Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

चितवनका विभिन्न स्थानमा कृत्रिम ताल निर्माण

\"\"चितवन । चितवनको मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिको विभिन्न वन क्षेत्रमा पारिस्थितिक प्रणालीका लागि महत्वपूर्ण मानिने सिमसार क्षेत्रको विस्तार कार्यक्रम सञ्चालन भएको छ । चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र मृगकुञ्ज उपभोक्ता समिति चितवनले यहाँको विभिन्न क्षेत्रमा सिमसारको व्यवस्थापन तथा विस्तारको कार्यक्रम शुरु गरेको अध्यक्ष वासु ढुंगानाले जानकारी दिए । पछिल्लो समयमा सिमसार क्षेत्र पुरिँदै जाने र पानी सुक्ने समस्या देखिएकाले यसको संरक्षणका साथै कृत्रिम रुपमा तालतलैया निर्माण, तालतलैयाको माटो निकाल्ने, मिचाहा प्रजाति हटाएर सिमसार क्षेत्र जोगाउन र विस्तार गर्न थालिएको ढुंगानाले बताए । मृगकुञ्ज मध्यवर्ती क्षेत्रमार्फत कोकाकोला फाउण्डेसन र विश्व वन्यजन्तु कोषको सहयोगमा अहिले रत्ननगर टिकौली जंगलको ठूलो घोल क्षेत्रमा बाँध बनाएरै ताल तथा सिमसार क्षेत्र विस्तार गरिएको छ । यहाँ १० विगाहा जलाशय हुने गरी रु आठ लाखको लागतमा ताल निर्माण भएको छ । अघिल्लो वर्षपनि १० हेक्टर क्षेत्रफलमा १७ हजारी तालको व्यवस्थापन गरिएको थियो । टिकौली मध्यवर्ती सामुदायिक वन क्षेत्रमा सिमसारको संरक्षण र व्यवस्थापनका लागि मृगकुञ्जको सहयोगमा विभिन्न काम भइरहेको वनका अध्यक्ष वुद्धि विक बताउँछन् । रामसार सूचीमा सूचीकृत बीसहजारी तालमा समेत मिचाहा प्रजातिले ढाकेर तालकै अस्तित्व संकटमा परेपछि अहिले सबै हटाएर तालको संरक्षणका कार्यक्रमसमेत चलेको छ । मृगकुञ्ज उपभोक्ता समितिको क्षेत्रभित्र पर्ने विभिन्न ठाउँमा गरेर अहिलेसम्म ४० हेक्टरभन्दा बढी क्षेत्रमा ताल संरक्षण र विस्तारका कार्यक्रम सम्पन्न भएको जनाइएको छ । ताल तथा सिमसारमा वन्यजन्तु, चराचुरुङ्गी आश्रित हुने गर्छन् । सिमसार क्षेत्र नभएमा तिनीहरुले बासस्थान नै परिवर्तन गर्ने भएकाले पनि सिमसार क्षेत्र संरक्षण जरुरी छ । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठक जलवायु परिवर्तन, मिचाहा प्रजातिका झार, माटो झर्ने र पानी सुक्नेजस्ता कारणले सिमसार क्षेत्र प्रभावित हुँदै आएको बताउँछन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies