Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

एकतामा माअोवादीलार्इ साह्रो, एमालेलार्इ गाह्रोः गति लिँदा लिँदै हलो अड्कियो

[caption id=\"attachment_159105\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फाेटाे[/caption] काठमाडाैं । नेकपा माओवादी केन्द्र र नेकपा एमालेले पार्टी एकता गर्ने भनिएको मिति ५ महिना नाघिसकेको छ । यो बीचमा एकतालार्इ निष्कर्षमा पुर्याउन थुप्रै बैठक भए, कतिपय \'वान टु वान\' बैठक भए । प्रतिनिधि र प्रदेशसभाको चुनाव लगत्तै गर्ने भनिएको एकता ढिलार्इ हुँदै अहिले सरकार गठनपछि मात्रै भन्न थालिएको छ । मुख्यत एकता हलो कहाँ अड्कियो अझै सार्वजनिक हुन् सकेको छैन् । नेपालमा राजनीतिक गर्मी सुरू भएकै बेला केहि दिन अघि मात्र भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल भ्रमणमा अाइन् । उनले प्रमुख पार्टीका अध्यक्षदेखि, प्रधानमन्त्री र राष्ट्रपतिसम्मलार्इ भेट गरिन् । कसैसँग लञ्च गरिन त कसैसँग डिनर । योबीचमा उनले \'वान टु वान\' छलफलसमेत गरिन् । तर उक्त छलफलमा बधाइ तथा शुभकामना दिएको र नेपालसँग काम गर्न इच्छुक रहेको मात्रै बताइएको छ । भित्रि कुरा बाहिर अझै केहि खुलेको छैन् । माओवादीका नेताहरूले प्रधानमन्त्री वा एकीकृत पार्टीको अध्यक्ष नपाए नेकपा एमालेसँगको एकता असम्भव भएको बताउन थालेका छन् । एमाले अध्यक्ष केपी ओलीसँगको छलफलपछि आइतवार चितवन पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कुराकानी गरेका सचिवालय सदस्य नारायण दाहालले एउटा पद पनि छाड्न एमाले अनिच्छुक देखिएको जनाएका छन् । अघिल्लो शनिवार चितवनमा \'केही दिनभित्रै एकताबारे निर्णायक कुरा गर्ने\' बताएका प्रचण्ड ओलीसँगको वार्तापछि चितवन पुग्दा उनीसँग सुनाउने कुनै निर्णायक सन्देश थिएन । ओलीसँगको भेटबारे प्रचण्डसँग कुराकानी गरेपछि नेता दाहालले भने, \'एकताको गति अघि बढेको तर त्यसले समात्नु पर्ने गति नपकडिएको बताए ।\' प्रचण्डले \'पार्टी एकता रोक्ने र वाम गठबन्धन तोड्ने ठूलै षड्यन्त्र भइरहेको\' विगतको धारणा पुन: दोहर्‍याएका छन् । कतिपयले त्यसलाई एमालेले प्रधानमन्त्री वा अध्यक्ष कुनै छाड्न नमानेपछिको प्रचण्डको असन्तुष्टिको संकेत ठानेका छन् । त्यसबारे सचिवालय सदस्य दाहालको भनाइ थियो, \'करिब-करिब त्यस्तो देखिन्छ । एमाले नेतृत्वले गाह्रो मानेको देखिन्छ । तर त्यो असम्भव हो ।\' ओली र प्रचण्डबीच एउटाले सरकार र अर्कोले पार्टी नेतृत्व गर्ने भद्र सहमति भएको उनको दाबी छ । प्रचण्ड स्वयम्‌ले त्यो कुरा सार्वजनिक गरेका छैनन् । प्रचण्डले दिएको जानकारीका आधारमा उनले त्यो दावी गरेका हुन् ? जवाफमा नेता दाहालले भने, \'भाषणमा भन्नु भयो कि भएन् अर्को कुरा हो । तर हामीसँगको भएको अनौपचारिक छलफल अनुसार भन्दा सरकार र पार्टीको नेतृत्व एक-एकजनाले गर्नु स्वाभाविक हो । मेरो विचारमा पनि त्यो भएन भने त के सम्भव हुन्छ र ? एकता भनेको पार्टी विलय त होइन नि ।\' चुनाव प्रचारका क्रममा दुवै दलको नेतृत्व तहबाट थोरै समय नपुग भएकाले चुनावी गठबन्धन बनाएको भनाइ सार्वजनिक भएको थियो । चुनावपछि एकता गर्ने घोषणा गरेका उनीहरुबीच पटक-पटक एकल वा सामूहिक छलफल भए पनि उनीहरु तत्काल एकताको विन्दुमा पुगिसकेको देखिएको छैन ।बरु दिन दिनै झन् अन्योल बढेको पाइन्छ । तर दुवै पक्षका नेताले एकता हुने बताइरहेका छन् । र, यो पनि
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies