Khabar Dabali Logo
  October 20, Tue

प्रदेश नं ५ को तयारी पूरा, पहिलो बैठक आज

बुटवल । राज्यको नयाँ संरचनाअनुसार बनेको ५ नं प्रदेशको पहिलो प्रदेश सदस्य बैठक आजदेखि यहाँ शुरु हुँदैछ । प्रदेश प्रमुख उमाकान्त झाले आज अपराह्न १ बजेका लागि बैठकको आह्वान गरेका छन् । बैठकका लागि प्रदेश सभाका सचिवालय स्थापना गरिएको उद्योग वाणिज्य संघको सभाहल चिटिक्क सजाइएको छ ।

अधिवेशनका लागि भौतिक संरचना र मानवीय व्यवस्थापनका काम सकिएको संघीय संसद्का सहजीकरण टोली प्रमुख सुरेन्द्रप्रसाद अर्यालले बताए । सभा सञ्चालनका लागि संघीय संसद्को सहजीकरण टोलीले कर्मचारी, मर्यादापालक, सभामुख लगायतलाई सहजीकरण गरिसकेको छ ।

प्रदेशको पहिलो बैठकको प्रारम्भमा प्रदेश प्रमुखले बैठक आह्वान गरेको पत्र पढेर सुनाउने कार्यसूची रहेको छ । यस्तै सभामुखको निर्वाचनका लागि यही माघ २७ गते उम्मेदवारी दर्ता र २८ गते निर्वाचनको मिति तोक्नेसमेत कार्यसूची रहेको प्रदेशका ज्येष्ठ सदस्य तथा बैठकको सभामुखको जिम्मेवारीमा रहनुभएका बलदेब शर्मा पोखरेलले जानकारी दिनुभयो । यससँगै पहिलो बैठकमा दलीय प्रतिनिधित्वका अधारमा प्रत्येकलाई १० मिनेट मन्तव्य राख्न दिइने कार्यसूची रहेको छ ।

प्रदेश सभामा सहभागी हुन आउने सांसदहरुको चहलपहल बढेपछि बुटवल र आसपासमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदेश सभा सचिवालय र आसपासमा जनपथ र बाहिरी घेरामा सशस्त्र प्रहरी परिचालन भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बताए । प्रदेश ५ का १२ जिल्लाबाट एमाले, काँग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राष्ट्रिय जनमोर्चा र राजपाका गरी ८७ सांसद छन् । उनीहरुले औपचारिक तर स्वेच्छाले पोशाक लगाउन पाउने दलीय सहमति भएको सर्वदलीय बैठकमा भाग लिनुभएका एमाले प्रदेश सदस्य भोजप्रसाद श्रेष्ठले बताए ।

प्रदेश सभाको पहिलो बैठकलाई लक्षित गरी बुटवलमा होटल व्यवसायीले २० प्रतिशत छुटमा खाना तथा बसोबासको व्यवस्था गरेका छन् । संघीयताको पहिलो अभ्यास प्रदेश सभा र त्यसको पहिलो सभालाई स्थानीयवासीले समेत निकै चासोका साथ प्रतीक्षा गरेका छन् । रासस

माघ २१ गते, २०७४ - १०:०२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्णाली समस्याबारे बालुवाटारमा कुनै सहमति भएको छैन –प्रचण्ड सचिवालय

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कर्णाली सरकारको विवादबारे...   
चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ...   

राप्रपा अध्यक्ष थापा अस्पताल भर्ना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन् । बुधबार...   

पृतनापति सम्मेलन आइतबारदेखि

काठमाडौं । नेपाली सेनाले आइतबारदेखि पृतनापति सम्मेलन गर्दैछ । सम्मेलनमा मुलुकको समग्र शान्तिसुरक्षाका...   
ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोरोनाको जोखिम बढेको भन्दै जिल्लाभित्रका सबै सरकारी...   

कर्णालीका मुख्यमन्त्री र सांसदलाई प्रधानमन्त्री ओलिले दिए यस्तो निर्देशन

काठमाडौं । कर्णाली प्रदेशमा नेकपा संसदीय दलभित्र देखा परेको विवादमा प्रधानमन्त्रीले हस्तक्षेप गरेका...   
मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

काठमाडौंं । राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले गम्भीर प्रश्न उठेको...   

युट्युवले कोरोनाका बारेमा भ्रम छर्ने भिडियो हटाउने

वासिङ्टन । भिडियो हेर्न मिल्ने लोकप्रिय माध्यमको रुपमा रहेको युट्युवले कोरोनाभाइरसका बारेमा भ्रम...   

भक्तपुरमा बासी र कुहिएको मासु बिक्री

भक्तपुर । यहाँ सञ्चालनमा रहेका अधिकांश मासु पसल अत्यन्तै फोहोर र मूल्यमा उपभोक्ता ठगी गरेको पाइएको...   
कोरोना संक्रमितले पनि लोक सेवाको परीक्षा दिन पाउने व्यवस्था मिलाउन सर्वोच्चको आदेश

कोरोना संक्रमितले पनि लोक सेवाको परीक्षा दिन पाउने व्यवस्था मिलाउन सर्वोच्चको आदेश

काठमाण्डौं । सर्वोच्च अदालतले कोरोना सङ्क्रमण पुष्टि भएका व्यक्तिले चाहेमा परीक्षामा सहभागी गराउन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top