Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

अमेरिकि अधिकारी भन्छिन्-ट्रम्प नयाँ सरकारसंग काम गर्न इच्छुक

\"\"एक वरिष्ठ अमेरिकी अधिकारी एलिस जी. वेल्सले ट्रम्प प्रशासन नेपालमा वाम गठबन्धनको नेतृत्वमा बन्ने अपेक्षा गरिएको नयाँ सरकारसंग काम गर्न इच्छुक रहेको बताएकी छन् । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने संयुक्त राज्य अमेरिकाकी प्रमुख उपसहायक विदेश मन्त्री एलिस जी. वेल्सले अमेरिका, उनकै शब्दमा, नेपाली जनताको इच्छालाई प्रतिनिधित्व गर्ने एउटा वैधानिक सरकारसंग काम गर्न इच्छुक रहेको बताइन् । \"हामीले यो चुनावलाई संयुक्त राज्य अमेरिका विरुद्धको जनमत संग्रहको रुपमा हेरेका छैनौं । सरकार बन्यो भने हामी उसंग काम गर्न इच्छुक छौं र हाम्रो संबन्ध हाम्रा साझा हितहरु तथा हाम्रा जनताका साझा मान्यताहरुको आधारमा अघि बढनेछ,\" उनले भनिन् । के नेपाल अमेरिकाको प्राथमिकतामा पर्दछ ? भन्ने एक प्रश्नको जवाफमा वेल्सले नेपालसंगको संबन्धलाई अमेरिकाले निकै महत्व दिएको बताइन् । उनले भनिन्, \"प्रजातान्त्रिक मार्गमा हिंडने सवालमा नेपाल अन्य मुलुकहरुका लागि एक उदाहरण हो र हामी नयाँ बन्ने सरकारसंग काम गर्न इच्छुक छौं ।\" उनले गत वर्ष अमेरिकी सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेशन मार्फत नेपाललाई दिएको ५० करोड डलर बराबरको सहायता त्यसको उदाहरण भएको बताइन् । उक्त रकम नेपालमा सडक मर्मत तथा विद्युत प्रसारण लाइन बनाउने लगायतका काममा खर्च गरिने अधिकारीहरु बताउँछन् । श्रीमती वेल्सले दुई मुलुकका सेनाहरुबीच सहयोग बढाउने उपायबारे पनि छलफल भैरहेको बताइन् । \"हाम्रो प्यासिफिक कमाण्डले नेपालको भूकम्प पछि मानवीय सहायता पुराउनमा, प्राकृतिक प्रकोपसंग जुध्ने मामिलामा निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । त्यसैले हाम्रा दुई सेनाहरुबीच अरु बढी समन्वय तथा सहयोग बढाउने पनि हाम्रालागि एउटा प्राथमिकता हो,\" उनले भनिन् । हाल अमेरिकामा बसोबास गरिरहेका १४,००० भन्दा बढी नेपालीहरुको \'टेम्पररी प्रोटेक्टेड स्टाटसु वा \'टिपिएस\' भनिने अनुमति अब केही महिनाभित्रै सकिन लागेको भन्ने प्रश्नमा वेल्सले, उनकै शब्दमा, यसबारे एकदमै निष्पक्ष र तथ्यमा आधारित पुनरावलोकन हुने बताइन् । उनले भनिन्, \"भर्खरै मैले अमेरिकास्थित तपाईंहरुका कुशल राजदूत (डा. अर्जुन कार्की) संग कुरा गरें । उहाँले पनि यो विषय मसंग उठाउनु भएको थियो । यो विषयबारे डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले हेरिरहेको छ ।\" उनले अगाडि भनिन्, \"हामीले कुनै मुलुकले आफ्ना जनतालाई पर्याप्त संरक्षण दिन सकिरहेको छैन भन्ने निधो गर्यौं भने त्यहाँका जनतालाई \'टेम्पररी प्रोटेक्टेड स्टाटस\' दिन्छौं जसबाट कि उनीहरु अस्थायीरुपमा अमेरिकामा बस्न सकुन् । यो एउटा अस्थायी उपाय हो र पुनरावलोकन प्रकृया नेपाल आफ्ना नागरिकहरुलाई फिर्ता लिन सक्षम छ कि छैन भन्ने कुरामा केन्द्रित रहने छ ।\" यसअघि नेपालमा झण्डै अढाइ वर्ष अघि विध्वंशकारी भूकम्प गएपछि तत्कालिन ओबामा प्रशासनले नेपाल लगायतका मुलुकका नागरिकहरुलाई \'टेम्पररी प्रोटेक्टेड स्टाटस\' दिइने घोषणा गरेको थियो । सन् २००२ मा तत्कालिन अमेरिकी विदेश मन्त्री कोलिन पावेलले नेपालको भ्रमण गरेयता कुनै पनि वरिष्ठ अमेरिकी अधिकारीले नेपालको भ्रमण गरेका छैनन् नि? भन्ने प्रश्नको जवाफमा श्रीमती वेल्सले निकट भविष्यमा त्यस्तो संभावना रहेको संकेत दिइन् । \"यसबारे मैले \'होमवर्क\' (गृहकार्य) गरिरहेकी छु,\" उनले भनिन् । (बीबीसीका लागि भगिरथ योगीको रिपाेर्ट)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies