Khabar Dabali Logo
  October 29, Thu

प्रचण्डलाई बदनाम गर्न यस्तो षड्यन्त्र

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमाथि बिभिन्न कोणबाट भ्रम छर्ने काम भएको छ ।

पछिल्लो समयमा भारतीय जासुसी संस्था ‘रअ’का प्रतिनिधिले प्रचण्डलाई धम्क्याएको भन्दै भ्रमपूर्ण समाचार प्रकाशित भएको थियो ।

प्रचण्ड सचिवालय श्रोतले भने उक्त समाचार अध्यक्ष प्रचण्डलाई बदनाम र तेजोबध गर्ने सुनियोजित उद्देश्यबाट सार्वजनिक भएको बताएको छ ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आउनु अघि एमालेसँग एकता नगर्न भन्दै प्रचण्डलाई धम्की दिएको आशयको समाचार एकताविरोधीहरुको षडयन्त्र भएको स्रोतले बतायो । ‘समाचारमा कम्तीमा विश्वास लाग्ने कुरा त हुनुपर्छ ?’ स्रोतले भन्यो, ‘बदनाम गर्न जे पायो त्यही लेख्ने ?’
प्रचण्ड प्रधानमन्त्री भएको बेला र उनले राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका निर्वाह गरिरहेको बेला जहिले पनि यस्तै समाचार प्रकाशित हुने गरेका छन् । सोही क्रमको निरन्तरता नै अहिले प्रचण्डमाथि बिभिन्न कोणबाट हमला भइरहेको स्रोतको दावी छ ।

अचम्म त के छ भने हृदयघातबाट मृत्यु भएका अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहाललाई समेत जोडेर समाचार सार्वजनिक भएपछि समाचार नियोजित भएको स्रोतले बतायो । ‘चर्चा पाउन, समाचार बिकाउन जे पनि लेखे हुने भो’, स्रोतले भन्यो, ‘रअ, का प्रतिनिधिसँग भेटेको या छलफल गरेको कुरा गोप्य स्रोत भन्दै मिडियाले लेख्छ, रअ, का प्रतिनिधिहरुलाई न हामीले भेट्छौं न भेटने आवश्यकता नै हुन्छ’ ।

प्रकाश दाहालसँग जोडिएको आम जनमानसको संवेदनालाई ‘क्यास’ गरेर समाचार बिकाउन र चर्चा बटुल्न अध्यक्ष प्रचण्डको बदनाम गरिएको माओवादीका एक शीर्ष नेताले बताए । ‘प्रकाश कमरेडको मृत्युका बारेमा चिकित्सकले नै आधिकारिक धारणा व्यक्त गरिसकेका छन् । षडयन्त्र भएको या नभएको विषयमा अध्यक्षले प्रष्ट पारिसकेका छन् ।’ उनले भने, ‘तर जबर्जस्ती षडयन्त्र भनेर त्यो पनि ‘रअ’ सँग जोडनु भ्रम छनुर््बाहेक अरु केही होइन ।’

समाजवादी क्रान्तिको आधार तयार पार्ने सपना बोकेर नेकपा एमाले र अन्य शक्तिहरुसँग बृहत वाम एकताको अभियानको नेतृत्व लिइरहेकोमा अध्यक्ष प्रचण्डमाथि चौतर्फी हमला भइरहेको हो । एकताको प्रक्रियालाई देशी तथा विदेशी प्रतिक्रियावादी र देशभित्र पनि प्रचण्ड अगाडि बढेको भूमिका देख्न नचाहने तत्वहरुले बदनाम गर्न खोजेको ती नेताले बताए ।

‘अध्यक्षको भूमिका कसैले अस्वीकार गर्न सक्दैन तर केहीलाई वहाँको सक्रियता पचाउन गारो परेको छ । केहीले एकता नै चाहँदैनन् । त्यसैले कसरी सकिन्छ बदनाम गर्ने कोशिस भइरहेको छ ।’ उनले भने, ‘हिजो १६ बुँदे सम्झौता हुँदा समेत यही प्रचार भयो, संविधान घोषणा हुने बेला पनि यसरी नै आलोचना गरियो, प्रधानमन्त्री भएपछि त पाइला पाइलामा कुप्रचार गरियो । यहाँ एउटा तत्व प्रचण्डले राम्रो गरेको देखि नसहने छन् ।’

भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल भ्रमणमा आएको विषयलाई कतिपयले पार्टी एकतासँग पनि जोडेका छन् । यही क्रममा प्रचण्डलाई ‘रअ’का प्रतिनिधिले धम्की दिएको विषय सार्वजनिक भएको हो ।

माघ २३ गते, २०७४ - १२:३२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मुकेश चौराशिया हत्याको मुद्दा सरकारी वकिल कार्यलयमार्फत दर्ता

मुकेश चौराशिया हत्याको मुद्दा सरकारी वकिल कार्यलयमार्फत दर्ता

पर्सा । जिल्ला सरकारी वकिलको कार्यालय मार्फत मुकेश चौराशियाको हत्यासम्बन्धि मुद्दा दर्ता भएको छ...   

कोरोनाबारे स्वास्थ्य मन्त्रालयको दैनिक प्रेस ब्रिफिङ् नहुने, दैनिक अपडेट यसरी हेर्न सकिन्छ

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना भाईरस संक्रमणबारे गर्ने गरेको दैनिक प्रेस ब्रिफिङ् भोलीबाट...   
केकेआरविरुद्ध पञ्जाबको शानदार जित

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

काठमाडौं । यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध किंग्स इलावेन...   
हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्ला । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको...   
प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका...   
यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

राजनीतिले राष्ट्रको नेतृत्व गर्छ। यसैले राजनीतिक नेतृत्व राष्ट्र र जनताको हितमा निरन्तर क्रियाशील...   

टिकाको दिन दुखद घटना : आगलागीबाट जले पाँच घर

जाजरकोट । विजयादशमीका दिन जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट...   

गण्डकीमा थप दुई सय ५२ जनामा कोरोना सङ्क्रमण

गण्डकी । गण्डकी प्रदेशमा आज थप २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको...   

पोखरीमा डुबेर एक जनाको मृत्यु

मङगलबारे । इलामको देउमाई नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई...   

शिक्षकबाट राजीनामा दिएर बगरमा केरा फलाउँदै भुषाल

दाङ् । दाङका एक व्यक्तिले शिक्षकबाट राजीनामा दिएर बगरमा केरा खेती गर्नुभएको छ । लमही नगरपालिका–३ फल्कापुर...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top