Khabar Dabali Logo
  October 27, Tue

पूर्व सांसदले रातो पासपोर्ट नबुझाएपछि प्रयोग गर्न नमिल्ने बनाइयो

काठमाडाैं । संसदको कार्यकाल सकिएको चार महिना पुग्न लाग्दा समेत कतिपय पूर्वसांसदले फिर्ता नगरेको कूटनीतिक राहदानी प्रयोग गर्न नमिल्ने बनाईएको अधिकारीहरुले बताएका छन् ।

संसदको कार्यकाल सकिएको एक साताभित्रै रातो पासपोर्ट भनिने कूटनीतिक राहदानी लगायत अन्य सर-सामान फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ ।

तर पटकपटक ताकेता गरेपनि पूर्वसांसदले प्रयोग गरेका करिब पाँचसय राहदानीमध्ये झण्डै एक सयवटा फिर्ता नपाएको संसद् सचिवालयले जनाएको छ ।

त्यसैले दुरुपयोग हुनसक्ने चिन्ताबीच फिर्ता नभएका राहदानी प्रयोग गर्न नमिल्ने बनाईएको संघीय संसदका प्रवक्ता भरतराज गौतमले बताए ।

उनले भने, ‘जुन प्रयोजनका लागि त्यो कूटनीतिक राहदानी जारी गरिएको हो त्यो फिर्ता गर्नै पर्छ। कतिपय नीति अनुसार नै रद्द भैसकेको छ । त्यो पदमा नरहेपछि स्वत: हाम्रो अध्यागमन प्रणालीवाटै प्रयोग गर्न नसकिने गरी व्यवस्थापन गरिएको छ ।’

अध्यागमन विभागका अनुसार पदमा नरहेका व्यक्तिले कूटनीतिक राहदानीकै भरमा विदेश गएमा कानुनी दायरामा ल्याउन सकिने व्यवस्था रहेको अध्यागमन विभागको भनाई छ ।

तर कूटनीतिक राहदानीमा लामो समयका लागि लागिसकेको प्रवेशाज्ञा अर्को साधारण राहदानीमा सार्न सकिने अध्यागमन विभागका महानिर्देशक दिपक काफ्लेले बताए ।

उनले भने, ‘उहाँहरुले फिर्ता नगरेपनि त्यसको प्रयोग हुने अवस्था छैन । केही प्राविधिक समस्या छन् । केही व्यक्तित्वहरुको लामो समयसम्मको भीसा लागेको छ । रातो पासपोर्टको प्रयोग नगरेर उहाँहरुसँग भएको प्रयोगमा आउने पासपोर्टमा उक्त भीसा सार्न दूतावास मार्फत पहल गर्ने हामीले व्यवस्था मिलाएका छौं ।’

कूटनीतिक राहदानी फिर्ता नगर्नेमा प्रमुख दलका कैयौं प्रमुख नेता समेत रहेको बताइएको छ ।

हालसम्म अध्यागमन विभागले कार्यकाल सकिएपछि पनि कूटनीतिक राहदानी प्रयोग गरेर विदेश जान खोज्ने विरुद्ध विमानस्थल लगायतका सीमा नाकामा कडाई पूर्वक निगरानी गरिएको बताएको छ ।

विभागले हालै कार्यकाल सकिएका एकजना पुरुष र एकजना महिला सांसदलाई विदेश उड्नै लाग्दा राहदानी फिर्ता लिएको जनाएको छ ।

माघ २१ गते, २०७४ - ०८:३१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका...   
यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

राजनीतिले राष्ट्रको नेतृत्व गर्छ। यसैले राजनीतिक नेतृत्व राष्ट्र र जनताको हितमा निरन्तर क्रियाशील...   

टिकाको दिन दुखद घटना : आगलागीबाट जले पाँच घर

जाजरकोट । विजयादशमीका दिन जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट...   

गण्डकीमा थप दुई सय ५२ जनामा कोरोना सङ्क्रमण

गण्डकी । गण्डकी प्रदेशमा आज थप २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको...   

पोखरीमा डुबेर एक जनाको मृत्यु

मङगलबारे । इलामको देउमाई नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई...   

शिक्षकबाट राजीनामा दिएर बगरमा केरा फलाउँदै भुषाल

दाङ् । दाङका एक व्यक्तिले शिक्षकबाट राजीनामा दिएर बगरमा केरा खेती गर्नुभएको छ । लमही नगरपालिका–३ फल्कापुर...   
राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकालबाट टीका ग्रहण...   

नेकपा प्रवक्ता श्रेष्ठले मुख खोले –बिदेशी गुप्तचरसँग कुटनीतिक मुल्य र आचारसँहिता बिपरीतको यस्तो भेट किन ?

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा...   
कर्णाली विवादबारे ओलीले एकलौटी निर्देशन दिएपछि प्रचण्डले दिए अर्को निर्देशन !

कर्णाली विवादबारे ओलीले एकलौटी निर्देशन दिएपछि प्रचण्डले दिए अर्को निर्देशन !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कर्णाली प्रदेशको संसदीय दलको सचेतकसम्बन्धि दिएको...   
१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

बीबीसी। सामान्यतः घरेलु हिंसाको पीडित महिलाहरु हुन्छन् । संयुक्त राष्ट्रसंघको आंकडाअनुसार विश्वका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top