Khabar Dabali Logo
  October 26, Mon

समानुपातिक नतिजा फागुन ५ गते: नयाँ प्रधानमन्त्री दोस्रो साता

काठमाडौं । निर्वाचन आयोगले बुधबार हुने राष्ट्रियसभा निर्वाचनको नजिता भोलिपल्टै सार्वजनिक गरी प्रतिनिधिसभा समानुपातिकको नजिता ‘छोटो विधि’ अपनाएर राष्ट्रपतिलाई बुझाउने तयारी गरेको छ । राष्ट्रियसभा चुनाव नभई प्रतिनिधिसभा समानुपातिकतर्फको नजिता सार्वजनिक गर्न नमिल्ने भन्दै आयोगले ६० दिनदेखि नजिता रोकेर राखेको छ। आयोगले प्रतिनिधिसभा नजिता ढिलोमा फागुन ५ भित्र राष्ट्रपतिलाई बुझाउने तयारी गरेको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले जानकारी दिए। समानुपातिकको नजिता रोकिएका कारण प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको दुई महिना बित्दा पनि नयाँ सरकार गठन हुन सकेको छैन ।

अाजको अन्नपूर्णमा खबर छ-आयोगले २४ गते हुने राष्ट्रियसभा नजिता भोलिपल्टै सार्वजनिक गर्ने तयारी गरेको छ। आयुक्त ईश्वरी पौडेलका अनुसार २६ गते आयोगले समानुपातिकतर्फ एकतिहाई महिलाको संख्या पु¥याएर आउन दलहरूलाई पत्राचार गर्नेछ।

विगतमा दलहरूलाई सात दिनको समय दिइने भए पनि आयोगले आफ्नो कार्यविधि संशोधन गरी अब तीन दिन मात्र दलहरूलाई दिने भएको छ। २९ गतेभित्र दलहरूले आयोगले भनेअनुसार परिणाम बुझाए आयोगले राष्ट्रपतिलाई नजिता बुझाउने प्रक्रिया सुरु गर्नेछ भने कारणवश कुनै दलको तलमाथि भए थप दुई दिनको समय दिएर सच्याउन समय दिइने आयुक्त पौडेलले जानकारी दिए।

यसअघिको कार्यतालिका तीन दिन थप समय दिने उल्लेख भएकोमा आयोगले एक दिन घटाएको हो। ‘आयोगले ढिलोमा फागुन ५ गते निर्वाचनको सम्पूर्ण नजिता राष्ट्रपतिज्यूलाई बुझाउने कार्यतालिका बनेको छ,’ आयुक्त पौडेलले भने।

आयोगले नजिता रोकेको भन्दै सरकारको नेतृत्व गर्ने तयारीमा रहेको एमाले असन्तुष्ट छ। ‘राष्ट्रिय÷अन्तर्राष्ट्रिय’ दबाबमा परेर आयोगले नतिजा रोकी सरकार गठनमा अवरोध गरेको एमालेको आरोप छ। आयोगले केही दिनअघि सर्वदलीय बैठकमा ‘बाधा अडकाउ’ फुकाएर नजिता सार्वजनिक गर्ने बाटो खोलिदिन प्रस्ताव गरेको थियो। तर, उक्त प्रस्तावको वाम गठबन्धनकै नेताहरूले आलोचना गरेका थिए। आयोगले समानुपातिकको नजिता सार्वजनिक गरेपछि सरकार गठनको बाटो खुल्नेछ।

संविधानको धारा ७६ ले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ। कुनै एक दलको बहुमत नभए दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ। ‘निर्वाचन आयोगले नजिता सार्वजनिक गर्ने बित्तिकै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन्छ’, पूर्वसभामुख एवं एमाले नेता सुवास नेम्बाङले भने, ‘कुनै एक दलको मात्र बहुमत नभएकाले दुई दल (वाम गठबन्धन) को बहुमत प्राप्त नेतालाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नुहुन्छ।’

एमाले र माअाेवादी केन्द्रको समर्थनमा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुने निश्चित देखिन्छ। ‘फागुन दोस्रो साताभित्र मुलुकले नयाँ प्रधानमन्त्री पाउँछ,’ नेम्बाङले भने।

माघ २२ गते, २०७४ - ०७:१६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा प्रवक्ता श्रेष्ठले मुख खोले –बिदेशी गुप्तचरसँग कुटनीतिक मुल्य र आचारसँहिता बिपरीतको यस्तो भेट किन ?

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा...   
कर्णाली विवादबारे ओलीले एकलौटी निर्देशन दिएपछि प्रचण्डले दिए अर्को निर्देशन !

कर्णाली विवादबारे ओलीले एकलौटी निर्देशन दिएपछि प्रचण्डले दिए अर्को निर्देशन !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कर्णाली प्रदेशको संसदीय दलको सचेतकसम्बन्धि दिएको...   
१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

बीबीसी। सामान्यतः घरेलु हिंसाको पीडित महिलाहरु हुन्छन् । संयुक्त राष्ट्रसंघको आंकडाअनुसार विश्वका...   

मुख्यमन्त्री शाहीविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव फेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई संसदीय दलको नेताबाट हटाउन २५ असोजमा...   
कोरोनाका कारण बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री गम्भीर अवस्थामा

कोरोनाका कारण बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री गम्भीर अवस्थामा

ब्रसेल्स । बेिल्जयममा पहिलो तथा एक मात्र पूर्व महिला प्रधानमन्त्री सोफिया विल्मेसको स्वास्थ्य अवस्था...   

मास्क र सामाजिक दूरीले सङ्क्रमण नियन्त्रण हुन्छ : डा. पाण्डे

काठमाडाै‌ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले उपत्यकावासीले सकेसम्म टीका लगाउन...   
सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा...   
यस्तो आयो एप्पलको ५ जी आइफोन १२

यस्तो आयो एप्पलको ५ जी आइफोन १२

काठमाडौं । अमेरिकी टेक कम्पनीले एप्पले आइफोन १२ सिरिज लन्च गरेको छ । पहिलो चरणमा यो सिरिजका ४ वटा मोडलको...   

कर्णालीमा आफैले खनेको खाल्डोमा ओली पक्ष, नेपालीद्वारा संसदिय दलको बैठक आव्हान

काठमाडौं । मंगलबारका दिन नवनियुक्त कर्णाली प्रदेश सभाकी सचेतक सीता नेपालीलाई हटाएको सहमति भएको दावी...   

कर्णाली समस्याबारे बालुवाटारमा कुनै सहमति भएको छैन –प्रचण्ड सचिवालय

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कर्णाली सरकारको विवादबारे...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top