Khabar Dabali Logo
  October 29, Thu

टक्क रोकियो भविष्य यात्रा

काठमाडौं । मनु ब्राजाकीको एउटा असरदार कथा छ, ‘अन्नपूर्णाको भोज’ । त्यस कथामा किशोर नेपाल, विमल निभा, ज्ञानुवाकर पौडेल, सन्तोष भट्टराईहरू सँगै भोज खाइरहेका छन् । भोजमा प्रजातन्त्र, माक्र्सवाद, युरो कम्युनिजम, नयाँ जनवादजस्ता ठूला विषयमा व्याख्या चल्छ । तर किशोर, विमल, ज्ञानुवाकरहरूलाई माछाको झोल खुवाउने अन्नपूर्णाचाहिँ भोकै छे । अन्नपूर्णा जुठा भाँडामध्ये पिर्कामा बसेर रिकापीबाट एक मुठी फुको चिउरा निबुवाको पुरानो अचारसँग बुक्याउँछे । ऊ मुखको स्वाद फेर्न माछा पकाएको कराहीको बिटमा जमेको फिँज चाट्छे । अन्त्यमा कथाकारको प्रश्न छ, ‘के स्वास्नीहरूको मत सुरक्षित छ ? ’

अाजको अन्नपूर्णमा लेखिएको छ-भर्खर जारी भएको नेपालको संविधानमा अन्नपूर्णाहरूको मत कति सुरक्षित भयो, त्यसको राम्ररी भेउ नपाउँदै ती मास्टर पिस आख्यानकार, क्वालिटी गजल लेख्ने मनु ब्राजाकीको कलम शुक्रबार बिहानदेखि रोकिएको छ । ७५ वर्षको उमेरमा उनले संसार त्यागे । मस्तिष्काघातका कारण केही समयदेखि उपचाररत ब्राजाकीको पाटन अस्पतालमा उपचार भइरहेको थियो ।

ब्राजाकीका कथाका पात्र किशोर नेपाललाई अहिले पाइन्ट र कमिज लगाएको, झोला बोकेको मनु ब्राजाकीको सम्झना आइरहेको छ । भन्छन्, ‘मनु मेरो नजिक आएर मलाई सोधिरहेको छ- किशोर तँ के गर्दै छस् ? ’

ब्रान्डेड कथाकारको कथामा पात्र बनेको सन्दर्भलाई किशोर सम्झन्छन्, ‘मनुले भनेको थियो, ‘म कथामा तेरोबारे पनि लेख्छु ।’

किशोर भन्छन्, ‘मनु इन्टेलिजेन्ट कथाकार हुन् । सादत हसन मन्टोका कथाबाट उनी प्रभावित थिए । पीडा र वेदनालाई लेख्ने उनको आफ्नै कथा–शैली थियो । कथाको संरचनामा अराजकता पनि मिसिएको थियो । म पत्रिकाको सम्पादक भएको बेला आउँथ्यो, पैसा दिन्थेँ । ऊ मलाई भेट्न आइरहेको हुन्थ्यो ।’

दुईपटक ब्रेन स्ट्रोक हुँदा पनि उनको कलम रोकिएको थिएन । काठमाडौं सैंबुस्थित निवासमा छोरीसँगै बसेर उनी निरन्तर साहित्य साधनामा थिए । ‘तिम्री स्वास्नी र म’, ‘मार्‍यो च्याङ्बा मार्‍यो असिनामा पार्‍यो’, ‘अन्नपूर्णाको भोज’, ‘पारदर्शी मान्छे’लगायत कथा लेखेर आधुनिक नेपाली कथामा व्यंग्य र मनोविज्ञानको बेग्लै धरहरा खडा गरेका थिए ब्राजाकीले ।

उनका ‘अवमूल्यन’ (२०३८), ‘आकाशको फल’ (२०५२), ‘तिम्री स्वास्नी र म’ (२०४६), भविष्ययात्रा (२०५२), ‘पारदर्शी मान्छे’ (२०६०), ‘मनु ब्राजाकीका कथाहरू’ (२०७०), ‘अन्नपूर्णाको भोज’, (२०७०) कथासंग्रह प्रकाशित छन् । कथासंग्रह ‘तिम्री स्वास्नी र म’ले ०४६ को साझा पुरस्कार प्राप्त गरेको थियो । ‘काँडाका फूलहरू’ र ‘गजलगंगा’ गजलकृति लेखेका उनलाई नेपाली गजलको पुनरुत्थानमा विशेष सम्झना गरिन्छ ।

माघ २० गते, २०७४ - ०८:४६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोनाबारे स्वास्थ्य मन्त्रालयको दैनिक प्रेस ब्रिफिङ् नहुने, दैनिक अपडेट यसरी हेर्न सकिन्छ

कोरोनाबारे स्वास्थ्य मन्त्रालयको दैनिक प्रेस ब्रिफिङ् नहुने, दैनिक अपडेट यसरी हेर्न सकिन्छ

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना भाईरस संक्रमणबारे गर्ने गरेको दैनिक प्रेस ब्रिफिङ् भोलीबाट...   
केकेआरविरुद्ध पञ्जाबको शानदार जित

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

काठमाडौं । यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध किंग्स इलावेन...   
हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्ला । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको...   
प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका...   
यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

राजनीतिले राष्ट्रको नेतृत्व गर्छ। यसैले राजनीतिक नेतृत्व राष्ट्र र जनताको हितमा निरन्तर क्रियाशील...   

टिकाको दिन दुखद घटना : आगलागीबाट जले पाँच घर

जाजरकोट । विजयादशमीका दिन जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट...   

गण्डकीमा थप दुई सय ५२ जनामा कोरोना सङ्क्रमण

गण्डकी । गण्डकी प्रदेशमा आज थप २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको...   

पोखरीमा डुबेर एक जनाको मृत्यु

मङगलबारे । इलामको देउमाई नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई...   

शिक्षकबाट राजीनामा दिएर बगरमा केरा फलाउँदै भुषाल

दाङ् । दाङका एक व्यक्तिले शिक्षकबाट राजीनामा दिएर बगरमा केरा खेती गर्नुभएको छ । लमही नगरपालिका–३ फल्कापुर...   
राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकालबाट टीका ग्रहण...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top