुग्नेछ ।

अाजको नयाँ पत्रिकामा खबर छ-बाजुरा प्रदेश ७ कै पक्की सडक सञ्जालले नजोडिएको जिल्ला पनि हो । २२ वर्षअघि साँफे–मार्तडी सडकखण्डको काम अन्तिम चरणमा पुगेपछि स्थानीय निकै उत्साहित भएका छन् । कच्ची सडकमा जोखिमपूर्ण यात्रा गराउँदै आएका चालकहरू पनि पक्की सडक बनेपछि निकै उत्साहित बनेका छन् ।

अछामको साँफेबगरदेखि मार्तडीसम्मको ५७ किलोमिटर सडकखण्ड मध्ये २९ किलोमिटर सडक ५ वर्षअघि नै कालोपत्रे भएको थियो । बार्जुगाढदेखि मार्तडीसम्मको २८ किलोमिटर सडक निर्माणका लागि भारतीय एक्जिम बैंकको ६८ करोडको ऋणमा ०७४ असारभित्र काम पूरा गर्ने सर्तमा ठेक्का सम्झौता भएको थियो ।

०७१ जेठमा निर्माणको जिम्मा पाएको पियस कन्स्ट्रक्सनले बार्जुगाढदेखि मार्तडीसम्मको सडक म्याद थपेर ०७५ जेठभित्र पूरा गर्ने गरी कामलाई तीव्रता दिएको छ । पियस कन्स्ट्क्सनका सह–इन्चार्ज प्रेम थापाले अब एक महिना भित्रै काम सकिने बताए ।

यता ७० वर्ष काल्चे दमाइले सडक सदरमुकाम पुग्ने भए पछि उत्सहित हुँदै नयाँ पत्रिकासँग भने,‘ म निकै खुसी भएको छु । मर्ने बेलामा गाडी चड्ने सपना पुरा हुनेभयो ।’

माघ २४ गते, २०७४ - ०७:०३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोनाबारे स्वास्थ्य मन्त्रालयको दैनिक प्रेस ब्रिफिङ् नहुने, दैनिक अपडेट यसरी हेर्न सकिन्छ

कोरोनाबारे स्वास्थ्य मन्त्रालयको दैनिक प्रेस ब्रिफिङ् नहुने, दैनिक अपडेट यसरी हेर्न सकिन्छ

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना भाईरस संक्रमणबारे गर्ने गरेको दैनिक प्रेस ब्रिफिङ् भोलीबाट...   
केकेआरविरुद्ध पञ्जाबको शानदार जित

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

काठमाडौं । यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध किंग्स इलावेन...   
हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्ला । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको...   
प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका...   
यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

राजनीतिले राष्ट्रको नेतृत्व गर्छ। यसैले राजनीतिक नेतृत्व राष्ट्र र जनताको हितमा निरन्तर क्रियाशील...   

टिकाको दिन दुखद घटना : आगलागीबाट जले पाँच घर

जाजरकोट । विजयादशमीका दिन जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट...   

गण्डकीमा थप दुई सय ५२ जनामा कोरोना सङ्क्रमण

गण्डकी । गण्डकी प्रदेशमा आज थप २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको...   

पोखरीमा डुबेर एक जनाको मृत्यु

मङगलबारे । इलामको देउमाई नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई...   

शिक्षकबाट राजीनामा दिएर बगरमा केरा फलाउँदै भुषाल

दाङ् । दाङका एक व्यक्तिले शिक्षकबाट राजीनामा दिएर बगरमा केरा खेती गर्नुभएको छ । लमही नगरपालिका–३ फल्कापुर...   
राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकालबाट टीका ग्रहण...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top