Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

यो हो काठमाडौं बढी प्रदूषित नेपालको ठाउँ

\"\"काठमाडौं । झट्ट हेर्दा जो कोहीलाई पनि लाग्न सक्छ जनसंख्या र सवारी साधनको अत्यधिक घनत्व भएको काठमाडौं उपत्यकाका मुलुकमै सबभन्दा बढी प्रदूषित सहर होला । वातावरणीय प्रदूषण मापन तथ्यांकका आधारमा भने लुम्बिनी काठमाडौँभन्दा पनि बढी प्रदूषित देखिएको छ । वायु गुणस्तर मापन तथा अनुगमन प्रणालीबाट प्राप्त तथ्यांकअनुसार काठमाडौँभन्दा लुम्बिनी डेढ गुणा बढी प्रदूषित पाइएको वातावरण विभागले जनाएको छ । मानव स्वास्थ्यमा असर गर्ने मसिनो धुलोका कण औषतमा काठमाडौँभन्दा लुम्बिनीमा बढी पाइएको विभागका सहप्रवक्ता मोहनदेव जोशीले बताए । स्वास्थ्यका दृष्टिले काठमाडौँभन्दा लुम्बिनी बढी जोखिममा परेको देखिएको छ । सहप्रवक्ता जोशीले भने, “लुम्बिनी बढी प्रदूषण हुनुको खास कारण यही भन्न नसकिए पनि तीव्र औद्योगिकीकरणमा रहेको भारतीय सीमाबाट बहने वायु प्रदूषण र लुम्बिनी आसपासमा बढी मात्रामा रहेका नेपाली सिमेन्ट उद्योगबाट उड्ने धुलोका कण हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ ।” विभागले एक वर्षअघि नै मुलुकको समग्र वायु प्रदूषणको स्थिति जाँच र अनुगमन गर्न मुुलुकभर १२ स्टेशन स्थापना गरेको छ । त्यस्ता स्टेशन काठमाडौँको पुल्चोक, रत्नपार्क, कीर्तिपुर, धुलिखेल, शंखपार्क, भैँसेपाटी, भक्तपुरमा छन् भने उपत्यका बाहिर सौराहा, लुम्बिनी र पोखरामा (तीन वटा) छन् । यद्यपि मुलुकभर ५६ स्टेसन आवश्यक पर्ने विभागको भनाइ छ । दिउँसोभन्दा बिहान र बेलुकी बढी प्रदूषण वायु प्रदूषणको स्थिति जाँच गर्ने स्टेनशको २४ घण्टे तथ्यांक केलाउँदा दिउँसोको समय (११ देखि ४ बजेसम्म) कम प्रदूषित रहन्छ भने बिहानी र बेलुकीको समय बढी प्रदूषित छ । वार्षिक तथ्यांक हेर्दा भने कात्तिकदेखि फागुनसम्म अत्यधिक प्रदूषित हुने गरेको छ । काठमाडौंको हानिकारक प्रदूषणको स्रोतमा योगदानका आधारमा क्रमशः सवारी साधन, धुलो, कृषि कर्म र इँटाभट्टा रहेका छन् । वातावरण क्षेत्रमा कार्यरत संघसंस्थाको सहभागितामा विभागद्वारा आज आयोजित कार्यक्रममा सरोकारवालाले वातावरण संरक्षणका कार्यक्रम प्रभावकारी बनाउन आपसी समन्वय हुनुपर्नेमा जोड दिए । वातावरण मन्त्रालयका सहसचिव डा रामप्रसाद लम्सालले नेपालमा वातावरणसँग सम्बन्धित तथ्यांक एवं स्रोत सधानको कमी नभए पनि त्यसलाई प्रभावकारी परिचालन र उपयोग गर्न नसक्दा अपेक्षित परिणाम हासिल गर्न नसकिएको बताए । मन्त्रालयले वातावरण संरक्षणका कार्यमा एकरुपताका लागि प्राथमिकता निर्धारण गरेको अवगत गराउँदै उनले भने, “वातावरण संरक्षण अभियानका लागि सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा गरेका प्रतिबद्धता कार्यान्वयन गर्न सरोकारवाला सबैको सहयोग र योगदान आवश्यक छ ।” कार्यक्रममा वातावरण क्षेत्रका विज्ञहरुले विभिन्न विषयका कार्यपत्र प्रस्तुत गरेका थिए । वायु प्रदूषण जाँचपास गरेका ४७ प्रतिशत सवारी साधन असफल हानिकारक प्रदूषणको प्रमुख स्रोतका रुपमा रहेको सवारी साधनको संख्या काठमाडौंमा तीव्र गतिमा वृद्धि भइरहेको छ । काठमाडौँमा आर्थिक वर्ष २६२÷६३ मा करिब २८ हजार सवारी साधन दर्ता भएकामा क्रमशः बढेर २०७२÷७३ मा लगभग ९८ हजार सवारी साधन दर्ता भएको तथ्यांक छ । सवारी प्रदूषण नियन्त्रण नापजाँच पास गरेका (ग्रिन स्टिकर) सवारी साधनमध्ये करिब ४७ प्रतिशत सवारी साधन प्रदूषण उत्सर्जनमा असफल भएको पाइएको विभागले जनाएको छ । विभागले हाल स्थापना गरिएका अनुगमन स्टेशनमार्फत निरन्तर तथ्यांक प्रवाह गरिरहेको छ । तथ्यांकको विश्लेषण र संश्लेषणमार्फत प्राप्त सूचनाका आधारमा देशभरिको समग्र वातावरण स्थिति सुधार गर्न रणनीति, कार्ययोजना निर्माण तथा अध्ययन अनुसन्धान गरिरहेको विभागका महानिर्देशक दुर्गाप्रसाद दवाडीले बताए । विभागले जलवायु परिवर्तनको प्रभावको दृष्टिकोणले उच्च संकटासन्न क्षेत्रमा समुदायलाई परिचालन गरी अनुकूलनका प्रयासलाई व्यवहारमा प्रयोग गर्न तथा समुदायको समानुकूलन क्षमतामा अभिवृद्धि गर्न ‘जलवायु अनुकूलित गाउँ’ स्थापना गरेको उनले जानकारी दिए । हालसम्म ३२० आयोजनाको इआइए स्वीकृत नेपालमा हालसम्म करिब ३२० आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन स्वीकृत गरिएको छ । स्वीकृत गरिएका आयोजनाको संख्या सबैभन्दा बढी काठमाडौँमा छ भने डोल्पा, जुम्ला, रौतहट, सप्तरी, सर्लाही र स्याङ्जामा हालसम्म वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्ने आयोजनाले छोएका छैनन् । स्वीकृत गरिएका आयोजनाहरु सबैभन्दा बढी जलस्रोत तथा ऊर्जासँग सम्बन्धित छन् भने सबैभन्दा कम कृषि र खानी क्षेत्रसँग सम्बन्धित रहेको विभागले जनाएको छ । नेपालमा वातावरणीय प्रभाव मूल्यांकन प्रक्रियालाई आवश्यकताभन्दा बोझका रुपमा बढी लिइने गरेको विभागको गुनासो छ । वातावरण संरक्षण परिषद्का सदस्य माधव कार्कीले विकास निर्माणका क्रियाकलापसँगै बढेको वायु प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर र दूरगामी असर पु¥याइरहेकाले यसमा सबै पक्ष सचेत हुनुपर्ने बताए । विभागले जलवायु परिवर्तनको प्रभावसम्बन्धी अध्ययन अनुसन्धान, जलवायु परिवर्तन, विषादीको प्रयोग, विपद् व्यवस्थापनलगायतका विषयमा अन्तक्र्रिया गोष्ठी तथा तालीमको माध्यमबाट जनचेतना अभिवृद्धि, प्लास्टिक झोलाको विकल्पमा कपडाका झोला प्रवद्र्धनलगायत कार्य गरिरहेको जनाएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies