Khabar Dabali Logo
  October 20, Tue

प्रदेश नं. ४ काे प्रदेशसभा बैठक शुरु

पोखरा । प्रदेश नं ४ को ऐतिहासिक प्रथम प्रदेशसभा बैठक आज शुरु भएको छ । नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभा कक्षमा ११ः०२ बजे जनाउ घण्टी बजेसँगै प्रदेशसभाका सदस्य बैठकस्थल प्रवेश गरेका थिए । बैठकको प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले अध्यक्षता गरिरहेका छन् ।

आजको बैठकमा संसदीय परम्पराअनुसार शुरुमा प्रदेश प्रमुख बाबुराम कुँवरले संसद् बैठक आह्वान गरेको सूचना पढिने छ । आजको बैठकले आन्तरिक कार्यविधि पारित गर्ने र सभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने व्यक्तिको अध्यक्षमण्डल चयन गर्ने कार्यक्रम छ ।

बैठकमा प्रत्येक ठूला दलबाट तीन/तीनजना (कम्तीमा एकजना महिलासहित) र साना दलबाट एक/एकजना गरी ११ जनाले मन्तव्य दिने कार्यक्रम तय गरिएको छ । बैठक करिब एक घण्टा १५ मिनेट चल्ने अनुमान गरिएको संसद् सचिवालयका सहसचिव जीवराज बुढाथोकीले जानकारी दिए ।

यस प्रदेशमा ११ जिल्लाबाट ३६ जना प्रत्यक्ष र २४ जना समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका सांसद छन् । नेकपा एमालेका २७, नेपाली काँग्रेसका १५, नेकपा माओवादी केन्द्रका १२, जनमोर्चाका तीन, नयाँ शक्तिका दुई र स्वतन्त्र एकजना सांसद छन् ।

प्रदेशसभाका ६० जना सदस्यमध्ये मनाङ १(ख) बाट निर्वाचित राजिव गुरुङले भने हालसम्म शपथ लिएका छैन । संसद् बैठकमा सहभागी हुनका लागि अधिकांश प्रदेशसभा सदस्य हिजै प्रदेश मुकाम पोखरा पुगेका थिए। बैठकको मूल कक्षमा सभामुखसहितको रोष्टमका अतिरिक्त प्रदेशसभा सदस्यका लागि ६६ वटा कुर्ची र केन्द्रीय संसद्कै ढाँचाका ३५ वटा माइक जडान भएको टेबुल राखिएको छ ।

माघ २२ गते, २०७४ - १२:०२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top