Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८१ मंगलवार | 16th April, 2024 Tue
NIMB

प्रदेश ३ को मुख्यमन्त्रीमा आकांक्षीको लर्को, एमालेलाई सकस

\"\" हेटौँडा । सबैभन्दा बढी प्रदेशसभा सदस्य रहेको प्रदेश नं ३ को मुख्यमन्त्रीका लागि नेकपा एमाले का नेताहरुमा दौडधुप सुरु भएको छ । मुलुकको राजधानी काठमाडौंसमेत रहेको १४ जिल्लासहितको यस प्रदेशको प्रदेशसभाको प्रथम अधिवेशनको ऐतिहासिक पहिलो बैठकमा सम्पन्न भई सभामुखको निर्वाचनको कार्यतालिका सार्वजनिक भएसँगै मुख्यमन्त्रीमा आकांक्षी बढेका छन् । पहिलो बैठकस्थलमा सांसद सदस्य र सञ्चारकर्मीमाझ एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य (काठमाडौं), पोलिटब्यूरो सदस्य राजेन्द्रप्रसाद पाण्डे (धादिङ), पोलिटब्यूरो सदस्य पशुपति चौलागाई (दोलखा), पोलिटब्यूरो सदस्य सानुकुमार श्रेष्ठ (काठमाडौं), केन्द्रीय सदस्य कैलाश ढुंगेल, काठमाडौँ महानगरपालिकाका पूर्व प्रमुख केशव स्थापित, हेटौँडा नगरपालिकाका पूर्व प्रमुख तथा ज्येष्ठ सदस्य डोरमणि पौडेलसम्मले मुख्यमन्त्रीमा आकांक्षा देखाएका छन् । धेरै आकाङ्क्षी भएपछि निर्वाचन हुने छाँट देखिएको छ । यी आकांक्षीमध्ये कोही सभामुख वा उपसभामुख पनि हुने सम्भावना छ । अन्य प्रदेशमा पनि महिला मुख्यमन्त्री हुने सम्भावना नरहेको र जातीयता सन्तुलनको दृष्टिले उपाध्यक्ष शाक्य मुख्यमन्त्री बन्ने आँकलन गरिएपनि नेता पाण्डेले पनि आफूलाई सशक्त दाबेदार बनाएका छन्। नेत्री शाक्यले आफूले सबैलाई समेटेर अघि बढ्ने र यस प्रदेशलाई नमूना बनाउन प्रतिबद्ध रहेको प्रतिक्रिया दिइन् भने नेता पाण्डेले अन्य उम्मेदवारले भन्दा आफूले विकास र समृद्धिको अगुवाइ गर्न सक्ने दाबी गरे । नेता चौलागाँई भने आफू अन्तर्वार्ता दिँदै नहिँड्ने र पार्टीले दिएको जिम्मेवारी ग्रहण गर्ने बताए। ज्येष्ठ सदस्य पौडेलले पार्टीले निर्णय गरेमा आफू मुख्यमन्त्री वा सभामुख हुन तयार रहेको बताए । चीनको केरुङ नाकादेखि प्रदेश नं २ को वीरगञ्ज भन्सारसम्म जोडिएको यस प्रदेशमा विकास र समृद्धिको खाकासहित मुख्यमन्त्रीको आकांक्षा व्यक्त गर्ने नेतामध्ये पार्टीका शीर्ष नेताको आशीर्वाद र सद्भाव कसलाई प्रकट हुने हो त्यस आधारमा पनि को विजयी हुने भन्ने अनुमान लगाउन सकिनेछ । एमालेको यही माघ १६ को स्थायी कमिटी बैठकले प्रदेश संसदीय दलको नेतामा सहमति नभए मतदान गर्ने निर्णयले पनि आकांक्षी बढाएको छ । संविधानबमोेजिम संसद्मा बहुमत प्राप्त दलका नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ । एमाले एक्लै पनि बहुमतमा रहेको यस प्रदेशमा वाम गठबन्धनमा रहेका एमाले र नेकपा माओवादी केन्द्रबीच एमालेलाई मुख्यमन्त्री दिने सहमति भइसकेको छ । सात प्रदेशमध्ये धेरै सांसद् (११० सदस्य) भएको यस प्रदेश नं ३ मा एमालेका ५८ सदस्य छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies