Khabar Dabali Logo
  October 31, Sat

श्रमसम्बन्धी कानूनकाे कार्यान्वयन खै ?

काठमाडौँ । प्रवासी कामदारको मानवाधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय विशेष समाधीक्षक फिलिप गोन्जालेस मोरालेस वैदेशिक कामदारको हितका लागि विद्यमान श्रमसम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने सुझाव दिएका छन् ।

आठ दिने नेपाल भ्रमणमा क्रममा उनले नेपालको वैदेशिक रोजगारका क्षेत्रमा देखिएका अनुभवबारे पत्रकार सम्मेलनमा जानकारी गराएका हुन । उनले नेपाल सरकारको निमन्त्रणामा आठ दिने भ्रमणका लागि माघ १४ गते आएका हुन ।

सम्मेलनमा विशेष समाधीक्षक मोरालेसले वैदेशिक कामदार र उनीहरुका परिवारलाई मानवाधिकार संरक्षणसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलनमा भएका व्यवस्थाबारे अवगत गराउन सिफारिश गरेका छन् ।

मेनपावर एजेन्सीको अनुगमन प्रणाली सदृढ हुनुपर्ने र यसका लागि आवश्यक स्रोत पर्याप्त हुनुपर्ने बताउँदै उनले मेनपावर एजेन्सी पारदर्शी र सार्वजनिक उत्तरदायी हुनुपर्ने सुझाब दिए ।

सो क्रममा विशेष समाधीक्षक मोरालेसले काठमाडौँका विभिन्न क्षेत्र, कैलाली र मोरङको समेत स्थलगत भ्रमण गरेका थिए । विशेष समाधीक्षक मोरालेसले आगामी जेठ/असारमा संयुक्त राष्ट्रसंघीय मानवाधिकार परिषद्मा नेपालसम्बन्धी विस्तृत प्रतिवेदन प्रस्तुत गर्ने बताए ।

नेपालबाट दैनिक औपचारिक रुपमा एक हजार ५०० कामदार वैैदेशिक रोजगारीका निम्ति विभिन्न खाडीमुलुक जाने गरेका छन् भने देशको कूल गार्हस्थ्य उत्पादनमा विप्रेषणको ३० प्रतिशत छ ।

अधिकांश नेपाली कामदार चरम आर्थिक अभावको अवस्था, भूमि र रोजगार गुमाएका, ऋण तिर्न, बच्चाको राम्रो भविष्यलगायत कारणले खाडीका देशमा कामका लागि विदेशिन बाध्य छन् ।

माघ २२ गते, २०७४ - १६:४९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top