Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

सामूहिक बलात्कार प्रकरण: ‘नग्न बनाएर भिडियो खिचिएको थियो’

\"\"काठमाडौं । दरबारमार्गको ल्यान्डमार्क होटलमा भएको ‘सामूहिक बलात्कार’ घटनामा पीडित युवतीलाई नग्न बनाएर भिडियो खिचिएको खुलासा भएको छ । प्राप्त घटनाको ‘मेडिकल रिपोर्ट’मा पीडित युवतीले आफूलाई नग्न बनाई भिडियोसमेत खिचिएको बयान दिएकी हुन् । मेडिकल रिपोर्ट तयार पार्ने क्रममा युवतीले दिएको उक्त बयानलाई बेवास्ता गर्दै महानगरीय प्रहरी वृत्त दरबारमार्गले घटनालाई गुपचुपमा मिलाउने प्रयास गरेको हो ।
अाजको कान्तिपुरमा खबर छ-प्रेमी शैलेश कार्कीले खाजा खान भन्दै बोलाएपछि दिउँसो युवती उनलाई भेटन आएकी थिइन् । कुनै होटलमा म:म र वाइन खाएपछि युवतीलाई निद्रा लागेजस्तो असहज भएको तथ्य रिपोर्टमा उल्लेख छ । युवतीका अनुसार त्यसपछि शैलेशले उनलाई करिब साढे नौ बजेतिर ल्यान्डमार्क होटलमा पुर्‍याएका थिए । केहीबेरमा शैलेशका अन्य साथी कोठामा आएका थिए ।
युवतीले चिकित्सकसामु दिएको बयानअनुसार राति चार युवा मिलेर उनको लुगा फुकालिदिएका थिए । लगत्तै युवती सुरक्षाका लागि कोठाभित्रै भएको बाथरुममा लुक्न गएकी थिइन् । बाथरुमबाट निकालेर शैलेशले ओछ्यानमा यौनसम्पर्क गरेका थिए । त्यस क्रममा एक युवकले आफूलाई पुलिस बताउँदै उनको नग्न भिडियो खिचेका थिए । यौनसम्पर्क गर्न बारम्बार इन्कार गर्दै आएकी युवतीले आफ्नो इच्छाविपरीत गरिए होटलको छतबाट हामफाल्ने चेतावनीसमेत दिएकी थिइन् । तर उनको कुरालाई बेवास्ता गर्दै शैलेश र अन्य युवाले जबरजस्ती बलात्कार गरेको युवतीले बताएकी छन् ।
रिपोर्टमा उल्लिखित बयानका अनुसार बिहान करिब तीन/चार बजेतिर युवती कोठाबाट निस्केर भाग्न खोजे पनि युवाले रोकेका थिए । बिहान भएपछि ट्याक्सी खोजेर उनीहरूले नै युवतीलाई कोठाबाट निकालेका थिए । होटलबाट ट्याक्सीमा बाहिरिएलगत्तै युवतीले चालकलाई आफू सामूहिक बलात्कारमा परेको भन्दै प्रहरीचौकीमा पुर्‍याइदिन भनेकी थिइन् । कमलपोखरी वृत्तमा पुगेपछि युवतीले मेडिकल रिपोर्टजस्तै बयान दिएकी थिइन् । उनले रुँदै तुरुन्तै होटल पुगेर ती युवालाई पक्राउ गर्न प्रहरीलाई आग्रह गरेकी थिइन् । तर आफनो क्षेत्राधिकारभित्र नपरेको भन्दै कमलपोखरी वृत्तका प्रहरीले उनलाई दरबारमार्ग वृत्त पुर्‍याएर जिम्मा लगाएको थियो ।
मिलेमतोमा प्रहरीले घटना गुपचुप राखेको भन्दै प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी प्रभागले दुई छुट्टाछुट्टै छानबिन समिति गठन गरेका छन् । दरबारमार्ग वृत्तमा कार्यरत डीएसपी तिलक भारतीलाई छानबिनका लागि परिसरमा र इन्सपेक्टर लक्ष्मण ठकुरीलाई हेडक्वार्टर तानिएको छ । सोही वृत्तको मुद्दा शाखामा कार्यरत सई चन्द्र भण्डारीलाई निलम्बन गरिएको छ ।
किन फेरियो बयान ?
घटनाबारे छानबिन गर्न प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशी नेतृत्वमा बनेको टोलीले मंगलबार युवतीसँग बयान लिएको थियो । स्रोतका अनुसार बयानका क्रममा युवतीले सहमतिमै सम्बन्ध कायम भएको बताइन्, जबकि युवतीले मेडिकल रिपोर्ट जाँचका क्रममा आफूमाथि सामूहिक बलात्कार भएको बयान दिएकी छन् । होटलबाट ट्याक्सीमा बाहिरिएलगत्तै उनले चालकसँग आफूमाथि सामूहिक बलात्कार भएको भन्दै नजिकैको प्रहरीचौकीमा पुर्‍याइदिन अनुरोध गरेकी थिइन् । कमलपोखरी वृत्त पुगेपछि पनि युवतीले त्यसै भन्दै बलात्कार गर्ने युवा होटलमै रहेकाले तत्काल गएर पक्राउ गर्न अनुरोध गरेकी थिइन् ।
स्रोतका अनुसार दरबारमार्ग प्रहरीकै मध्यस्थतामा घटनालाई मिलेमतोमा सल्टाउने प्रयास गरिएको हो । केटा पक्षका आफन्त र नजिकका मान्छेबाट पीडितलाई बयान फेर्न बाध्य पारिएको हुन सक्ने अनुमान गरिएको छ । घटनालगत्तै युवतीले सामूहिक बलात्कार भएको बताउनु, केही दिनपछि केटालाई पक्राउ गर्न सहयोग गर्नु तर अहिले आएर सहमतिमै यौनसम्पर्क भएको भन्नुले ठूलै आर्थिक लेनदेन भएको वा युवतीमाथि ठूलो दबाब परेको हुन सक्ने अनुमान अनुसन्धानमा संलग्न अधिकारीहरूको छ । मेडिकल जाँचका क्रममा पनि युवतीले चार जनाले जबरजस्ती गरेको र नग्न भिडियोसमेत खिचिएको बताएकी छन् ।
कसुरदारमाथि कारबाही : महानिरीक्षक
प्रहरी महानिरीक्षक प्रकाश अर्यालले दरबारमार्ग वृत्तले ‘सामूहिक बलात्कार’ को घटनामा खेलेको भूमिकामाथि प्रश्न उठाएका छन् । वृत्तको नयाँ भवन उद्घाटन क्रममा बोल्दै महानिरीक्षक अर्यालले सुन्दर भवनमा असुन्दर काम भएको कुरा सुन्नमा आएको उल्लेख गर्दै कसुर प्रमाणित भएमा उनीहरू कारबाहीको भागीदार हुने बताए । सामूहिक बलात्कारमा दरबारमार्ग वृत्तले चालेको कदमबाट सबै प्रहरीले पाठ सिक्नुपर्ने उनले बताए । उनले उपत्यकाको माथिल्लो निकायले आफ्नो युनिटको सुपरभिजन गर्ने जिम्मेवारी पाएको भन्दै यस्ता गतिविधिबारे जिम्मेवार रहनुपर्ने बताए ।
मानव अधिकार आयोगले छानबिन थाल्यो
राष्ट्रिय मानव अधिकार आयोगले ल्यान्डमार्क होटलमा भएको ‘सामूहिक बलात्कार’ घटना सम्बन्धमा अनुसन्धान टोली नै गठन गरेर छानबिन सुरु गरेको छ । आयोगले यौनजन्य हिंसा तथा बलात्कारका घटनाको उजुरी दर्ता, छानबिन तथा तथ्य संकलनमा नेपाल प्रहरी गम्भीर एवं संवेदनशील नहुँदा पीडित न्यायबाट वञ्चित भएको र दोषीमाथि कारबाही हुन नसकेको अवस्थाप्रति आयोगको ध्यानाकर्षण भएको समेत जनाएको छ ।
विज्ञप्ति जारी गर्दै आयोगले सामूहिक बलात्कारको घटनासमेतलाई सामाजिक वा पारिवारिक डर, धाकधम्की र आर्थिक प्रलोभन देखाई मेलमिलापमा टुंग्याउने गरेको पाइएको बताएको छ । आयोगले भनेको छ, ‘बलात्कारजस्तो गम्भीर प्रकृतिको मानव अधिकार उल्लंघनका घटनाको अनुसन्धान प्रभावकारी नहुनेजस्ता कारणबाट घटनालाई कमजोर बनाउने, यस्ता प्रकृतिका घटनाबाट मृत्यु भएको अवस्थामा हत्याको अपराधमा मात्र मुद्दा चलाउने तथा न्यायमा ढिलाइ गरिने प्रवृत्तिका कारण यौनजन्य हिंसाबाट पीडित महिला न्यायबाट वञ्चित हुन पुगेका छन् ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies