Khabar Dabali Logo
  October 21, Wed

पूर्वराजा ज्ञानेन्द्र शाहले भने: रुखबाट पात झरे पनि जरा फेरिँदैनन्

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह भारत प्रस्थान् गरेका छन् । भारत उड्नअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग बोल्दै उनले रुखका पात झरे पनि जरा परिवर्तन नहुने बताएका छन् । ‘हामीले धेरै कुरा प्रकृतिबाट पनि सिक्न सक्छौँ, रुखबाट पात झर्लान, तर जरा भने कहिल्यै परिवर्तन हुँदैनन्’, उनले पारिवारिक भनिएको दुई साता लामो भारत भ्रमणका लागि उड्नुअघि भने । उनले हिँड्ने बाटो फरक भए पनि सिद्धान्तमा भने निष्ठावान भएर अडिग रहिरहनुपर्ने जिकिर गरे ।

अाजको अन्नपूर्णमा खबर छ-स्रोतका अनुसार पूर्वराजा शाह संकटमा रहेको भारतीय देसी गाई जोगाउन सक्रिय श्रीमार्ग नामको संगठनले गर्न लागेको कार्यक्रममा सहभागी हुन भारतको उडिसातर्फ लागेका हुन् । यसअघि नेपागन्जमा करिब एक महिना बसेर शाहले हिन्दु राज्य र राजतन्त्रको पक्षमा वकालत गर्न भ्याएका थिए । त्यो बेला उनी उत्तर प्रदेशका मुख्यमन्त्रीकहाँ पुगेर यी दुई कुराको लविङमा सक्रिय भएका थिए ।

यो भ्रमणमा पनि पूर्वराजाले नेपालमा हिन्दुत्वको मुद्दाबारे भारतीय नेताहरुसँग कुरा हुन सक्ने जनाउ दिए । पूर्वराजा शाह विमानस्थलमा पुग्दा राष्ट्रिय झण्डा बोकेर राजावादी र हिन्दुवादीहरु बिदाईका लागि पुगेका थिए ।

उडिसामा शनिबारदेखि आगामी बुधबारसम्म हुन लागेको गौ स‌ं‌रक्षण महोत्वसमा शाहलाई प्रमुख अतिथिकारुपमा बोलाइएको छ । उनलाई पठाइएको निमन्त्रणमा नेपालका राजाकै हैसियत दिइएको छ।

पछिल्लो समय धार्मिक गतिविधिमा सक्रिया पूर्वराजाले भारतमा पनि महोत्सवको अन्तिम दिन महायज्ञमा पूर्णाहुति दिने तालिका आयोजले सार्वजनिक गरेको छ। रोचक कुरा त के छ भने नेपालबाट राजसिंहासन खोसिएका ज्ञानेन्द्रलाई उडिसामा भारतीय हिन्दुवादीहरुले राजसिंहासनमै राखेर अभिषेक पनि गर्ने भएका छन् ।

माघ २३ गते, २०७४ - ०७:१९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्णाली समस्याबारे बालुवाटारमा कुनै सहमति भएको छैन –प्रचण्ड सचिवालय

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कर्णाली सरकारको विवादबारे...   
चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ...   

राप्रपा अध्यक्ष थापा अस्पताल भर्ना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन् । बुधबार...   

पृतनापति सम्मेलन आइतबारदेखि

काठमाडौं । नेपाली सेनाले आइतबारदेखि पृतनापति सम्मेलन गर्दैछ । सम्मेलनमा मुलुकको समग्र शान्तिसुरक्षाका...   
ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोरोनाको जोखिम बढेको भन्दै जिल्लाभित्रका सबै सरकारी...   

कर्णालीका मुख्यमन्त्री र सांसदलाई प्रधानमन्त्री ओलिले दिए यस्तो निर्देशन

काठमाडौं । कर्णाली प्रदेशमा नेकपा संसदीय दलभित्र देखा परेको विवादमा प्रधानमन्त्रीले हस्तक्षेप गरेका...   
मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

काठमाडौंं । राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले गम्भीर प्रश्न उठेको...   

युट्युवले कोरोनाका बारेमा भ्रम छर्ने भिडियो हटाउने

वासिङ्टन । भिडियो हेर्न मिल्ने लोकप्रिय माध्यमको रुपमा रहेको युट्युवले कोरोनाभाइरसका बारेमा भ्रम...   

भक्तपुरमा बासी र कुहिएको मासु बिक्री

भक्तपुर । यहाँ सञ्चालनमा रहेका अधिकांश मासु पसल अत्यन्तै फोहोर र मूल्यमा उपभोक्ता ठगी गरेको पाइएको...   
कोरोना संक्रमितले पनि लोक सेवाको परीक्षा दिन पाउने व्यवस्था मिलाउन सर्वोच्चको आदेश

कोरोना संक्रमितले पनि लोक सेवाको परीक्षा दिन पाउने व्यवस्था मिलाउन सर्वोच्चको आदेश

काठमाण्डौं । सर्वोच्च अदालतले कोरोना सङ्क्रमण पुष्टि भएका व्यक्तिले चाहेमा परीक्षामा सहभागी गराउन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top