Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

देवघाट पुगेर सम्झिए प्रचण्डले भूमिगतकाल

\"\"चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले देवघाटलाई अन्तराष्ट्रिय धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने कुरा बताएका छन् । चितवनको ग्लेश्वर आश्रमद्धारा आयोजित विराट धनधान्याञ्चल ज्ञान महायज्ञ समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देवघाटको ऐतिहासिक महत्वलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्नुपर्नेमा जोड दिएका हुन्, ‘देवघाटको सम्बन्ध ईतिहास ,पौराणीककाल र परम्परासगँ छ ’ अध्यक्ष प्रचण्डले भने, “देशको आर्थिक मरुदण्ड भनेको पर्यटन भएकोले देवघाटलाई अन्तराष्ट्रिय पर्यटकीय केन्द्र बनाउन बामपन्थी सरकारले आवश्यक काम गर्नेछ । ’ नेपाल, भारतलगायतका दक्षिण एशियाका देशहरुबाट यसक्षेत्रमा ठूलो संख्यामा तीर्थालुहरु आइरहेको सन्दर्भ जोडनु हुँदै अध्यक्ष प्रचण्डले नयाँ सरकारले देवघाट क्षेत्रलाई अन्तराष्ट्रिय स्तरको पर्यटकीय केन्द्रका रुपमा निर्माण गर्ने बताए । अध्यक्ष प्रचण्डले देवघाटलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरी अन्तराष्ट्रिय पर्यटक भित्र्याउनुपर्ने र देवघाटसगँ जोडिएका चितवन र नवलपुरलाई समेत यसले आर्थिक टेवा पुग्ने विचार व्यक्त गरे । चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य समेत रहनुभएको अध्यक्ष प्रचण्डले आफूले देवघाट क्षेत्रको विकासका लागि भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे । “म चितवनको जनप्रनिधि भएकाले देवघाट क्षेत्रको विकास र समृद्धिको निम्ति भूमिका निर्वाह गर्नेछु । यहाँको समस्या समधान गर्न सरकारसगँ समेत छलफल गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।” उक्त अवसरमा अध्यक्ष प्रचण्डले समाजमा नैतिक मूल्यको स्थापनामा जोड दिनुपर्ने समेत बताए । “चिन्तन र विर्मशले समाजमा एउटा नैतिक मुल्य स्थापित गर्न सक्छ” अध्यक्ष प्रचण्डले भने, “समाजमा देखिने र विकास हुने कतिपय विकृति र विमर्शलाई चिन्तन र विमर्शबाट अन्त्य गर्न सकिन्छ । जनताको धार्मिक आस्थालाई सम्मान गर्ने अध्यक्ष प्रचण्डले जनताको धार्मिक आस्था र स्वतन्त्रतालाई सम्मान गरेको बताउँद धर्मविरोधी भनेर निरपेक्षरुपमा भ्रमपूर्ण प्रचार गरिएकोमा दुख व्यक्त गरे । “हामीले सबैखाले धार्मिक आस्थाको सम्मान गर्छौं ।” प्रचण्डले भने, “राज्यले कुनै धर्मलाई काखा र कुनै धर्मलाई पाखा गर्न हुँदैन भन्नेमात्र हो । नेपालमा धार्मिक, साँस्कृतिक, जातीय र परम्परागत विविधता छ । विविधतामा एकता नै नेपालको पहिचान हो ।” भूमिगतकालमा देवघाट आएको चर्चा उक्त अवसरमा अध्यक्ष प्रचण्डले देवघाटधाममा आफ्नी फुपु र सासु बस्दै आएको बताउँदै विगतमा भूमिगत रहँदा श्रीमतीसहित थुप्रै पटक देवघाट आएको खुलासा गरे । “म धेरै पटक देवघाट आएको छु,” उनले भने, “त्यसैले मलाई यहाँ बस्नुुहुने वृद्धवृद्धाको दुःख र समस्या थाहा छ । त्यसलाई निराकरण गर्न मेरो साथ र सहयोग रहनेछ ।” देवघाटवासीले भोग्नु परेको बाँदर आतंकको बारेमा आफू जानकार रहेको बताउँदै पूर्वप्रधानमन्त्री प्रचण्डले देवघाटमा रहेका बाँदरलाई बर्दियाको जंगलमा लगेर छाड्ने हो भने यो समस्याबाट छुटकारा पाइने बताउनु भयो । उनले बाँदर व्यवस्थापनको उपाय बाँदर पार्क पनि भएको बताउँदै त्यसका लागि केही वर्ष समय लाग्ने भएकोले बाँदरलाई बर्दिया लगेर छाड्नु नै सजिलो उपाय भएको विचार व्यक्त गरे । वेद बेदाङ विद्यालयको शिल्यानास पुर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देवघाटमा निमार्ण हुन लागिरहेको वेद वेदाङग विद्यालयको शिल्यानास गरेका थिए । ग्लेश्वर आश्रामले १० कठ्ठा क्षेत्रफलमा विद्यालय निमार्ण गर्न लागेको छ । शहिद परिवारसँग अन्तरक्रिया माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देवघाट गाउँपलिकामा रहेका शहिद परिवारसगँ अन्तरक्रिया समेत गरेका छन् । सो कार्यक्रममा जनयुद्धका समयमा परिवारका सदस्य गुमाउन पुगेका आफन्तहरुको गुनासो राखेका थिए । अध्यक्ष प्रचण्डले शहिद परिवारलाई राज्यले उचित क्षतिपूर्ति र व्यवस्थापन गर्ने बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies