Khabar Dabali Logo
  October 20, Tue

फेरि बालिकासहित ३ जना बलात्कारको सिकार

काठमाडाैं। भक्तपुरमा एक महिला र दुई बालिका बलात्कृत भएका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार फरक-फरक मितिमा एक महिला र दुई बालिका जबरजस्ती करणीको शिकार भएका हुन् । परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले सुर्खेतको गुर्बाकोट नपा-९ भुल्के घर भइ हाल भक्तपुरको चाँगुनारायण नगरपालिका-८ स्थित श्री इँटा भट्टामा काम गर्दै आएका ३८ वर्षीय कर्णबहादुर तामाङले शुक्रबार राति सोही इँटाभट्टामा काम गर्दै आएकी ४५ वर्षीया महिलामाथि बलात्कार गरेको उजुरी परेको जानकारी दिए ।

अाजको अन्नपूर्णमा खबर छ-उनका अनुसार शुक्रबार राति घटेको उक्त घटना आइतबारमात्रै प्रहरीकहाँ पुगेको थियो। घटना प्रहरीसम्म पुगेकै दिन आइतबार तामाङलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक प्रसाईंले बताए।

त्यसैगरी गत बिहीबार दाङको बबई गाउँपालिका-३ हंसपुर घर भई हाल चाँगुनारायण नपा-९ ताथलीमा बस्दै आएका २० वर्षीय सुरेश घर्तीमगरले १६ वर्षीया किशोरीलाई बलात्कार गरेका थिए। पीडित बालिकाले प्रहरीमा उजुरी दिएपछि मात्रै उक्त घटना सार्वजनिक भएको थियो।

यसैगरी ललितपुर महानगरपालिका-२२ बुङमती घर भइ हाल भक्तपुर नगरपालिका-१० कमलविनायक बस्र्दै आएका १८ वर्षीय वसन्त तामाङले पाँच वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको उजुरी परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रसाईंले पीडित बालिकाको उजुरीको आधारमा पीडक तामाङलाई शनिबार नियन्त्रणमा लिइएको जानकारी दिए।

उनका अनुसार तीनवटै घटनामा संलग्नहरुलाई पक्राउ गरी कानुनबमोजिम मुद्दा अघि बढाइएको छ। साथै पीडित महिला एवं दुई बालिकाको स्वास्थ्य परीक्षण गरिएको प्रहरीले बताएको छ।

माघ २३ गते, २०७४ - ०९:०१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्णाली समस्याबारे बालुवाटारमा कुनै सहमति भएको छैन –प्रचण्ड सचिवालय

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कर्णाली सरकारको विवादबारे...   
चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ...   

राप्रपा अध्यक्ष थापा अस्पताल भर्ना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन् । बुधबार...   

पृतनापति सम्मेलन आइतबारदेखि

काठमाडौं । नेपाली सेनाले आइतबारदेखि पृतनापति सम्मेलन गर्दैछ । सम्मेलनमा मुलुकको समग्र शान्तिसुरक्षाका...   
ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोरोनाको जोखिम बढेको भन्दै जिल्लाभित्रका सबै सरकारी...   

कर्णालीका मुख्यमन्त्री र सांसदलाई प्रधानमन्त्री ओलिले दिए यस्तो निर्देशन

काठमाडौं । कर्णाली प्रदेशमा नेकपा संसदीय दलभित्र देखा परेको विवादमा प्रधानमन्त्रीले हस्तक्षेप गरेका...   
मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

काठमाडौंं । राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले गम्भीर प्रश्न उठेको...   

युट्युवले कोरोनाका बारेमा भ्रम छर्ने भिडियो हटाउने

वासिङ्टन । भिडियो हेर्न मिल्ने लोकप्रिय माध्यमको रुपमा रहेको युट्युवले कोरोनाभाइरसका बारेमा भ्रम...   

भक्तपुरमा बासी र कुहिएको मासु बिक्री

भक्तपुर । यहाँ सञ्चालनमा रहेका अधिकांश मासु पसल अत्यन्तै फोहोर र मूल्यमा उपभोक्ता ठगी गरेको पाइएको...   
कोरोना संक्रमितले पनि लोक सेवाको परीक्षा दिन पाउने व्यवस्था मिलाउन सर्वोच्चको आदेश

कोरोना संक्रमितले पनि लोक सेवाको परीक्षा दिन पाउने व्यवस्था मिलाउन सर्वोच्चको आदेश

काठमाण्डौं । सर्वोच्च अदालतले कोरोना सङ्क्रमण पुष्टि भएका व्यक्तिले चाहेमा परीक्षामा सहभागी गराउन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top