Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

प्रदेशसभा सदस्यको एउटै स्वर : अरुभन्दा समृद्ध बनाउँछौँ

\"\"पोखरा । प्रदेश नं ४ को प्रदेशसभाको पहिलो बैठकमा सदस्यहरुले प्रदेश नं ४ लाई अरुभन्दा समृद्ध बनाउने अठोट गरेका छन् । उनीहरूले हिमालदेखि तराईसम्मका भूभाग समेटिएको सो प्रदेशमा उपलब्ध प्रचूर प्राकृतिक साधनस्रोतको उपयोग एकाकार भएर गर्ने बताए । प्रदेशसभा सदस्य पृथ्वीसुब्बा गुरुङले भने, “सबैभन्दा शान्त, सुन्दर, समृद्ध र सभ्य प्रदेश बनाउन जनताले हामीलाई दिएको अवसरलाई खेर जान दिने छैनौँ ।” हरेक दृष्टिले समृद्धिका लागि सम्भावना बोकेको प्रदेशमा औद्योगिकीकरणको कमी भएको बताउँदै उनले पाँच वर्षभित्र गरिबीको रेखामुनि रहेका जनताको संख्या अन्य प्रदेशभन्दा निकै कम तुल्याइने प्रतिबद्धता व्यक्त गरे । प्रदेशसभा सदस्य कृष्णचन्द्र नेपालीले जनतालाई लोकतन्त्रको आभास दिलाउनका लागि समुन्नत र सभ्य प्रदेश बनाउन विधि र सुशासनमा जोड दिन आवश्यक भएको बताए । उनले संविधानको भावनाअनुसार समानुपातिक र समावेशी सिद्धान्तलाई आत्मसात् गरेर अघि बढ्दा फलदायी परिणाम प्राप्त हुने पक्षलाई दृष्टिगत गरी मिलेर काम गर्नुपर्छ भने । प्रदेशसभा सदस्य हरिबहादुर चुमानले प्रदेश नं ४ को पर्यटन र जलस्रोतको सदुपयोग गर्नुपर्नेमा जोड दिए । प्रदेशसभा सदस्य कृष्ण थापाले मुलुकलाई समृद्धिको मार्गतर्फ उन्मुख गराउन राजनीतिक भ्रष्टाचार तथा वैदेशिक हस्तक्षेप रोक्न आवश्यक भएको बताए । अर्का सदस्य हरिशरण आचार्यले प्रदेशलाई समृद्ध तुल्याउने हो भने एकता र साझा भावनाले काम गर्नुपर्छ भने । प्रदेशसभा सदस्य किरण गुरुङले विकासमा सत्ता पक्ष र विपक्ष भन्ने हुँदैन भन्दै भ्रष्टाचारमुक्त समाजको निर्माणमा जोड दिए । प्रदेशसभा सदस्य दोबाटे विक, नेत्रनाथ अधिकारी, सिर्जना शर्मा, ललितकला गुरुङ र गायत्री गुरुङले विकास एवं समृद्धिका लागि सबैको एकताबद्ध प्रयास आवश्यक हुने बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies