Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

प्रदेश संसद्को पहिलो बैठकः राष्ट्रगान बज्दा सांसदका आँखा रसाए

\"\"काठमाडाैं । संघीय नेपालको पहिलो प्रदेशसभा बैठक हलमा राष्ट्रगान बज्दा कांग्रेस सांसद सन्त चेपाङका आँखा रसाएका थिए। गला अवरुद्ध भएको थियो। रोस्ट्रममा माइकको धुनसँगै चेपाङका ओठ ‘सयौं फूलका थुंगा हामी’ गुन्गुनाइरहेका थिए। मन भने मकवानपुरको विकट काँकडास्थित आफ्नो गाउँ धिराङतिर उड्दै थियो। ‘खाली खुट्टा भीरपाखा गर्दै डोको बेचेर जीवन गुजारा गर्ने म सीमान्तकृत चेपाङ आज प्रदेशको संसद् बैठकमा छु’, उनले भावना साटे, ‘यो मेरो लागि मात्र होइन मेरो समुदायको लागि पनि गर्वको कुरा हो।’ प्रदेश संघीय संरचनामा रूपान्तरण भएपछि प्रदेशसभाको पहिलो अधिवेशन हेटौंडामा बिहीबार सुरु भएको हो। प्रदेश ३ को अस्थायी मुकाममा पहिलो अधिवेशन सुरु भएसँगै अब प्रदेश संसद्को अभ्यास अघि बढेको छ। हेटौंडा उपमहानगरपालिका–१० स्थित प्रदेशसभा सचिवालमा निर्वाचनमा विजयी भएको दुई महिनापछि पहिलो बैठकमा सहभागी हुँदै गर्दा प्रदेशसभा सदस्यको मुहारमा छुट्टै रौनक देखिन्थ्यो। दिउँसो १ बजे सुरु भएको बैठक प्रदेशसभा सभामुख चयनको मिति घोषणा गर्दै डेढ घण्टामा सकिएको थियो। बैठक सुरु भएलगत्तै सभामुखको आसनबाट ज्येष्ठ सदस्य डोरमणि पौडेलले प्रदेश प्रमुख अनुराधा कोइरालाले पठाएको अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाएका थिए। आजको अन्नपूर्ण पोस्टमा खबर छ । लगत्तै प्रदेश ३ को प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधि २०७४ पारित गरियोस् भनि सभाध्यक्ष पौडेलले बैठकमा निर्णयार्थ पेस गरेका थिए। उक्त प्रस्तावलाई हलले सर्वसम्मतिले पारित गरेको थियो। पारित उक्त कार्यविधिमा बैठक सञ्चालन, सभामुखको काम कर्तव्य, कार्यव्यवस्था परामर्श समिति गठन, प्रदेशसभा सदस्यहरूको आचारसंहितालगायत विषय समेटिएका छन्। सभामुखको आसनबाट पौडेलले बैठकबाट माघ २७ गते दिउँसो ३ बजे सभामुख चयनको मिति घोषणा गरेका छन्। सभामुख चयनपछि मात्र उपसभामुख चयन गर्ने अभ्यास छ। बैठकमा सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्न प्रदेशसभा सदस्य रामेश्वर फुँयाल, घनश्याम दहाल, गीता वाग्ले र शोभा शाक्यलाई तोकिएको छ। मुख्यमन्त्रीमा आकर्षण, सभामुखमा देखिएनन् आकांक्षी प्रदेश ३ को मुख्यमन्त्रीमा रस्साकस्सी देखिए पनि सभामुखमा भने हालसम्म आकांक्षी देखिएका छैनन्। प्रदेश ३ को पहिलो बैठकमा सभामुखको भूमिका निभाएर बाहिरिएका सांसद डोरमणि पौडेल निकै खुसी देखिन्थे। मकवानपुर २ ‘ख’ बाट निर्वाचित ७१ वर्षीय पौडेल ज्येष्ठ सदस्य भएकाले पहिलो बैठकको अध्यक्षता गर्ने अवसर पाएका हुन्। प्रदेशसभा बैठक सकेर बाहिरिँदै गर्दा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले सभामुखको भूमिका मात्रै नभई त्यसभन्दा माथिको जिम्मेवारी (मुख्यमन्त्री) दिए पनि आफूले पूरा गर्ने बताए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies