Khabar Dabali Logo
  October 27, Tue

३ बर्षे कार्यकालका लागि अध्यक्षमा योगेन्द्र कर्माचार्य विजयी

चितवन । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा योगेन्द्र कर्माचार्य विजयी भएका छन् ।

शनिबार  सम्पन्न मतगणनामा डोलनाथ खनाललाई २६७ मतान्तरले पराजित गर्दै कर्माचार्य आगामी ३ बर्षे कार्यकालका लागि विजयी भएका हुन । कर्माचार्यले ९ सय ८७ मत प्राप्त गरेर विजयी हुदा खनालले ७ सय ८ मत मात्र प्राप्त गरे ।

कांग्रेस निकटको प्रजातान्त्रिक यातायात व्यवसायी संघबाट अध्यक्षका उम्मेदवार बनेका कर्माचार्य र खनाल लोकतान्त्रिक समावेशी प्यानलबाट अध्यक्षको उम्मेदवार बनेका थिए ।

बरिष्ठ उपाध्यक्षमा दिपक अधिकारी, बिजय बहादुर स्वाँर र हरिशरण केसी बिजयी भएका छन् । अधिकारी खनाल प्यानलका हुन् भने स्वाँर र केसी कर्माचार्य प्यानलका हुन् । उपाध्यक्षमा पुष्पा श्रेष्ठ, सानुकाजी प्रजापति, जितबहादुर भारती, रामप्रसाद सुवेदी, ऐनकुमार शाही, कृष्णप्रसाद सुवेदी, यादवलाल श्रेष्ठ र प्रभुप्रसाद कलवार बिजयी बने ।

महासचिवमा खनाल प्यानलबाट उम्मेदवार रहेका सरोज सिटौला दोस्रोपटक बिजयी बन्न सफल भए । उनले १०४२ मत ल्याएर जित्दा कर्माचार्य प्यानलका भरत नेपाल ४८३ मत ल्याएर पराजित बने । उपमहासचिवमा खनाल प्यानलका डेकनाथ गौत्तम र वसन्त भण्डारीले जित्दा कर्माचार्य प्यानलका रवि रिमाल बिजयी बने ।

मतदानमा एकहजार सात सय ८० मत खसेको छ । अधिवेशनले अध्यक्ष, ३ जना वरिष्ठ उपाध्यक्ष, ८ जना उपाध्यक्ष, महासचिव, ३ जना उप-महासचिव, ३ जना सचिव,कोषाध्यक्ष र सह-कोषाध्यक्ष, १० जना वर्गिय संयोजक र ७ जना प्रदेश संयोजक सहित ८३ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको छ ।

माघ २० गते, २०७४ - १४:५६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top