Khabar Dabali Logo
  October 20, Tue

जापानमा धुम मच्चाएर फर्किए गायक तथा संगीतकार चेतन सापकोटा

काठमाडौं । नेपाली चलचित्रका सफल र चर्चित संगीतकारको रुपमा स्थापीत चेतन सापकोटा जापानका ओशाका, नागोया, टोक्यो र योकोहामा शहरमा करिब एक दर्जन भन्दा बढी स्टेज सो सकेर नेपाल फर्किएका छन ।

आफ्ना फ्यान प्रकाश रेग्मीको निमन्त्रणामा न्यू एयर मनाउन बिना कुनै सेड्युल जापान आएका संगीतकार तथा गायक चेतन सापकोटा जापानकै इतीहाँसमा सबै भन्दा धेरै स्टेज सो गर्ने गायकको परिचय बनाउन सफल भएका छन ।

चेतनको सरल, मिलनसार, हँसीलोपन अनी सबैलाई जय मायाँप्रेमको बन्धनमा बाँध्ने क्षमता नै उनको सफलताको राज हो भन्छन जापानका संगीतप्रेमीहरु । उनलाई आमन्त्रण गर्ने प्रकाश रेग्मी भन्छन–‘कार्यक्रममा गएको चेतन दाईलाई कसले किडन्याप गर्ने हो चिन्ता मलाई (हा हा हा हा ) । मैले न्यू एयर मनाउन बोलाएको दाई त न्यू एयरमा गायब । ३ दिन पछी भेट भयो ।’

एनआरएनए कान्साईको आयोजनामा भएको नयाँ बर्ष सांगीतीक धमाका कार्यक्रममा चेतन सापकोटाको गीतमा दर्शकहरु मजैसँग झुमेको बताउँछन एनआरएनए कान्साईका सल्लाहकार नरेन्द्र बस्नेत र कार्यक्रम संचालक तथा पत्रकार पुरुषोत्तम लामीछाने ।

नागोयाका ब्यवसायीहरु गोबीन्द श्रेष्ठ र डीलाराम खरेल भन्छन–‘सच्चा संगीतको पुजारी हो चेतनजी । कुनै घमण्ड छैन, डीमान्ड छैन । बाहीरी आवरण र भित्री मन फरक छ ।’
जापान बसाईका क्रममा संगीतकार तथा गायक चेतन सापकोटाले टोक्यो, योकोहामा र ओशाका सहरमा एकल साँझ मार्फत संगीतप्रेमी नेपालीहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।

एकल साँझमा संगीतकार तथा गायक सापकोटाले अग्रज श्रष्टा भक्तराज आचार्यलाई ‘जहाँ छन बुद्धका आँखा’ बोलको गीतबाट सम्झिए भने अमर श्रष्टा खेमराज गुरुड्ग, सुनील बर्देवा, अरुण थापा, नातीकाजी, गोपाल योञ्जन, फत्तेमान र नारायण गोपाललाई उनीहरुका कालजयी गीतहरु गाएर सम्झना गरे ।

तामाङ समुदायको ल्होछार बिशेष सांगीतीक कार्यक्रममा पनि उनले आफुले संगीत भरेका र आफुले गाएका गीतहरुमार्फत दर्शक श्रोतालाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए । स्टेजमा सापकोटाले ‘लास्सो फ्याफुल्ला आरीगात्तो गोजाईमास, दाँत खोलेर हाँस’ भन्दा हल हाँसोले गुञ्जन्थ्यो ।

संगीतकार गायक जन्माउने मात्रै होईन आफुले गाउन पनि सक्छन भन्ने गतिलो उदाहरणका रुपमा चेतन सापकोटाले आफुलाई चिनाएका छन । जापान बसाईलाई समिक्षा गर्दै गायक तथा संगीतकार सापकोटाले भने–‘म मेरो सांगीतीक यात्राको मध्यान्तरमा छु, अब क्लाईमेक्सतीर अघी बढ्न जापानबाट हौसला मिलेको छ ।’

नेपाली गीत, संगीत र चलचित्रलाई कसरी अन्र्तराष्ट्रियकरण गर्न सकिन्छ भन्ने बिषयमा जान्न बुझ्न यो सालको विदेश यात्रा जापानका लागी तय गरेका सापकोटाले जापान बसाईका क्रममा दुई ओटा गीतको म्युजिक भिडियो समेत खिच्न भ्याएका छन ।

स्वर, शब्द र संगीत आफैले गरेको ‘आमाले सम्झिन कि क्या हो घरको याद आयो’ र ‘तिमिले हाँसी दिए पुग्छ’ बोलका गीतको जापानका बिभिन्न रमणिय स्थानमा छायांकन गरिएको छ । नेपालमा गएर बाँकी भाग छायांकन गरी चाँडै गीत बजारमा ल्याउने गायक तथा संगीतकार सापकोटाले बताएका छन ।

माघ २० गते, २०७४ - १५:२६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राप्रपा अध्यक्ष थापा अस्पताल भर्ना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन् । बुधबार...   

पृतनापति सम्मेलन आइतबारदेखि

काठमाडौं । नेपाली सेनाले आइतबारदेखि पृतनापति सम्मेलन गर्दैछ । सम्मेलनमा मुलुकको समग्र शान्तिसुरक्षाका...   
ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोरोनाको जोखिम बढेको भन्दै जिल्लाभित्रका सबै सरकारी...   

कर्णालीका मुख्यमन्त्री र सांसदलाई प्रधानमन्त्री ओलिले दिए यस्तो निर्देशन

काठमाडौं । कर्णाली प्रदेशमा नेकपा संसदीय दलभित्र देखा परेको विवादमा प्रधानमन्त्रीले हस्तक्षेप गरेका...   
मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

काठमाडौंं । राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले गम्भीर प्रश्न उठेको...   

युट्युवले कोरोनाका बारेमा भ्रम छर्ने भिडियो हटाउने

वासिङ्टन । भिडियो हेर्न मिल्ने लोकप्रिय माध्यमको रुपमा रहेको युट्युवले कोरोनाभाइरसका बारेमा भ्रम...   

भक्तपुरमा बासी र कुहिएको मासु बिक्री

भक्तपुर । यहाँ सञ्चालनमा रहेका अधिकांश मासु पसल अत्यन्तै फोहोर र मूल्यमा उपभोक्ता ठगी गरेको पाइएको...   
कोरोना संक्रमितले पनि लोक सेवाको परीक्षा दिन पाउने व्यवस्था मिलाउन सर्वोच्चको आदेश

कोरोना संक्रमितले पनि लोक सेवाको परीक्षा दिन पाउने व्यवस्था मिलाउन सर्वोच्चको आदेश

काठमाण्डौं । सर्वोच्च अदालतले कोरोना सङ्क्रमण पुष्टि भएका व्यक्तिले चाहेमा परीक्षामा सहभागी गराउन...   
कोरला नाका सञ्चालनका लागि छलफल शुरु गरिने

कोरला नाका सञ्चालनका लागि छलफल शुरु गरिने

बलेवा । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले...   

कोरोनाले बढायो मानसिक समस्या

बागलुङ । कोभिड–१९ को प्रकोपपछि मानिसमा मानसिक समस्या बढेको छ ।दैनिकी खल्बलिनु, रोजगारी÷कमाइ गुम्नु,...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top