Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

प्रदेश ७ को पहिलो बैठक अाइतबार, सांसदहरु धनगढी आउने क्रम जारी

\"\"धनगढी । सात नं प्रदेशको आइतबार बस्ने पहिलो प्रदेशसभा बैठकका लागि प्रदेशसभा सदस्यहरु धनगढी आउने क्रम जारी रहेको छ । कैलालीको धनगढीस्थित जिल्ला समन्वय समितिको सभाकक्षमा बस्ने बैठकमा सहभागी हुन यहाँका सबै जिल्लाबाट निर्वाचित र समानुपातिक सांसदहरु धनगढी आइरहेका हुन् । बैठकका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको संघीय संसद् सचिवालयका सहसचिव मुरारी महतले जानकारी दिए । “पहिलो बैठकमा कार्यसूचीको सम्बन्धमा प्रदेश प्रमुखले आह्वान गरेको बैठकको पत्रबाट शुरुवात् हुनेछ”, उनले भने । उनका अनुसार धनगढी आइपुग्ने सांसदहरुले सभामा सहभागी हुन प्रवेश पाससमेत लिइराखेका छन् । शनिबार दिउँसोदेखि साँझ अबेरसम्म बैठक बस्ने सभाभवनमा समेत सांसदहरुको चहलपहल देखिएको थियो । बैठकका लागि कैलालीसँगै, कञ्चनपुर, डोटी, डडेल्धुरा, बाजुरालगायत जिल्लाबाट सांसद आइरहेका छन् । प्रदेशसभा बैठकस्थलमा ३० जना मर्यादापालक परिचालन गरिने छन् । प्रहरी निरीक्षकको नेतृत्वमा खटिने मर्यादापालकले आवश्यक तालीमसमेत लिइसकेका छन् । त्यसका साथै बैठकस्थल बाहिर नेपाल प्रहरीले सुरक्षा दिने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए । त्रिपन्नजना सांसद रहेको ७ नं प्रदेशसभामा एमाले, कांग्रेस, माओवादी र राजपाको प्रतिनिधित्व रहेको छ । जसमा एमालेका २५, माओवादी केन्द्रका १४, नेपाली कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुईजना सांसद छन् । आइतबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा चारवटा कार्यसूची रहेको प्रदेश संसद् सचिवालयले जनाएको छ । पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य दिव्येश्वरी शाहले गर्नेछिन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies