Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

मुख्यमन्त्री दाबी गरिरहेका भण्डारीलाई अन्ततः मन्त्री पद पाउनै मुश्किल

\"\"काठमाडौं ।  ६ नम्बर प्रदेश मुख्यमन्त्रीको दाबी गरिरहेका माओवादी केन्द्रका प्रदेश सांसद नरेश भण्डारीले अन्ततः मन्त्री पदसम्म नपाउने स्थिति बनेको छ । कर्णाली क्षेत्रले मुख्यमन्त्री पाईसकेको अबस्थामा शक्ति सन्तुलनको आधारमा राप्ती र भेरीलाई पनि एक एक पद दिनुपर्ने भएपछि भण्डारीलाई मन्त्रीपद पाउन फलामको चिउरा चपाउनु सरह भएको माओवादी केन्द्रको उच्च श्रोतले जनाएको छ । श्रोतका अनुसार मुख्यमन्त्रीमा कालीकोटका महेन्द्रबहादुर शाही बन्ने निश्चित छ । सोही अनुसार प्रदेशसभाको पहिलो बैठकमा दलका तर्फबाट सांसद शाहीले संबोधन पनि गरिसकेका छन् । बामगठबन्धनले प्रदेश मन्त्रिपरिषद्मा ७० र ३० प्रतिशत हुने गरि बाँडफाँड गर्दा माओवादीले मुख्यमन्त्री सहित एक मन्त्री र उपसभामुख पद पाएको थियो । उपसभामुख र एक मन्त्री पद राप्ती र भेरीलाई दिनुपर्ने भएपछि भण्डारीलाई कुन पदमा व्यवस्थापन गर्ने भन्नेबारेमा छलफल भईरहेको श्रोतको दाबी छ । ६ नम्बर प्रदेश राप्तीका दुई , भेरिका तीन र कर्णालीका पाँच जिल्ला मिलेर बनेको प्रदेश छ । माओवादी केन्द्रले उपसभामुख पद राप्ती र मन्त्रीपद भेरिलाई दिने तयारी गरेको छ । भण्डारीले आफुलाई पार्टी नेतृत्वले मुख्यमन्त्री हुने गरि प्रदेशसभामा लड्न पठाएको दाबी गर्दै आएका छन् । तर ६ नम्बर प्रदेशको प्रदेशसभामा उनीभन्दा सिनियर सांसदहरुको संख्या धेरै भएको र भौगोलिक हिसाबले पनि पद् बाँडफाँड गर्नुपर्ने भएकाले उनको दाबी फिक्का बन्ने अबस्थामा पुगेको श्रोतले बतायो । भण्डारी २०५८ सालको भदौमा तत्कालीन माओवादीले चलाएको जनयुद्धमा जुम्लाबाट सहभागी भएका थिए । पार्टी आन्दोलनमा संलग्न भएको समय, योगदान र भुमिकाका आधारमा माओवादी केन्द्रको ६ नम्बर प्रदेशमा १३ जना सांसद मध्ये कालीकोटका महेन्द्र बहादुर शाही सबैभन्दा सिनियर हुन् ।  

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies