Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

स्वराजको नेपाल भ्रमणः किन उठाएनन् नेताहरुले छपकैयामा सीमा मिचिएको कुरा ?

\"\"काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराज दूईदिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएकी छिन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बिशेष दुतका रुपमा नेपाल आएकी स्वराज राष्ट्रपति, प्रधानमन्त्री र प्रमुख दलका शीर्ष नेतासँग रानीतिक भेटवार्ता सकेर स्वदेश फर्किएकी हुन् । विशेष विमानबाट बिहिबार अपरान्ह नेपाल आएकी स्वराजले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगबाट सुरु गरेको भेटवार्ता मधेशी दलका नेता माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपतिहुँदै प्रधाननमन्त्री शेरबहादुर देउवासँग भेटेर आफ्नो भ्रमण सकिन् । नितान्त राजनीतिक भेटकालागि मात्र अकास्मात नेपाल आएकी स्वराजसँगको भेटमा नेपाल–भारत हितबारे छलफल भएको नेताहरुले बताएका छन् । नेपालको समग्र हितबारे छलफल भएको नेताहरुले बताए पनि हालै नेपाल–भारतबिच देखिएको सीमा विवादबारे नेताहरु एक शव्द बोलेनन् । पर्साको वीरगञ्ज महानगरपालिका– १ छपकैयामा नेपाल र भारत सीमामा केहि समयदेखि विवाद सुरु भएकोबारे सबै नेताहरु अवगत भएर पनि सो विषयमा नबोलेका हुन् । नेताहरुसँग स्वराजले ‘वान टु वान’ भेटवार्ता गर्दा भारतले ५० बिगाहाभन्दा बढी नेपाली जग्गा मिचेकोबारे कसैबाट कुनै कुरा उठेन । अरु समयमा राष्ट्रियताको चर्को नारा लगाउने नेताहरु परेका बखत भारत सामु मुख खोल्न नसक्नुले नेपाली नेताहरुलाई भारतबाट काति ‘आशिर्वाद’ प्राप्त छ भन्ने पुष्टि हुन्छ । स्वराजले नेपाल आएलगत्तै पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट राजनीतिक भेटवार्ता शुरु गरेकी थिइन् । बिहीबार साँझ एमालेले उनलाई काठमाडौंको होटल सोल्टीमा रात्रीभोज समेत दियो । \"\"एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वराजसँग गोप्य छलफल गरे । एमालेका अन्य नेताहरुसँग स्वराजले सामूहिक भेट गरिन् । कुनै समय नेपालको राष्ट्रियता र भारतको बिरोधमा खरो उत्रिएका एमाले अध्यक्ष ओलीले स्वाराजसँगको भेटवार्तामा सीमा विवादबारे कुरा उठाउनु आवश्यक ठानेन् । ओलीले पाउनै लागेको प्रधानमन्त्री पद खुस्किने त्रासले भारतसामु सीमा विवादको कुरा नउठाएको हुन सक्छ । बिहिबार साँझै स्वराजले राजपाका नेताहरुसँग भेट गरिन् । मधेशीदलका नेताहरुले पनि सीमा विदबारे कुरा नउठ्नु स्वाभाविक देखिन्छ । राजपा नेपालका अध्यक्ष मण्डलका अध्यक्ष राजेन्द्र महत्तोले नेपाल र भारतबिच सीमा विवाद नभएको सार्वजनिक अभिव्यक्ति नै दिएका थिए । उनले नेपाली सञ्चार माध्यमले उचालेको भरमा नेपाली सीमा भारतले मिचेको भन्न नमिल्ने दाबी समेत गरेका थिए । शुक्रबार विहान स्वराजले पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेकी थिइन् । \"\"स्वराज–प्रचण्डबिचको छलफलमा पनि सीमा विवादबारे छलफल भएको तथ्य बाहिरिएको छैन । माओवादी केन्द्रकै सहायक संगठन वाइसीएल नेपाल र अखिल (क्रन्तिकारी) ले सीमा मिचिएको स्थलमा ‘क्याम्प’ खडा गर्ने भनिरहँदा प्रचण्डले स्वराजसँग सो करा गर्ने आँट गरेनन् । स्वराज–प्रचण्डको गोप्य छलफलमा सीमा विवादबारे कुरा उठे नउठेको विषयमा प्रचण्डको सचिवालय बेखबर छ । शुक्रबार नै स्वराजसँग भेटवार्ता गरेका राष्ट्रपति र प्रधानमन्त्री पनि देशको सीमामा भारतले भुगोल मिचेको कुरा गर्न सकेनन् । \"\"सरकारका प्रमुखले नै भेटको समयमा आफ्नो भारतले भुगोल मिचिएको कुरा भारतीय प्रधानमन्त्रीको बिश्वासिलो पात्रसँग गर्न डराए या आवश्यक ठानेनन् । तर, समयमा उठाउनै पर्ने मुलुकका मुद्दा नउठाउन नसक्दा नेताहरु थुप्रै पटक चिप्लिदै आएका छन् । नेताहरू सीमा विवादबारे जानाकार हुँदाहुँदै पनि कुरा नउठाउनुले उनीहरु मुलुक भन्दा आफ्नो व्यक्तिगत स्वार्थमा केन्द्रित हुने पुष्टि हुन्छ । नेताहरुको यो गुपचुप सँगै भारतले छपकैयामा मिचेको ५० बिगाहाभन्दा बढी नेपाली जग्गा नेपालबाट गुम्ने देखिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies