Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

इम्बोस्ड नम्बरप्लेटबाट ट्राफिक प्रहरी नै झुक्किएपछि...

\"\"काठमाडौं । इम्बोस्ड नम्बर प्लेट राखेर चलेका सवारीसाधनदेखि ट्राफिक प्रहरी झुक्किने गरेका छन् । इम्बोस्ड नम्बरप्लेट जडान शुरु भएको नम्बर अंग्रेजीमा लेखिँदा र उक्त नम्बर प्लेटमा ट्राफिक व्यवस्थापन गर्न बानी नपर्दा झुक्किने गरेका हुन् । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदेशमा आधारित इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने व्यवस्था गरेको हो । दरबारमार्ग ट्राफिक कार्यालयमा कार्यरत एक प्रहरी जवान इम्बोस्ड नम्बर प्लेटका सवारीसाधनबाट आफू झुक्किने गरेको बताउछन । ‘नेपाली नम्बर प्लेटका सवारीसाधनको व्यवस्थापन गर्दै आएकामा इम्बोस्ड नम्बरप्लेटका सवारीसाधन आउँदा शुरुशुरुमा कुन सवारीसाधन होला भनेर अन्योल हुँदो रहेछ’ उनले भने । उपत्यकामा इम्बोस्ड नम्बरप्लेटका सवारीसाधन गुड्न थालेपछि सर्वसाधारण मात्र नभई अधिकांश ट्राफिक प्रहरी नै झुक्किने गरेका छन् । इम्बोस्ड नम्बरप्लेटको ज्ञान नहुनु र जडान कार्य शुरु भएकाले अधिकांश ट्राफिक प्रहरी झुक्किने गरेका हुन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनाल इम्बोस्ड नम्बरको सवारीसाधनलाई व्यवस्थापन गर्नका लागि यातायात कार्यालयसँग समन्वयन गरेर ट्राफिक प्रहरीलाई तालीमको व्यवस्था गर्न लागिएको बताए । ‘नेपालमा इम्बोस्ड नम्बरप्लेटको थालनी भर्खरै भएकाले शुरुमा झुक्किनु स्वभाविक हो,’ उनले भने, ‘हामी सबै ट्राफिक प्रहरीलाई इम्बोस्ड नम्बरप्लेटबारे चाँडै नै तालीम दिन्छौँ’। सरकारले वाग्मती अञ्चलमा दर्ता भएका चारपांग्रे्रे सवारीसाधनमा अनिवार्यरुपमा इम्बोस्ड नम्बरप्लेट जडान गर्नुपर्ने व्यवस्था गरेपछि अहिले धमाधम इम्बोड नम्बरप्लेट राख्ने काम भइरहेको छ । यातायात व्यवस्था विभागले वाग्मती अञ्चलमा दर्ता भएका सरकारी र संस्थानका सवारीका लागि आगामी चैत मसान्तभित्र र अरु सवारीसाधनलाई २०७५ असार मसान्तसम्म अनिवार्यरुपमा इम्बोस्ड नम्बरप्लेट जडान गर्नुपर्ने व्यवस्था गरेको छ । त्यसपछि क्रमशः अरु सवारीसाधनमा इम्बोस्डप्लेट जडान कार्य गरिनेछ । सरकारले अहिले पाँच प्रकारको इम्बोड नम्बरप्लेटको व्यवस्था गरेको छ । जसमध्ये राष्ट्रपतिको सवारीसाधनलाई निशान छापसहितको नम्बर, सरकारी र संस्थानलाई सेतो प्लेटमा रातो नम्बर, कूटनीतिक सेतो प्लेटमा निलो नम्बर, निजी सेतो प्लेटमा कालो नम्बर र भाडाका सवारीसाधनलाई पहेँलो प्लेटमा कालो नम्बर राख्ने व्यवस्था गरेको छ । यसैगरी इम्बोस्ड नम्बरको शुरुको अक्षर क्रमशः मोटरसाइकलको ‘ए’, कार, जिप डेलीभरी भ्यानको ‘वी’, टेम्पो र अटोरिक्साको ‘सी’, पावर टिलरको ‘डि’, ट्र्याक्टरको ‘इ’ मिनिवसको ‘एफ’, ट्रक बस ‘जी’ गरी राखिएको छ । इम्बोस्ड नम्बर लिनुभन्दा अगाडि यातायात कार्यालयमा अहिलेसम्म बाँकी रहेको सवारी कर बुझाएर मात्र आवेदन दिनुपर्ने हुन्छ । पहिलो चरणमा चारपाँग्रे साना तथा ठूला सवारी धनीले मात्रै इम्बोस्डप्लेटका लागि आवेदन दिन सक्नेछन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies