Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

दिल्लीनीति: विदेशमन्त्रीको सदभाव, अर्थमन्त्रीको दबाब

\"\"काठमाडाैं । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालमा बन्ने नयाँ सरकारसँग भारतनिकट रहेर काम गर्न आतुर रहेको सन्देश दिएकी छिन् । प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रूपमा बिहीबार काठमाडौं ओर्लिएलगत्तै ‘भावी प्रधानमन्त्री’का रूपमा हेरिएका एमाले अध्यक्ष केपी ओलीसँग ‘वन अन वन’ पहिलो भेटवार्ता गर्दै स्वराजले यस्तो सन्देश सुनाएकी हुन् । अाजको नयाँ पत्रिकामा खबर छ-तीन साताकै बीचमा ओलीको नेतृत्वमा वाम गठबन्धनको सरकार बन्ने सम्भावना देखिएका वेला नयाँ सरकारसँग सहकार्य गर्न भारत इच्छुक रहेको उनको सन्देश थियो । विमानस्थलबाट ओलीसहित एमाले नेतृत्वसँगको भेटवार्ताका लागि सीधै होटेल सोल्टी क्राउन प्लाजा पुगेकी स्वराजले प्रदेश र प्रतिनिधिसभामा गठबन्धनले बहुमत जनसमर्थन प्राप्त गरेर दुवैतिर सरकार बनाउन लागेकोमा बधाईसमेत दिइन् । ‘मेरोतर्फबाट मात्रै होइन, मेरो दल र भारत सरकारका तर्फबाट प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा प्राप्त गर्नुभएको बहुमत जनसमर्थनप्रति तपाईंहरूलाई धेरै–धेरै बधाई छ,’ स्वराजको भनाइ उद्धृत गर्दै एमाले नेता डा. राजन भट्टराईले भने, ‘प्रधानमन्त्री नरेन्द्र मोदीजीले त टेलिफोन गरेरै बधाई भनिसक्नुभएको छ, तर पनि उहाँले मलाई मेरैतर्फबाट बधाई दिनुहोस् भन्दै सन्देश पठाउनुभएको छ, केन्द्र र प्रदेशमा प्राप्त गर्नुभएको जनसमर्थनप्रति भोलिको कामका लागि तपाईंहरूलाई थप शुभकामना छ ।’ स्वराजको अभिव्यक्तिलाई नयाँ सरकारसँग भारत सुमधुर सम्बन्धका साथ अघि बढ्न चाहिरहेको कूटनीतिक सन्देशका रूपमा लिइएको छ । भेटवार्तामा विदेशमन्त्री स्वराजले नेपालको विकास र समृद्धिका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएकी थिइन् । जवाफमा ओलीले नेपालको लोकतान्त्रिक प्रक्रियामा भारतको सहयोग र सद्भाव रहेको भन्दै नेपालको समृद्धिका लागि भारतसँग सहकार्य र घनिष्ट सम्बन्धका साथ अघि बढ्न तयार रहेको बताएका थिए । भारतीय वायुसेनाको विशेष विमानमार्फत अपराह्न साढे ३ बजे काठमाडौं ओर्लिएलगत्तै स्वराजले एमाले अध्यक्ष ओलीसँग पहिलो ‘वन टु वन’ भेटवार्ता गरेकी थिइन् । पौने घन्टा वन–टु वनसहित तीन चरणमा छलफल होटल सोल्टी क्राउन प्लाजामा ओली र स्वराजबीच साँझ पौने ७ बजेबाट पौने घन्टा वन टु वान, त्यसपछि सामूहिक र अन्तिममा डिनरसहित तीन चरणको बैठक भएको छ । दुई बैठक सकिएपछि स्वराजको सम्मानमा एमालेले छुट्टै रात्रीभोजको आयोजना गरेको थियो । सामूहिक भेटवार्तामा ओलीसहित उपाध्यक्ष वामदेव गौतम, भीमबहादुर रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव प्रदीप ज्ञवाली, नेता विष्णु रिमाल र डा. भट्टराईलगायतका नेता सहभागी थिए । तीनै चरणमा दुई देशबीचको सम्बन्ध र पछिल्लो राजनीतिक घटनाक्रममा केन्द्रीत रहेर लामो छलफल भएको नेताहरूले बताएका छन् । अर्थ राज्यमन्त्री राणाले गरे स्वागत स्वराजलाई अर्थराज्यमन्त्री उदयशमशेर राणाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । विमानस्थलमा परराष्ट्र सचिव शंकरदास बैरागी, भारत डेस्क हेर्ने सहसचिव भृगु ढुंगाना र प्रमुख शिष्टाचार महापाल दीपक अधिकारीसमेत उनको स्वागतार्थ उपस्थित थिए । विमानस्थल ओर्लिएलगत्तै उनी सिधै होटल सोल्टी क्राउन प्लाजा पुगेकी थिइन् । भ्रमणमा कुनै एजेन्डा छैन : स्वराज भारतीय विदेशमन्त्री स्वराजले भ्रमणको कुनै ठोस एजेन्डा नरहेको बताएकी छिन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले त्यस्तो बताएकी हुन् । ‘म यहाँ (नेपाल) मा मित्रहरूसँग भेटघाटका लागि आएकी हुँ, भ्रमणको सिलसिलामा मेरा कुनै एजेन्डा छैनन्,’ विमानस्थलमा स्वराजले भनिन् । उनको अभिव्यक्तिले बन्दै गरेको वाम गठबन्धन सरकारसँग सम्बन्ध सुधारका लागि भारत आतुर रहेको सन्देश दिएको छ । सुरुमै ओलीलाई भेटेर त्यसैको ‘वामअप’ का लागि आफू नेपाल आएको उनले स्पष्ट सन्देश दिएकी छिन् । शुक्रबार राष्ट्रपति, प्रधानमन्त्री र प्रचण्डसँग भेट विदेशमन्त्री स्वराजले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका दलका शीर्ष नेतालाई भेट गर्दैछिन् । स्वराजको भेटको समय तय भइसकेको राष्ट्रपति कार्यालयले जनाएको छ । स्वराज भ्रमणको प्रमुख उद्देश्य नेपालमा निर्वाचनपछि वाम गठबन्धनले ल्याएको बहुमतसँगै उससँग सम्बन्ध सुधार र सहकार्य गर्ने रहेको जानकार बताउँछन् । पछिल्लो जनमतका आधारमा आउँदो सरकारसँग सहकार्य गर्ने सन्देश बोकेर स्वराज आउन लागेको भारतको रक्षा मन्त्रालयसम्बद्ध थिंक ट्यांक आइडीएसएका नेपाल मामिला जानकार डा.निहार नायकले बताए । राजपा शीर्ष नेतासँग भेट भारतीय विदेशमन्त्री सुष्मा स्वराजले बिहीबारै राजपा नेपालका अध्यक्ष मण्डलका सदस्यहरूलाई भेटेकी छन् । होटल सोल्टीमा आधा घन्टासम्म भएको सामूहिक भेटवार्तामा सौहार्दपूर्ण वातावरणमा कुराकानी भएको राजपा नेताहरूले बताएका छन् । स्वराज भेट्न अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव पुगेका थिए । सरकारको नेतृत्वका लागि शुभकामना : सुषमा स्वराज, भारतीय विदेशमन्त्री निर्वाचनमा तपाईंहरूले प्राप्त गर्नुभएको विजयप्रति बधाई भन्न चाहन्छु । मेरो तर्फबाट मात्रै होइन, मेरो दल र भारतका तर्फबाट तपाईंहरूलाई धेरै–धेरै बधाई छ । प्रधानमन्त्री नरेन्द्र मोदीजीले त टेलिफोन गरेरै बधाई भनिसक्नुभएको छ । तैपनि उहाँले मलाई मेरैतर्फबाट बधाई दिनुहोस् भन्दै सन्देश पठाउनुभएको छ । केन्द्र र प्रदेशमा प्राप्त गर्नुभएको जनसमर्थनप्रति भोलिका कामका लागि थप शुभकामना पनि छ । नेपाल–भारतबीच धेरै लामो गहिरो सम्बन्ध छ । यो सम्बन्धलाई धेरै राम्रोसँग अगाडि लैजानुपर्छ । नेपाल हाम्रा लागि अत्यन्त नजिकको छिमेकी मुलुक हो र छिमेकीप्रति हामीले पहिलो प्राथमिकताको नीति अवलम्बन गर्दै आएका छौं । यो नीतिअनुसार पहिलेका कामलाई प्राथमिकतामा राखेरै सम्बन्ध अघि बढाउने भारत सरकारको नीति छ । हामीले अघि सारेका आयोजनालाई पनि त्यसअनुसार नै अघि बढाउन चाहिरहेका छौं । समृद्धिका लागि सहकार्यका साथ बढ्न चाहन्छौं  केपी ओली, अध्यक्ष, एमाले काठमाडौंमा यहाँलाई स्वागत छ र बधाईप्रति धन्यवाद व्यक्त गर्दछु । नेपाल–भारतबीचको सम्बन्धलाई हामी नयाँ उचाइबाट अघि बढाउन चाहन्छौं । आजको चेतना, आवश्यकता र आजको अन्तर्राष्ट्रिय र क्षेत्रीय परिवेशमा दुई सार्वभौमसत्ता सम्पन्न र स्वतन्त्र मुलुकहरूबीचको सम्बन्धलाई कसरी लिएर जानुपर्छ भन्ने हिसाबले अघि बढ्न चाहन्छौं । हाम्रा बीचमा साझा शत्रु गरिबी छ । हाम्रा बीचमा काम गर्न सकिने आर्थिक समृद्धि, विकासको बाटोमा साझा हिसाबले अघि बढ्न चाहन्छौं । यसमा एक–अर्कालाई सहयोग गरेर जाने हाम्रो उद्देश्य हो । हामी विकास र समृद्धिका लागि सहकार्य र घनिष्ट सम्बन्धका साथ अघि बढ्न चाहन्छौं ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies