Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

बच्चा जन्माउने प्रियंकाको रहर

\"\"प्रियंका चोपडा बलिउड र हलिउडमा स्थान बनाइसकेकी अभिनेत्री हुन् । तर, बलिउडमा उनले जति सफलता चुमिन्, हलिउडमा ‘पिकअप’ लिन नसकेको आलोचना भारतीय मिडियाहरूले गर्दै आएका छन् । जे होस्, उनी ‘भर्सटाइल’ अभिनेत्रीका रूपमा चर्चित छिन् । प्रियंका निजी जीवनबारे मिडियामा कमै खुल्ने अभिनेत्रीका रूपमा चिनिन्छिन् । तर, एक पत्रिकालाई दिएको पछिल्लो अन्तर्वार्ताका कारण उनी चर्चामा छन् । अन्तर्वार्तामा उनले सन्तानको चाहना व्यक्त गरेकी छिन् । ‘म धेरै बच्चा चाहन्छु । तर, समस्या यो छ कि मेरो चाहना कोबाट पूरा हुन सक्छ, पत्ता लगाउन सकिरहेकी छैन,’ उनले अन्तर्वार्तामा भनेकी छिन् । साथै, उनले लामो समयदेखि कसैसँग प्रेममा नरहेको दाबी पनि गरेकी छिन् । ‘कसैको ध्यानाकर्षण गराउन मैले यो कुरा भनेको होइन । वास्तविकता जे छ, त्यही कुरालाई व्यक्त गरेकी हुँ,’ उनले अगाडि भनिन्, ‘म विवाहको विषयलाई लिएर निकै गम्भीर छु । मलाई परिवारजस्तो संस्थामा पूरा विश्वास छ ।’ प्रियंकाको अन्तर्वार्ता अझै रोचक यसकारण छ कि उनले जीवनसाथीको योग्यताका लागि सर्त पनि राखेकी छिन् । ‘यदि मेरो पार्टनरले मेरो हेरचाह गरेन र स्मार्ट देखिएन भने वैवाहिक जीवन लामो समयसम्म जान सक्दैन । पार्टनरले मलाई केही काममा व्यस्त बनाएन भने पनि त्यस्तो व्यक्तिसँग म बस्न सक्दिनँ,’ उनले भनेकी छिन्, ‘आफू रोमान्टिकसँगै भावुक पनि भएकाले पार्टनरले मेरो सम्मान गर्न सक्नुपर्छ ।’ प्रियंकाको नाम विगतमा अक्षय कुमार, हरमन बाबेजा र शाहरुख खानसँग जोडिएर आउँथ्यो । हलिउड छिरेपछि ‘बेवाच’ को–स्टार ड्वाने जोनसनसँग पनि अफेयरमा रहेको चर्चा चलेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies