Khabar Dabali Logo
  November 1, Sun

सुष्मा स्वराजको भ्रमणप्रति माअोवादी नेता रूष्ट

काठमाडौं । नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको दुईदिने नेपाल भ्रमण कूटनीति र राजनीतिक मर्यादाविपरीत रहेको बताएका छन् । सरकार परिवर्तनको संघारमा यस्तो खालको भ्रमण हुनुलाई उनीहरूले अस्वाभाविक भनेका छन् । आफ्नै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महत्वपूर्ण भनेको यो भ्रमणको माओवादीकै शीर्ष नेताहरूले भने चर्को आलोचना गरेका हुन् । माओवादी अध्यक्ष दाहालले शुक्रबार बिहान करिब ५० मिनेटको भेटपछि दुई देशको मित्रता सौहार्दपूर्ण भएको टिप्पणी गरेका थिए । उनैका पार्टीका नेताहरूले भने सरकार कामचलाउ बनेका बेला छिमेकी देशको विदेशमन्त्री बिनाएजेन्डा नेपाल आउनु सार्वभौमिकतामाथिको हस्तक्षेप भएको दाबी गरेका छन् ।

अाजको अन्नपूर्णमा खबर छ-माओवादी उपाध्यक्ष एवं पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले स्वराजको भ्रमणलाई राजनेताहरूले कूटनीतिक आचारसंहिता उल्लंघन गरेको प्रमाणका रूपमा लिएका छन् । ‘हुन त वाम गठबन्धनका नेताद्वय ओली र दाहालले राम्रो भन्नुभएकै छ । भारतीय पक्षले पनि शुक्रबार साँझ भ्रमण राम्रो भएको प्रतिक्रिया दिएकै छ । त्यसैले राम्रै भयो होला’, उनले भने, ‘तर यसले कूटनीतिक आचारसंहिता उल्लंघन भएको छ ।’

नेताहरूमा निहित राजनीतिक स्वार्थका कारण आमजनताले दुःख र ग्लानिको अनुभूति गर्नुपरेको बताए । ‘ठूला छिमेकीको उपनिवेश बन्दासमेत पुर्खाहरूले स्वतन्त्र राखेको हाम्रो देशको स्वाभिमान आज गिराइँदै छ’, उनले भने ।

माओवादी प्रवक्ता पम्फा भुसालले वाम एकता गर्ने पार्टीका नेताले बोलाएर भएको भ्रमणप्रति आफ्नो विशेष टिप्पणी नहुने बताइन् । उनले भनिन्, ‘निर्वाचनपछि छिमेकीले भ्रमण गर्नु राम्रो मानिन्छ तर राज्य नै कामचलाउ भएको अवस्थामा कूटनीति मर्यादा र राजनीतिका लागि राम्रो भएन ।’

माओवादीकै अर्का नेता एवं पूर्वमन्त्री देवप्रसाद गुरुङले सरकार कार्यवाहक भएको अवस्थामा बिनाएजेन्डा स्वराज आउनु बेठीक भएको बताए । दक्षिण छिमेकले अनावश्यक रूपमा हस्तक्षेपकारी भूमिका बढाउन खोजेको अनुभव आफूले गरेको गुरुङको भनाइ छ । औपचारिक पोजिसन भएको व्यक्ति बिनाएजेन्डा आउनु कूटनीतिक मर्यादाविपरीत हुने उनले बताए । गुरुङले भने, ‘नेपालको आन्तरिक मामिलामा हस्तक्षेपकारी भूमिका देखाउन खोजेको देखिन्छ । प्रधानमन्त्री शेरबहादुर देउवाको बिदाइ र वामपन्थी सत्ताको निकटतामा रहेको अवस्थामा भएको भेटघाटको अर्थ रहँदैन ।’

यो भ्रमणले कतै वाम गठबन्धनको एकतामै अप्ठ्यारो पार्ने त होइन भन्ने संकेत गरिरहेको धारणा उनले व्यक्त गरे । कार्यसूचीबिनाको भ्रमणले कुनै न कुनै प्रकारको चलखेलको पुष्टि गर्ने दाबी गुरुङको थियो ।

माघ २१ गते, २०७४ - ०८:४७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एघार दिनपछि ओलीसँग भेटेर के भने प्रचण्डले ?

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल...   
टर्कीमा भूकम्बाट मर्नेको संख्या २३ पुग्यो, ८ सय बढी घाइते

टर्कीमा भूकम्बाट मर्नेको संख्या २३ पुग्यो, ८ सय बढी घाइते

इस्तानबुल । टर्कीमा गएराती गएको गएको भूकम्पमा परी मर्नेको संख्या २३ पुगेको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका...   
ओलीले यस्तो सम्म गर्न खोजे, प्रचण्डले भने –मन लागेको गर्नु !

ओलीले यस्तो सम्म गर्न खोजे, प्रचण्डले भने –मन लागेको गर्नु !

काठमाडौं । एकिकृत र विशाल कम्युनिष्ट पार्टीको परिकल्पनामा एमालेसँग एकता गरेका जनयुद्धका सुप्रिमो...   

अविश्वास प्रस्तावको हल्ला चलाएर बहुमतका लागी हस्ताक्षर जुटाउँदै ओली पक्ष

काठमाडौं । सत्तारुढ दल नेकपाभित्रैबाट प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता...   
पूर्वसभामुख महरा पत्नीलाई हेलिकप्टरबाट काठमाडौं ल्याईयो

पूर्वसभामुख महरा पत्नीलाई हेलिकप्टरबाट काठमाडौं ल्याईयो

दाङ । श्वासप्रश्वासमा समस्या देखिएपछि पूर्वसभामुख कृष्णबहादुर महराको श्रीमती सीतालाई थप उपचारका...   

राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । अखिल नेपाल...   
मुकेश चौराशिया हत्याको मुद्दा सरकारी वकिल कार्यलयमार्फत दर्ता

मुकेश चौराशिया हत्याको मुद्दा सरकारी वकिल कार्यलयमार्फत दर्ता

पर्सा । जिल्ला सरकारी वकिलको कार्यालय मार्फत मुकेश चौराशियाको हत्यासम्बन्धि मुद्दा दर्ता भएको छ...   

कोरोनाबारे स्वास्थ्य मन्त्रालयको दैनिक प्रेस ब्रिफिङ् नहुने, दैनिक अपडेट यसरी हेर्न सकिन्छ

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना भाईरस संक्रमणबारे गर्ने गरेको दैनिक प्रेस ब्रिफिङ् भोलीबाट...   
केकेआरविरुद्ध पञ्जाबको शानदार जित

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

काठमाडौं । यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध किंग्स इलावेन...   
हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्ला । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top