Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

बगरको ढुंगामा बसेर भविष्य खाेज्दै दलित बालबालिका

\"\"धुलिखेल । सिन्धुली जिल्लाको घ्याङ्लेक गाउँपालिका–५, बगरटोलका दलित बालबालिका जाडोमा खोलाबाट आउने सिरेटोसंगै बगरको ढुंगामाथि बसेर पढ्न बाध्य छन् । जिल्लाको विकट सो ठाउँका बालबालिका नजिक अरु विद्यालय नभएकाले त्यसरी पढ्न बाध्य भएका हुन् । ३५ घरधुरी रहेको बस्तीमा अधिकांश दलित बस्तीका बालबालिका त्यसरी खुल्ला बगरको ढुंगामाथि बसेर बढ्दै आएको सात वर्ष बितेको शिक्षिका वर्षा विकले बताइन । \'हाम्रो यो दलित बस्ती रहेको बगरटोल नजिकै अरु विद्यालय नभएको र भएका विद्यालयमा जान एक घण्टाको बाटो हिँडेर जानुपरेका कारण यहाँका अभिभावकले सानो टहरा बनाएर माटोखानी बालज्योति विद्यालय स्थापना गरेका हुन्\', उनले भनिन् ।

दिनको तीन घण्टा पढाइ हुने सो विद्यालयमा ३३ दलित बालबालिकाले अध्ययन गर्दै आइरहेका छन् । अध्ययन गर्ने बालबालिका घरबाट आधा घण्टाको बाटो हिँडेर दिनभरि बगरको विद्यालयमा माटो, धुलो र खोलाको स्याँठको मुकाबिला गर्दै पढ्दै आइरहेका हुन् । मासिक दुई हजार ५ सयमा पढाउँदै आएकाे शिक्षिका विकले भनिन, \'पिछडिएको समुदायका बालबालिकाको भविष्यको सहयोग गरौँ भन्ने उद्देश्यले थोरै रकममा पनि साढे दुई वर्षदेखि पढाउँदै आइरहेकी छु ।\'  उनले भनिन, \'विद्यालय बनाउने संस्था भयो भने राम्रो हुन्थ्यो ।

पानी पर्दा भिजेर बस्नुपर्ने, घाम लाग्दा उकुसमुकुस हुने तर हावा चल्दा कठ्याङ्ग्रिएर बस्नु पर्ने बाध्यताले कहिलेकाहीँ त बालबालिका बिरामी भएर घर फर्कन्छन् त्यसैले मैले केहि गरेर हुन्छ भने गरौँन भनेर नै यस्तै ठाउँमा पढाउँदै आइरहेकी छु ।\'

विद्यालयमा पढ्नका लागि बालबालिकालाई अभिभावकले कापी र कलम किनेर पठाउँछन्, बेलुका घर फर्कंदा धुलोमैलो भएर आउँछन्, साविक गाविस हुँदा विद्यालयका लागि वार्षिक ४० हजार छुट्याइएको र त्यहीबाट शिक्षकलाई तलब खुवाउने र विद्यालयका लागि जस्ता र अन्य शैक्षिक सामग्री किन्न खर्च गर्याै\' उनले भनिन, \'त्यसरी पढ्दै आएका बालबालिकाका लागि न त जिल्ला शिक्षाले नै देख्यो न त अन्य सरोकारवाला निकायले नै ।\'

स्रोत केन्द्रका स्रोतव्यक्तिलाई समस्या सुनाउँदा पनि सम्भव छैन भनेर पन्छिने गरेकाले धेरै समयपछि विद्यालयकै लागि भनेर यसै आर्थिक वर्षमा वडा कार्यालयबाट एक लाख बजेट छुट्याउने निर्णय भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संसरसिं सिघसिङले यसअघि जिल्ला शिक्षा कार्यालयबाट सहयोग दिए पनि पछिल्लो समयमा बालबालिकाको संख्या नपुगेको भनेर सहयोग गर्न नै छाडेको बताए ।

घिसिङले भने, \'साना बालबच्चा अन्य विद्यालयमा पनि गएर पढ्न नसक्ने भएका कारण जिल्ला शिक्षा कार्यालयले हेर्न छोडे पनि हामी अभिभावक मिलेर जेनतेन चलाइरहेका छौँ ।\' पछिल्लो अवस्थामा राहत पाएको दुई बण्डल जस्ताले अलिअलि बेरेर जसोतसो गरी विद्यालय चलाइरहेको उनको भनाइ छ ।

सो वडाका वडाध्यक्ष विष्णुकुमार कर्माचार्यले बालबालिकाको समस्या देखेर नै वडाबाट बजेट छुट्याएको बताए । हामीले केहीमात्रामा सहयोग पुगोस् भनेर यसपालि म वडाध्यक्ष भएपछि एक लाख बजेट छुट्याएको छु, उनले भने ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies