Khabar Dabali Logo
  October 29, Thu

बेलायती सेनाको उच्च तहमा पुगे यी नेपाली

काठमाडाैं । एकजना गोर्खा सैनिक बेलायती सेनाको उच्च तहमा पुग्न सफल भएका छन्। ५० वर्षीय टोल खाम्चा मगर गत बिहीबार लेफिटनेन्ट कर्णेल पदमा पदोन्नति भएका हुन्। उक्त पद बेलायती सेनाको छैटौं वरीयतामा छ । १ फेब्रुअरीमा अल्डरसटस्थित रिजनल कमाण्ड हेडक्वार्टरमा औपचारिक घोषणापछि खाम्चालाई अहिले बधाइ ग्रहण गर्दैमा भ्याइ नभ्याइ छ। ‘भाग्य, खुबी, मिहिनेत र कामप्रति इमान्दार नै मेरो सफलताको कारण होला’, खाम्चाले भने, ‘म एकदम खुसी छु। यो प्रमोसन असम्भव त थिएन तर सिपाहीदेखि भर्ती भएर यहाँसम्म आइपुगिएला भन्ने सोचेकै थिइनँ ।’

अाजको कान्तिपुरमा खबर छ-उनको पदावधि अब करिब ५ वर्ष हुने छ। ‘रिटायर्ड हुँदा नेपाल र नेपालीको इज्जत राखेर फर्कन्छु’, उनले सुनाए। ब्रिटिस सेनामा गोर्खा भर्ती सुरुआतको झण्डै २०२ वर्ष अवधिमा खाम्चा उच्च तहमा पुग्ने चौंथो नेपाली हुन्। यसअघि उक्त पदमा लालबहादुर पुन, विजय रावत र यामबहादुर राना पुगे पनि उनीहरु अहिले रिटायर्ड भइसके।

स्याङ्जा शिरकोट करादीमा जन्मिएका उनले प्राथमिक तह गाउँमै पढे। बुटवलबाट एसएलसी। उनका बावु पनि दोस्रो विश्वयुद्ध लडेका योद्धा थिए। तर, बावु आर्मीमा लागे ‘घर न घाट’को भइन्छ भन्ने ठान्थे। छोरालाई कानुन पढाउने बावुको इच्छाविपरीत खाम्चा पुल्चोक इन्जिनियरिङ क्याम्पस भर्ना भए। कलेजका साथीहरु भर्ती हुन जाने हल्ला सुनेपछि उनी पनि पछि पछि लागे। ‘म शारीरीक रुपमा त्यस्तो दरिलो पनि थिइनँ तर भाग्य र साथीको संगतले आर्मीमा भर्ती गरायो’, उनी विगत सम्झन्छन्।

सन् १९८७ जनवरीमा आर्मी भर्ती भए उनी। खाम्चाको पल्टन क्विन्स् गोर्खा सिग्नल भए पनि अहिले बाहिर बसेर काम गरिरहेका छन्। सेवाका दौरान खाडी युद्धमा साउदी अरब पुगे। कोसोभो, टर्की, इराक, अफगानिस्तानलगायत कयौं देश खटिए। अमेरिकाले सन् २००३ मा इराक हान्दा खाम्चा अमेरिकी र ब्रिटिस सेनासँग मिलेर कतारमा योजना बनाइरहेका थिए।

सन् २०१६ मे देखि डिसेम्बरसम्म ८ महिना उनले बग्दाद र कुवेतमा काम गरे। आतंककारी संगठन आइएसले इराकको बग्दाद कब्जा गर्न प्रयत्न गरिरहँदा अमेरिकी, ब्रिटिससहितको संयुक्त सुरक्षा फौजअन्तर्गत चिफ अफ स्टाफ भएर कमाण्डरको तर्फबाट हेडक्वार्टर सञ्चालन गर्ने जिम्मा उनलाई थियो। कमाण्डरलाई सल्लाह सुझाव दिने र प्राथमिकता के हो भनिदिने गर्थे उनी।

सन् २०१२ फेब्रुअरीमा अफगानिस्तान गएर जुलाईमा फर्किए उनी। अफगानिस्तान र इराकको अवस्था फरक थियो। इराकमा अमेरिकी सेनाले नेतृत्व गरिरहेको थियो ब्रिटिस सेनाको सपोर्टिङ रोल मात्र। तर, अफगानिस्तानमा लडाइँ हुँदा ब्रिटिस सेना अग्रपङ्तिमा। त्यतिखेर खाम्चाले योजनासहित सञ्चार उपकरणहरु किनेर ब्रिटिस सेनालाई पठाउने काम गरे। चार महिना जति त उनी आफूले पठाएको सञ्चार सामाग्रीको प्रभावकारिता बुझ्न फिल्डमै पुगे।

विश्वमै कहलिएको बेलायतस्थित सैनिक शिक्षालय रोयल मिलिट्री अकाडमी स्याण्डहर्सटमा कमाण्डिङ अफिसर पछिको भूमिका समेत उनले निर्वाह गरे।

बेलायतको नेपाली समुदायसँग निकट रहे पनि जातीय, धार्मिक र राजनीतिक मुद्दाबाट टाढा नै बस्न रुचाउने उनले बताए। नेपाल आउजाउ गरिरहन्छन् उनी। सोमबारबाट जिम्मेवारी सम्हाल्ने उनले कामका सिलसिलामा नेपाल नै जान सकिने संकेत पनि गरे।

माघ २२ गते, २०७४ - ०७:३८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मुकेश चौराशिया हत्याको मुद्दा सरकारी वकिल कार्यलयमार्फत दर्ता

मुकेश चौराशिया हत्याको मुद्दा सरकारी वकिल कार्यलयमार्फत दर्ता

पर्सा । जिल्ला सरकारी वकिलको कार्यालय मार्फत मुकेश चौराशियाको हत्यासम्बन्धि मुद्दा दर्ता भएको छ...   

कोरोनाबारे स्वास्थ्य मन्त्रालयको दैनिक प्रेस ब्रिफिङ् नहुने, दैनिक अपडेट यसरी हेर्न सकिन्छ

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना भाईरस संक्रमणबारे गर्ने गरेको दैनिक प्रेस ब्रिफिङ् भोलीबाट...   
केकेआरविरुद्ध पञ्जाबको शानदार जित

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

काठमाडौं । यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध किंग्स इलावेन...   
हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्ला । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको...   
प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका...   
यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

राजनीतिले राष्ट्रको नेतृत्व गर्छ। यसैले राजनीतिक नेतृत्व राष्ट्र र जनताको हितमा निरन्तर क्रियाशील...   

टिकाको दिन दुखद घटना : आगलागीबाट जले पाँच घर

जाजरकोट । विजयादशमीका दिन जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट...   

गण्डकीमा थप दुई सय ५२ जनामा कोरोना सङ्क्रमण

गण्डकी । गण्डकी प्रदेशमा आज थप २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको...   

पोखरीमा डुबेर एक जनाको मृत्यु

मङगलबारे । इलामको देउमाई नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई...   

शिक्षकबाट राजीनामा दिएर बगरमा केरा फलाउँदै भुषाल

दाङ् । दाङका एक व्यक्तिले शिक्षकबाट राजीनामा दिएर बगरमा केरा खेती गर्नुभएको छ । लमही नगरपालिका–३ फल्कापुर...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top