Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

समृद्धिका लागि एकजुट भएर लाग्ने सांसदहरुको प्रतिवद्धता

\"\"धनगढी । प्रदेश नं ७ को धनगढीमा आज बसेको पहिलो प्रदेशसभा बैठकमा बोल्ने सांसदले यो प्रदेशका समृद्धिका लागि एकजुट भएर लाग्ने प्रतिवद्धता व्यक्त गरे । वक्ताहरुले प्रदेश नं ७ (सुदूरपश्चिम) मा अनेक सम्भावना रहेको बताउँदै त्यसका लागि सबै मिलेर पहल गर्नुपर्नेमा जोड दिए । प्रदेशसभाका ज्येष्ठ सदस्य दिव्येश्वरी शाहको अध्यक्षतामा भएको उक्त बैठकका पहिलो वक्ता बाजुराबाट निर्वाचित सांसद प्रकाश शाहले प्रदेश नं ७ जलविद्युत्, वनसम्पदा, जडीबुटी लगायतका प्राकृतिक स्रोतमा अन्य प्रदेशको तुलनामा धनी रहेको बताउँदै त्यसको सदुपयोगमा जोड दिए । ‘राजनीतिभन्दा माथि उठेर प्रदेशको विकासमा लाग्यौं भने हामी सबैभन्दा धनी प्रदेशका नागरिक बन्न सक्छौं,’ शाहले भने – ‘समृद्धिको ढोका खोल्न पुराना संस्कार र व्यवहारमा परिर्वतन गर्न जरुरी छ ।’ जिम्मेवारी इमान्दारीपूर्वक बहन गर्ने नसके जनतामा निराशा छाउने र संघीय लोकतान्त्रिक व्यवस्थामा संकटमा आइपर्नसक्ने उनको भनाइ थियो । डोटीबाट निर्वाचित सांसद भरतबहादुर खड्काले पनि समृद्धिका लागि एकजुट भएर लाग्नुपर्ने मै जोड दिए । ‘प्रदेशको समृद्धि कसरी हासिल गर्ने भन्नेतर्फ सबै अन्तरआत्माबाट लाग्नु आवश्यक छ,’ खड्काले भने – ‘राज्यको पहुँचबाट ढाटा रहेको हाम्रो प्रदेशमा प्रशस्त सम्भावना छन् ।’ पश्चिम सेती परियोजना अगाडि बढाउन प्रदेशसभाबाट प्रस्ताव पारित गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘यहाँको सुकुम्बासी समस्या समाधान, धनगढी विमानस्थलको स्तरोन्नति लगायतका विकासका मुद्दालाई मूर्त रुप दिन लाग्नुपर्छ ।’ डोटीबाटै निर्वाचित अर्का सांसद त्रिलोचन भट्टले प्राकृतिक स्रोतको सही व्यवस्थापन गर्न सकिए प्रदेश नं ७ समृद्ध हुने बताए। यस प्रदेशमा कर्णाली, पश्चिम सेती, पञ्चेश्वर लगायतका ठूला जलविद्युत्का परियोजना रहेको पनि उनले उल्लेख गरे । उनले भने, ‘वैज्ञानिक कृषि प्रणालीमार्फत किसानका लागि गर्व गर्ने नीति ल्याउन जरुरी छ ।’ शिक्षाको उचित व्यवस्थापनका लागि उचित नीति र साझा एजेण्डा बनाएर अघि बढ्नुपर्ने उनको भनाइ थियो । राष्ट्रिय जनता पार्टीका सांसद मालामती राना थारुले राना थारु समुदायको संविधानमा असन्तुष्टि रहेकाले संशोधनका लागि पहल हुनुपर्ने बताए। ‘कैलाली क्षेत्र नं १ बाट प्रतिनिधिसभामा विजयी रेशमलाल चौधरीलाई वारिसनामा मार्फत विजयको प्रमाणपत्र बुझाउने व्यवस्था गरियोस्,’ उनले भने, ‘टीकापुर घटनामा सरकारद्वारा गठित जाँचबुझ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्न समेत माग गर्छु ।’ उनले टीकापुर घटनाका बेला थारु समुदायमाथि ज्यादती भएको भन्दै दोषीमाथि कारबाहीको माग पनि गरे । बैठकको शुरुमा सभामुखको भुमिकामा रहेका ज्येष्ठ सदस्य शाहले प्रदेश प्रमुख मोहनराज मल्लबाट पठाएको अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाएका थिए । दिउँसो १ बजे डाकिएको बैठक आधा घण्टा ढिलो शुरु भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies