Khabar Dabali Logo
  October 29, Thu

दरबारमार्ग बलात्कार प्रकरण: यसरी बनेको थियो बलात्कारको योजना

काठमाडाैं । दरबारमार्गस्थित होटेल ल्यान्डमार्कमा युवतीमाथि सामूहिक बलात्कार सुनियोजित ढंगले भएको खुलेको छ। प्रहरीका अनुसार घटनाका मुख्य योजनाकार युवतीकै ‘ब्वाइफ्रेन्ड’ शैलेस कार्की र हेटौँडाका दीपक श्रेष्ठ हुन्। उनीहरूले लाजिम्पाटस्थित एक रेस्टुरेन्टमा युवती बलात्कारको योजना बनाएका थिए। उनीहरूसँग विकास गौतम र रवि पौडेल पनि सँगै थिए ।

आजको नयाँ पत्रिकामा खबर छ-‘घटना सुनियोजित ढंगले भएको देखिन्छ। युवतीको बयान र भेटिएका तथ्य विश्लेषण गर्दा मुख्य योजनाकार उनकै ब्वाइफ्रेन्ड भएजस्तो देखिन्छ,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘उनलाई दिपक श्रेष्ठले साथ दिएको देखिन्छ। घटनाका अरोपी सबै फरार रहेकाले अनुसन्धानपछि मात्र खुल्नेछ।’

भारतको चेन्नाईमा ‘अशोक लेल्यान्ड अटो मोबाइल’ ले ‘एक्सपो’ आयोजना गर्दै छ। त्यसमा सहभागी हुन घटनाका चारै आरोपी जाँदै थिए। हेटौँडाबाट दिपक र विकास काठमाडौं आएका थिए। उनीहरूले दरबारमार्र्गस्थित होटल ल्यान्डमार्कका पाँचवटा कोठा बुक गरेका थिए। तीनजनालाई होटलमै बस्न भनेर शैलेश र दिपक मदिरा पिउन लाजिम्पाटको रेस्टुरेन्ट पुगेका थिए। त्यहीँ युवती बलात्कारको योजना बनेको प्रहरीको भनाइ छ।

‘चेन्नाईमा अटो एक्सपो हुँदै रहेछ। त्यसैमा भाग लिन सबै जम्मा भएका रहेछन्। राति बस्न होटलमा कोठा बुक गरेपछि रेस्टुरेन्ट छिरेर मदिरा खाए। रमाइलो गर्ने प्रसंग निस्किएपछि युवती बोलाइयो र होटलमा लगियो। त्यसपछि चारैजनाले पालैपालो बलात्कार गरे,’ अनुसन्धानमा खटिएका प्रहरी अधिकृतले भने। बलात्कृत युवतीले भोलिपल्ट प्रहरीमा जाहेरी दिएपछि ब्वाइफ्रेन्ड भनिएका शैलेश भने चेन्नाई जान सकेनन्। तीनजना भने एक्सपोमा सहभागी हुन चेन्नाई उडेका थिए। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रामदत्त जोशीले पनि चेन्नाईमा हुने अटो एक्सपोमा भाग लिन जम्मा हुने क्रममा बलात्कारको घटना भएको बताए। घटनामा संलग्न कोही पनि पक्राउ नपरेकाले विस्तृत रूपमा भन्न कठिन रहेको उनको भनाइ छ।

बलात्कार घटना मिलापत्रका लागि ३० लाख रुपैयाँको डिल भएको थियो। पैसा लेनदेनमा पीडित र पीडक दुवै पक्ष राजी भए। प्रहरीले आफ्नो हिस्सा खोज्यो। हिस्सा माग्दै अगाडि आए सइ चन्द्र भण्डारी। दुवै पक्षबीच तीस लाखमध्ये तीन लाख सइ भण्डारीको बैंक खातामा दाखिला गर्ने सहमति भयो र जम्मा गरियो। बाँकी २७ लाख भने पीडित पक्षलाई बुझाइयो। सइ भण्डारी अहिले निलम्बनमा छन्।

माघ २३ गते, २०७४ - ०७:०८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मुकेश चौराशिया हत्याको मुद्दा सरकारी वकिल कार्यलयमार्फत दर्ता

मुकेश चौराशिया हत्याको मुद्दा सरकारी वकिल कार्यलयमार्फत दर्ता

पर्सा । जिल्ला सरकारी वकिलको कार्यालय मार्फत मुकेश चौराशियाको हत्यासम्बन्धि मुद्दा दर्ता भएको छ...   

कोरोनाबारे स्वास्थ्य मन्त्रालयको दैनिक प्रेस ब्रिफिङ् नहुने, दैनिक अपडेट यसरी हेर्न सकिन्छ

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना भाईरस संक्रमणबारे गर्ने गरेको दैनिक प्रेस ब्रिफिङ् भोलीबाट...   
केकेआरविरुद्ध पञ्जाबको शानदार जित

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

काठमाडौं । यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध किंग्स इलावेन...   
हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्ला । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको...   
प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका...   
यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

राजनीतिले राष्ट्रको नेतृत्व गर्छ। यसैले राजनीतिक नेतृत्व राष्ट्र र जनताको हितमा निरन्तर क्रियाशील...   

टिकाको दिन दुखद घटना : आगलागीबाट जले पाँच घर

जाजरकोट । विजयादशमीका दिन जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट...   

गण्डकीमा थप दुई सय ५२ जनामा कोरोना सङ्क्रमण

गण्डकी । गण्डकी प्रदेशमा आज थप २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको...   

पोखरीमा डुबेर एक जनाको मृत्यु

मङगलबारे । इलामको देउमाई नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई...   

शिक्षकबाट राजीनामा दिएर बगरमा केरा फलाउँदै भुषाल

दाङ् । दाङका एक व्यक्तिले शिक्षकबाट राजीनामा दिएर बगरमा केरा खेती गर्नुभएको छ । लमही नगरपालिका–३ फल्कापुर...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top