Khabar Dabali Logo
  October 27, Tue

ओमनमा अलपत्र २० मध्य ११ जना बन्धक, दूतावास अझै मौन

मध्यपूर्व । वैदेशिक रोजगारीका लागि ओमन पुगि लामो समय देखि अलपत्र परेका २० नेपालीको अबस्था चिन्ताजनक बनेको छ । अलपत्र पर्नेहरुमा यम बहादुर चौहान, द्वारिका प्रसाद चौधरी, रबिन्द्र कुमार चौधरी, रामु गिरी, शङ्खर मिजार, राम ललित कुमार यादव, वसन्त गिरी, थके बुढा, खिमबहादुर थापा, रत्ना जंग राई, गोकर्ण त्रिपाठी, बिक्रम राई, राजेन्द्र गिरी, ज्ञान् बहादुर थापा, कुमार चौहान छेत्री, राजकुमार तामाङ, देव बहादुर बिक, शिर बहादुर खत्री, तेजेन्द्र राना र रेशम कुमार चौधरी रहेका छन जसमध्य ११ जनाको अवस्था निक्कै नाजुक बनेको छ ।

काठमाडौको होनेस्टी ओभरसिज प्रालिबाट ओमनको मुवाराद वादी मोर्डन ट्रेड कम्पनीमा स्काफफोल्डिङको काम गर्न भनी गत नोबेम्बर २६ मा गएका २० जना मध्य ११ जनालाइ अहिले ओमनको राजधानी मस्कटबाट झन्डै १ सय २० किलोमिटर टाढा बर्का भन्ने ठाउँमा बन्धक बनाइ राखिएको स्रोतले बताएको छ ।

सुरुमा २० जनालाई सँगै राखिएको भएपनि केहि दिन अघि २० जनामध्ये ९ जनालाई कम्पनी होस्टेलमा र ११ जनालाइ ठाउँ परिवर्तन गरि टाढा राखिदिएपछि उनीहरु झनै समस्यामा परेको जानकारी जन प्रगतिशील मन्च ओमनका प्रमुख संरक्षक मुन्नाबाबु परियारले खबरडबलीलार्इ जानकारी दिएका छन । एक्कासि ठाउँ परिवर्तन गरि मोटरबाटोबाट झन्डै ३ किमि भित्र एकान्त ठाउँमा राखेको रहेछ मोबाइल चलाउन पनि समस्या ,पीडितले दूतावासलाई निवेदन दिएको पनि तीन हप्ता बित्यो तर कुनै पहल भएन हामीले बारम्बार भनेका छौ सुन्दैनन अब कसरी उद्दार गर्न परियारको भनाइ छ ।

‘मेनपावरले पनि झुक्याउने काम मात्रै गर्यो यता नेपाली हरु अलपत्र छन उता मेनपावर संचालक फारुक खानले परिवारलाई पुरै तलब दिएको छ भनी भ्रम छर्दै रहेछ’ उनले भने ‘यहाँ साथीहरूको ज्यान जाला भन्ने पीर छ ।’ कम्पनी मालिकले बन्धक बनाइएको छ धम्काउने तर्साउने गर्छ पुलिस बोलाउछु जेल हाल्छु भन्दै पीडितलाई झनै पीडा दिएको रहेछ दूतावासले यस्तो अबस्थामा पनि चासो नदिएको भन्दै परियारले आक्रोश व्यक्त गरेका छन ।

यता ओमनका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकालले केहि दिन अघि नै समस्या समाधान हुने बताएपनि हालसम्म समस्या समाधान गर्न कुनै पहल नगरेको पीडितको दाबी छ ।

माघ १९ गते, २०७४ - ०८:५३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका...   
यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

राजनीतिले राष्ट्रको नेतृत्व गर्छ। यसैले राजनीतिक नेतृत्व राष्ट्र र जनताको हितमा निरन्तर क्रियाशील...   

टिकाको दिन दुखद घटना : आगलागीबाट जले पाँच घर

जाजरकोट । विजयादशमीका दिन जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट...   

गण्डकीमा थप दुई सय ५२ जनामा कोरोना सङ्क्रमण

गण्डकी । गण्डकी प्रदेशमा आज थप २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको...   

पोखरीमा डुबेर एक जनाको मृत्यु

मङगलबारे । इलामको देउमाई नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई...   

शिक्षकबाट राजीनामा दिएर बगरमा केरा फलाउँदै भुषाल

दाङ् । दाङका एक व्यक्तिले शिक्षकबाट राजीनामा दिएर बगरमा केरा खेती गर्नुभएको छ । लमही नगरपालिका–३ फल्कापुर...   
राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकालबाट टीका ग्रहण...   

नेकपा प्रवक्ता श्रेष्ठले मुख खोले –बिदेशी गुप्तचरसँग कुटनीतिक मुल्य र आचारसँहिता बिपरीतको यस्तो भेट किन ?

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा...   
कर्णाली विवादबारे ओलीले एकलौटी निर्देशन दिएपछि प्रचण्डले दिए अर्को निर्देशन !

कर्णाली विवादबारे ओलीले एकलौटी निर्देशन दिएपछि प्रचण्डले दिए अर्को निर्देशन !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कर्णाली प्रदेशको संसदीय दलको सचेतकसम्बन्धि दिएको...   
१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

बीबीसी। सामान्यतः घरेलु हिंसाको पीडित महिलाहरु हुन्छन् । संयुक्त राष्ट्रसंघको आंकडाअनुसार विश्वका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top