सुर्खेत । \'म प्रदेश नं ६ को पहिलो ऐतिहासिक अधिवेशनको प्रथम बैठक शुरु भएको घोषणा गर्दछु\', सभाध्यक्ष ज्येष्ठ सदस्य हिमबहादुर शाहीको यो वाक्य उच्चारणसँगै प्रदेश नं ६ को अधिवेशन बैठक औपचारिक रुपमा शुरु भई सम्पन्न भएको छ । अपराह्न १ बजेर चार मिनेटमा संसद् बाहिरको जनाउ घण्टी बजाइएपछि ज्येष्ठ सदस्य शाहीले बैठक शुरु भएको घोषणा गरेका थिए।
प्रदेशसभा सञ्चालन अन्तरिम कार्यविधिअनुसार सभाध्यक्ष शाहीले प्रदेश प्रमुखको बैठक आह्वान गरेको सम्बन्धित पत्र पढेर सुनाएका थिए । त्यसलगत्तै बैठकमा राष्ट्रिय गान र शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरिएको थियो । त्यसपछि सभाध्यक्षले चार दलबाट प्रतिनिधित्व गरेका चार सदस्यलाई पालैपालो बोल्न दिइएको थियो ।
अधिवेशनमा मन्तव्य व्यक्त गर्ने सदस्यले प्रदेश नं ६ आर्थिक रुपमा सबैभन्दा कमजोर भएकाले यसको समृद्धि र विकासका पक्षमा एक जुट भएर काम गर्नुपर्नेमा जोड दिए । नेकपा एमालेका यामलाल कँडेलले प्रदेश सूचांकमा पछि देखिएकाले प्रशस्त प्राकृतिक सम्पदाको सदुपयोग गरेर समृद्ध बनाउन सकिन्छ भने ।
नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले प्रदेशको मागका लागि चार जनाले शहादत प्राप्त गरेको सो प्रदेशको उन्नतिका लागि यहाँको प्राकृतिक स्रोत र साधनको भरपूर उपयोग गर्न सकिनेमा जोड दिए । नेपाली काँग्रेसका जीवनबहादुर शाही र राष्ट्रिय प्रजातन्त्र पार्टीका सोशीला शाहीले मुलुक र जनताका लागि प्रादेशिक संरचना नयाँ व्यवस्था भएकाले यसको सफलता अब जनप्रतिनिधिको काँधमा आइपुगेको बताए ।
सदस्यको मन्तव्य सकिएपछि सभाध्यक्ष शाहीले प्रदेश सभामुखको निर्वाचनको मिति यही माघ २९ गतेलाई प्रस्ताव गरेपछि सर्वसम्मतिबाट पारित गरिएको थियो । बैठकको अन्त्यमा सभामुख शाहीले प्रदेशसभा सञ्चालन अन्तरिम कार्यविधि पारित गर्न प्रस्ताव राखेपछि त्यो पनि सर्वसम्मतबाट पारित भएको थियो । अर्को बैठक यही माघ २९ गते अपराह्न १ बज बस्नेछ । प्रदेश नं ६ को आजको पहिलो ऐतिहासिक बैठक सुर्खेत वीरेन्द्रनगरस्थित सिँचाइ डिभिजन कार्यालयको सभाकक्षमा सञ्चालन गरिएको थियो । बैठक ३७ मिनेटसम्म सञ्चालन भएको थियो । कक्ष सानो भएकाले सबै पत्रकारलाई भित्र प्रवेश दिइएन । धेरै पत्रकारले बाहिर टिभी हेरेर अधिवेशनको रिपोर्टिङ गरेका थिए । कालीकोट, जुम्ला, डोल्पा, हुम्ला, मुगु, दैलेख, जाजरकोट, सल्यान, पश्चिम रुकुम र सुर्खेत गरी १० जिल्ला प्रदेश नं ६ मा छन् । यो प्रदेशसभामा एमालेबाट २०, माओवादी केन्द्रबाट १३, काँग्रेसबाट छ र राप्रपाबाट एक गरी ४० सदस्य छन् ।aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: