Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

प्रचण्ड-अोलीलार्इ विद्यादेवी भण्डारीको लन्चः यस्तो भयो कुराकानी

[caption id=\"attachment_167998\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल[/caption] काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी एकताको ‘घनीभूत’ छलफलमा रहेका एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग ‘लन्च मिटिङ’ गरेकी छन् । अाजको अन्नपूर्णमा खबर छ-शनिबार दिउँसो उनले दुवै अध्यक्षलाई शीतलनिवास बोलाई झन्डै पाँच घण्टा लामो भेट गरेकी हुन् । दुई अध्यक्षसँग राष्ट्रपतिको भेटबारे राष्ट्रपतिका प्रमुख स्वकीयसचिव डा.भेषराज अधिकारीले पुष्टि गरे पनि कुराकानीको एजेन्डाका विषयमा भने अनभिज्ञता व्यक्त गरे । ‘उहाँहरू (ओली-प्रचण्ड) सँग राष्ट्रपतिज्यूको शनिबार शीतलनिवासमै भेटघाट भएको हो,’ डा.अधिकारीले भने, ‘अनौपचारिक भेटघाट भएकोले त्यहाँ हाम्रो सहभागिता रहने कुरा भएन, कुराकानी के भए त्यो पनि जानकारी हुने कुरा भएन ।’ तर, माओवादी केन्द्रका अध्यक्ष दाहालनिकट स्रोतका अनुसार, राष्ट्रपतिले दुई अध्यक्षलाई आमन्त्रण गरी गरेको लन्च छलफलमा उनले दुई कम्युनिस्ट पार्टीको एकता प्रक्रियादेखि नयाँ राष्ट्रपति चयनसम्मका विषयमा जिज्ञासा राखेकी थिइन् । अनौपचारिक कुराकानीमा अत्यन्त खुलेरै तीन नेताबीच कुराकानी भएको शीतलनिवास स्रोतले पनि बतायो । उक्त छलफलमा राष्ट्रपति भण्डारीले राष्ट्रपतिमा पुनः दोहोरिने इच्छा प्रकट गरेकी थिइन् । ‘आम जनमत एमाले-माओवादीबीच एकताकै पक्षमा छ, तपाईंहरूले पार्टी एकता गर्नुहोस्’, राष्ट्रपति भण्डारीको भनाइ उद्धृत गर्दै शीतलनिवास स्रोतले भन्यो, ‘नयाँ राष्ट्रपति/उपराष्ट्रपति चुनावका सन्र्दभमा पनि दुई पार्टीभित्रैबाट आउने भएकाले एक कार्यकाल हामीलाई नै अवसर दिनुहोस् ।’ आफूहरू (भण्डारी र नन्दबहादुर पुन) ले लामो समय कार्यकाल सम्हाल्न नपाएको तर्क राख्दै भण्डारीले नयाँ राष्ट्रपति/उपराष्ट्रपति चयन गर्दा राष्ट्रलाई पर्न आउने व्ययभार, आफूहरूको अनुभव, पार्टीदेखि राष्ट्रको परिवर्तनका पक्षमा गरेको योगदानलगायत सम्मानका लागि भए पनि दोहोर्‍याउन आग्रह गरेकी थिइन् । एमाले अध्यक्ष ओली आफ्नो पक्षमा सकारात्मक नै रहेको ठानेकी भण्डारीले दुवै नेतालाई सँगै राखेर आफूहरूको निरन्तरताको प्रतिबद्धता चाहेकी स्रोत बताउँछ । राष्ट्रपति भण्डारीले पुनः राष्ट्रपतिमा दोहोरिने इच्छा यसअघि माओवादी अध्यक्ष प्रचण्डसँग राखिसकेकी थिइन् । भण्डारीले प्रचण्ड परिवारलाई २८ पुसमा शीतलनिवासमै बेलाएर डिनर दिएकी थिइन् । स्रोतका अनुसार, उक्त संवादमा भण्डारीले दुवै पार्टी अध्यक्षको पदीय भागबन्डा कार्यकारी भूमिकामै रहनेगरी टुंगो लगाएरै भए पनि एकता गर्न सुझाएकी थिइन् । उनले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री र प्रचण्डलाई पार्टी अध्यक्ष चलाउन दिएर भए पनि एकता गर्न सुझाएको माओवादी अध्यक्ष प्रचण्डले आफ्नो पार्टीनिकट विद्यार्थी संगठनका पदाधिकारीसँग आइतबार आफ्नै निवासमा खुलाएका थिए । ‘राष्ट्रपति, ओलीजी र म हिजो (शनिबार) मात्रै पनि बस्यौं, राष्ट्रपति स्वयंले पनि पीएम र सीएम दुई अध्यक्षमा बाँडफाँट गरेर टुंगो लगाएरै भए पनि एकता गर्नुहोस् भनेर सुझाव राख्नुभयो’, बैठकमा सहभागी एक विद्यार्थी नेताले भने । ओलीले भने आफ्नो पार्टीभित्रको ‘प्रेसर’ लाई देखाउँदै तत्कालभन्दा एकताको महाधिवशेनपछि पार्टी अध्यक्ष लिन प्रचण्डलाई सुझाएका थिए । प्रचण्डले पार्टी एकता समदूरीमा राखेर गर्नका लागि पनि अध्यक्ष र प्रधानमन्त्री दुई अध्यक्ष बीच बाँडफाँट गरी एकता प्रक्रिया टुंग्याउनु राम्रो हुने राष्ट्रपति सहमतिको छलफलका क्रममा राखेका थिए । ‘पीएम र सीएम पावर सेयरिङ हुँदा नै एकतालाई बल पुग्छ भन्ने तर्क हामीले राख्दै आएका छौं, हिजो (शनिबार) राष्ट्रपतिसहितको भेटमा पनि मैले त्यही कुरा राखेको छु’, प्रचण्डको विद्यार्थी नेताहरूलाई बिफ्रिङ थियो, ‘एमाले ठूलो पार्टी भएकोले एमालेले रोजेर राखोस्, त्यसपछिको पद हामी राख्छौं ।’ प्रचण्डले ओलीजीलाई अध्यक्ष नै ठूलो लागेको भए त्यही पद राखेर आफूलाई प्रधानमन्त्री दिए पनि हुने भन्दै दुवै विकल्पमा खुला रहेको बताएका थिए । तर, यो विषयमा अझै छलफल गर्ने ओलीले बताएका स्रोतले बतायो । राष्ट्रपतिको समेत राय बुझेका ओली-प्रचण्डले एकता प्रक्रियाबाट भाग्न भने कसैलाई पनि अहिले छुट नभएको समान धारणा राखेका थिए । लन्च मिटिङबाट उठ्ने बेला ओलीले भनेका थिए, ‘एकता गर्नैपर्छ, हामी अझै फेरि छलफल गर्छौं, मिलाउँछौं ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies