Khabar Dabali Logo
  October 27, Tue

काठमाडौं उपत्यकाको चक्रपथ चीनले पूरै आठ लेन बनाइदिने

काठमाडाैं । चीनले काठमाडौं उपत्यकाको चक्रपथ ५० मिटर चौडाइसहित पूरैखण्ड आठ लेनको बनाइ दिने भएको छ। २७ किलोमिटर लम्बाईको यो चक्रपथ हाल कलंकी–सातदोबाटो–कोटेश्वरखण्ड(१० किमि) चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सन ग्रुपले विस्तार गरिरहेको छ । बाँकी १७ किमि पनि विस्तार गर्न यही कम्पनी सहमत भएको सडक विभागको वैदेशिक महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले जानकारी दिए। उनले भने, ‘कलंकीबाट महाराजगन्जसम्मको आठ दशमलव दुई किमि सडक विस्तार गर्ने विषयमा दुई साता अगाडि औपचारिक सहमति भइसकेको छ।अब यो खण्डमा पर्ने घर टहरा हटाउने, जग्गा खाली गरेर साइट क्लियर गर्ने पाटो हाम्रो हो। त्यसपछि चिनियाँ कम्पनीले निर्माण सुरु गर्नेछ ।’

आजको अन्नपुर्णमा खबर छ-चिनियाँ कम्पनीले तीन वर्षभित्र पूरै सडक अहिले विस्तार भइरहेको कलंकी(कोटेश्वर खण्डसरहकै बनाउने भएको छ। चिनियाँ कम्पनीले कलंकी(कोटेश्व खण्ड करिब पाँच अर्ब रुपैयाँ खर्च गरेर स्तारोन्नति गरिहेको छ। कलंकी चोकमा अन्डरपाससहितको यो काम आगामी ६ महिनाभित्र पूरा गर्ने योजना छ। पहिलो खण्ड सकेपछि कलंकीबाट बालाजु हुँदै महाराजगन्जसम्म विस्तार हुनेछ।

त्यसपछि महाराजगन्जदेखि चाबहिल हुँदै कोटेश्वेरसम्म विस्तार हुने जानकारी श्रेष्ठले दिए। उनले भने, ‘चाबहिलदेखि गौशालासम्मको करिब डेढ किमि खण्डमा धेरै संरचना भएको र त्यसलाई हटाउनु चुनौतीपूर्ण भएकाले यो खण्डमा फ्लाई ओभर बनाउने प्रस्ताव गरिएको छ। चीन सरकारको अनुदान सहयोगमा विस्तार हुने पूरै चक्रपथ खण्डअन्तर्गत डेढ किमि दूरीमा फ्लाइओभर बनाएर काम गर्न कम्पनी तयार रहेको जानकारी श्रेष्ठले दिए।

कलंकीदेखि महाराजगन्जसम्मको सडक विस्तार गर्ने विषयमा सडक विभागले नै सम्भाव्यता अध्ययन गरेको छ। अध्ययन प्रतिवेदन चिनियाँ कम्पनीलाई उपलब्ध गराइसकिएको चक्रपथ सुधार आयोजनाले जानकारी दिएको छ। यो खण्डको विस्तारका लागि पनि कलंकी कोटेश्वर खण्डमाभएको पाँच अर्बकै अनुपातमा अबको नयाँ खण्डमा पनि खर्च हुने अनुमान गरिएको छ।

माघ २१ गते, २०७४ - ०७:११ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

काठमाडौं । यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध किंग्स इलावेन...   
हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्ला । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको...   
प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका...   
यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

राजनीतिले राष्ट्रको नेतृत्व गर्छ। यसैले राजनीतिक नेतृत्व राष्ट्र र जनताको हितमा निरन्तर क्रियाशील...   

टिकाको दिन दुखद घटना : आगलागीबाट जले पाँच घर

जाजरकोट । विजयादशमीका दिन जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट...   

गण्डकीमा थप दुई सय ५२ जनामा कोरोना सङ्क्रमण

गण्डकी । गण्डकी प्रदेशमा आज थप २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको...   

पोखरीमा डुबेर एक जनाको मृत्यु

मङगलबारे । इलामको देउमाई नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई...   

शिक्षकबाट राजीनामा दिएर बगरमा केरा फलाउँदै भुषाल

दाङ् । दाङका एक व्यक्तिले शिक्षकबाट राजीनामा दिएर बगरमा केरा खेती गर्नुभएको छ । लमही नगरपालिका–३ फल्कापुर...   
राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकालबाट टीका ग्रहण...   

नेकपा प्रवक्ता श्रेष्ठले मुख खोले –बिदेशी गुप्तचरसँग कुटनीतिक मुल्य र आचारसँहिता बिपरीतको यस्तो भेट किन ?

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top