Khabar Dabali Logo
  October 30, Fri

प्रचण्डको अध्यक्ष कार्डः ओलीलाई ‘थाल खाउँ न भात खाउँ’

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन लगत्तै हुने भनिएको पार्टी एकता अझै अन्योलमा छ । एमाले–माओवादीले तत्काल पार्टी एकता प्रक्रियालाइृ अघि बढाउने भन्दै एकता संयोजन समिति नै बनाएर चुनावी तालमेल गरेका थिए । ‘दुई हप्तामात्र समय पाएको भए चुनाव अघि नै पार्टी एकता हुन्थ्यो’ भनेका नेताहरुले एकता प्रक्रियालाई चार महिना बित्दासमेत निर्णयक बनाउन सकेका छैनन् ।

यसबिचमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष ओलीले थुप्रै पटक ‘वान टू वान’ वार्ता गरे । दुबै दलका नेताहरु सम्मिलित एकता संयोजन समितिको बैठक बस्यो । तर, पार्टी एकताबारे ठोस निर्णय हुन सकेन । भावनात्मक एकता भइसकेको बताएका दुबै दलका नेताहरुको छलफल पछिल्लो समय पदीय भागबण्डामा केन्द्रित बनेको छ । माओवादी केन्द्रका एक नेताका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार र पार्टी दुबैको नेतृत्व आफैँले लिन खोजेपछि एकताकालागि सहमति जुट्न नसकेको हो । एकीकृत पार्टीको अध्यक्ष पदले नै एमाले र माओवादीबिचको पार्टी एकता टुट्ने संकेत देखा परेको उनले बताए ।

चुनावअघि दुई दलका अध्यक्षहरुमध्ये एकले सरकार र एकले एकीकृत पार्टीको नेतृत्व गर्ने मौखिक सहमति गरेका थिए । तर, चुनावी नतिजा आएलगत्तै एमालेका केही नेताहरुले सरकार र पार्टी दुबैको नेतृत्व ओलीले गर्नुपर्ने माग गर्न थालेका छन् । एमाले अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलले प्रचण्डलाई अध्यक्ष बनाएर पार्टी एकता नहुने निष्कर्ष नै निकालेको ओली निकटका एक एमाले नेता बताउँछन् । उनका अनुसार एकीकृत पार्टीको अध्यक्ष प्रचण्डलाई बनाउँदा पार्टी भित्र आफ्नो गुट कमजोर बन्ने र प्रचण्ड गुट शक्तिशालि बन्ने ओली–पोखरेलको बिश्लेषण छ ।

यसअघि पार्टी भित्रेका थुप्रै नेताहरुलाई चिढ्याईसकेका ओलीले एमाले भित्रकै नेताहरुबाट खतरा देखेको उनले खबरडबलीलाई बताए । उनले बताए अनुसार एमालेभित्र माधवकुमार नेपालसहितका नेताहरूको समूह कुनै हालतमा ओली गुटलाई पार्टी भित्रै अल्पमतमा पार्न मरिमेटेर लागेका छन् । एकीकृत पार्टीको अध्यक्ष छोड्दा नेपाल समुह प्रचण्डसँग मिलेर पार्टीभित्र बलियो बन्ने र ओली गुट अल्पमतमा पर्ने ओलीको ठम्याइ छ । एमालेभित्र नेपाललाई प्रचण्डप्रति नरम नेताका रुपमा लिइन्छ ।

यतिबेला एमालेभित्र ओली गुट प्रचण्डलाई कुनै पनि हालतमा अध्यक्ष नदिने, सह–अध्यक्ष वा अरू कुनै भूमिका दिएर एकता गर्ने अडानमा छ भने अर्को समुह प्रचण्डलाई अध्यक्ष र ओलीलाई प्रधानमन्त्री बनाएर एकता प्रक्रियालाई अघि बढाउनु पर्ने बताउँदै आएका छन् । पछिल्लो समय प्रचण्ड एमालेभित्र आफु हावी बन्ने प्रयासमा छन् भने माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायतका नेताहरुले प्रचण्डलाई साथ दिएको देखिन्छ ।

राष्ट्रियसभाको चुनाव बहुमतीय प्रणालीमा गरिनुपर्ने अडान राखेका ओली राष्ट्रपतिबाट कुनै पनि हालतमा राष्ट्रियसभासम्बन्धी अध्यादेश जारी गर्न नहुने पक्षमा थिए तर, प्रचण्ड ओलीको बिपक्षमा उभिए । एमाले नेताहरु नेपाल, खनाल र गौतमले प्रचण्डलाई नै साथ दिएपछि ओली ‘ब्याक’ भए र एमाले नेता सुवास नेम्वाङलाई राष्ट्रपतिकहाँ पठाएर अध्यादेश स्वीकृत गर्न लगाए । एमाले नेताका अनुसार ओलीले सो कदममा नेताहरु नेपाल, खनाल र गौतमको साथ पाउने आशा गरेका थिए । आफ्नै पार्टीका नेताहरु प्रचण्डको पक्षमा उभिएपछि पार्टी एकतापछि प्रचण्ड एमालेभित्र सर्वमान्य नेता बन्ने त्रास ओलीमा पलाएको हो ।

एमालेभित्र लोकप्रिय बन्दै गएका युवा नेताहरु योगेश भट्टराई र घनश्याम भुसाल पनि यतिबेला पार्टीभित्रै ओलीबिरुद्ध देखिन्छन् । उनीहका पछिल्ला अभिव्यक्ति ओलिको कटाक्षमा देखिन्छ । एमालेले अबलम्बन गरेको पथप्रदर्शक सिद्दान्त जबजको च्याप्टर ‘क्लोज’ गर्नुपर्ने अभिव्यक्ति दिएका भुसाल ओलीबिरुद्द ‘क्याम्प’ खडा गर्न बलियो आधार र ओलीसमान हैसियतको नेतृत्वको खोजिमा छन् । नेता नेपाल, खनाल र गौतममा उनले त्यो राजनीतिक तागत देखेका छैनन् । एमाले महाधिवेशमा अध्यक्षमा ओलीलाई हराउन मरेर लागेका भट्टराई भुसाललाई साथ दिइरहेका छन् ।

एमाले सचिव समेत रहेका भट्टराई पछिल्लो समय प्रचण्डप्रति नरम देखिन्छन । यतिसम्मकि प्रचण्ड प्रमुख अतिथि र भट्टराई विशेष अतिथि रहेको एक समारोहमा बोल्दै ‘यस कार्यक्रमका प्रमुख अतिथि हाम्रो पार्टीका अध्यक्ष कमरेड पुष्पकमल दाहाल प्रचण्ड’ भनिदिए । उनले झुक्किएर बोलेको भए सो अभिव्यक्ति सच्याउनु पर्ने हो तर, उनले सच्याएनन् । प्रचण्ड पछिल्लो समय एमालेभित्र ‘पपुलर’ बन्दै गएको यसले पनि पुष्टि गर्छ ।

एमालेभित्र ओली गुट भन्दा बाहेकका सबै अधिकांश नेता ओलीबिरुद्ध लागेको एमाले नेता बताउँछन् । यस्तो अवस्थामा पार्टी नेतृत्व छोड्दा आफु र आफ्नो समुह सधैँ पछाडि पर्ने जानेरै ओली प्रचण्डलाई अध्यक्ष दिन तयार नभएको उनले बताए । उनका अनुसार प्रचण्डलाई पार्टी अध्यक्ष दिँदा भविष्यमा पार्टी अध्यक्ष बन्ने बाटो बन्द हुने भन्दै आली गुटका अन्य नेताहरुले पार्टी एकतालाई टुङ्गोमा पुर्याउन नसकिने निष्कर्ष समेत निकालेका छन् ।

‘ओलीजीलाई आफ्नै पार्टीका नेताहरुको डर छ, एकतापछि आफु इतरका सबै नेताले प्रचण्डसँग मिलेर मोर्चाबन्दी गरे भने आफु अल्पमतमा परिन्छ भन्ने उहाँको सोच छ,’ एमाले नेताले खबरडबलीसँग भने, ‘ओलीजी आफु र आफ्नो समुहको राजनीतिक भविष्य नै संकटमा पर्ने देखेर नै प्रचण्डलाई अध्यक्ष छाड्न नचाहानुभएको हो ।’

माघ २० गते, २०७४ - ११:३० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्वसभामुख महरा पत्नीलाई हेलिकप्टरबाट काठमाडौं ल्याईयो

पूर्वसभामुख महरा पत्नीलाई हेलिकप्टरबाट काठमाडौं ल्याईयो

दाङ । श्वासप्रश्वासमा समस्या देखिएपछि पूर्वसभामुख कृष्णबहादुर महराको श्रीमती सीतालाई थप उपचारका...   

राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । अखिल नेपाल...   
मुकेश चौराशिया हत्याको मुद्दा सरकारी वकिल कार्यलयमार्फत दर्ता

मुकेश चौराशिया हत्याको मुद्दा सरकारी वकिल कार्यलयमार्फत दर्ता

पर्सा । जिल्ला सरकारी वकिलको कार्यालय मार्फत मुकेश चौराशियाको हत्यासम्बन्धि मुद्दा दर्ता भएको छ...   

कोरोनाबारे स्वास्थ्य मन्त्रालयको दैनिक प्रेस ब्रिफिङ् नहुने, दैनिक अपडेट यसरी हेर्न सकिन्छ

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना भाईरस संक्रमणबारे गर्ने गरेको दैनिक प्रेस ब्रिफिङ् भोलीबाट...   
केकेआरविरुद्ध पञ्जाबको शानदार जित

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

काठमाडौं । यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध किंग्स इलावेन...   
हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्ला । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको...   
प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका...   
यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

राजनीतिले राष्ट्रको नेतृत्व गर्छ। यसैले राजनीतिक नेतृत्व राष्ट्र र जनताको हितमा निरन्तर क्रियाशील...   

टिकाको दिन दुखद घटना : आगलागीबाट जले पाँच घर

जाजरकोट । विजयादशमीका दिन जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट...   

गण्डकीमा थप दुई सय ५२ जनामा कोरोना सङ्क्रमण

गण्डकी । गण्डकी प्रदेशमा आज थप २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top