Khabar Dabali Logo
  October 30, Fri

सुष्मा स्वराज नेपाल अाएकै दिन भारतले नेपाललाई अनुदान बढायो

काठमाडाैं । भारत सरकारले नेपाललाई दिने बजेटरी अनुदान बढाएको छ । भारतीय अर्थमन्त्री अरुण जेट्लीद्वारा बिहीबार संसद्मा प्रस्तुत गरेको बजेटमा नेपाललाई ६ अर्ब ५० करोड भारु (१० अर्ब ४० करोड रुपैयाँ) अनुदान दिने प्रस्ताव गरिएको छ । यो अघिल्लो वर्षको तुलनामा ७५ प्रतिशतले बढी हो । अघिल्लो वर्ष भारत सरकारले कुल ३ अर्ब ७५ करोड भारु अनुदानस्वरूप दिएको थियो ।

आजको नयाँ पत्रिकामा खबर छ-भारतले आगामी वर्ष नेपालमा स्कुलको महिला छात्रावास बनाउनदेखि प्रहरीको एकेडेमी बनाउनसम्म सहयोगको घोषणा गरेको छ । कीर्तिपुरस्थित नेपाल एपिएफ स्कुलको महिला छात्रावास निर्माणका लागि २ करोड भारु सहयोग गर्ने भएको हो । यो वर्ष सो छात्रावास भवन र कम्पाउन्ड वाल बनाउन भारतले ३ करोड ६ लाख भारु बजेट विनियोजन गरेको थियो ।

त्यस्तै नेपाल नेत्रज्योति संघको आँखा उपचार कार्यक्रमका लागि २ करोड भारु सहयोगको घोषणासमेत भारतले गरेको छ । यो वर्ष कार्यक्रमका लागि भारतले २ करोड ७६ लाख भारु सहयोग गरेको थियो । त्यस्तै नेपालको तराईका जिल्लामा पाठेघर खस्ने समस्या समाधानका लागि सामुदायिक अस्पताल बनाउन भारतले ३ करोड रुपैयाँ सहयोगको घोषणा गरेको छ । यो वर्ष कार्यक्रमका लागि ३ करोड ११ लाख रुपैयाँ सहयोग गरेको थियो ।

त्यस्तै, नेपाल प्रहरी एकेडेमीका लागि भारतले ११ करोड ७८ लाख रुपैयाँ सहयोग गर्ने घोषणा भारतले गरेको छ । यो वर्ष एकेडेमीलाई भारतले ११ करोड ३३ लाख भारु सहयोगको घोषणा भए पनि ३३ लाख मात्रै खर्च हुन सकेको भारतले जनाएको छ । त्यस्तै, नेपालका विभिन्न स्थानमा विद्यालय भवन तथा स्वास्थ्यचौकी भवन बनाउन पनि भारतले सहयोग घोषणा गरेको छ ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराज अहिले नेपाल भ्रमणमा छिन् ।

नयाँ सरकारसँग निकट हुने यस्तो छ भारतीय चाहना

माघ १९ गते, २०७४ - ०६:५८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । अखिल नेपाल...   
मुकेश चौराशिया हत्याको मुद्दा सरकारी वकिल कार्यलयमार्फत दर्ता

मुकेश चौराशिया हत्याको मुद्दा सरकारी वकिल कार्यलयमार्फत दर्ता

पर्सा । जिल्ला सरकारी वकिलको कार्यालय मार्फत मुकेश चौराशियाको हत्यासम्बन्धि मुद्दा दर्ता भएको छ...   

कोरोनाबारे स्वास्थ्य मन्त्रालयको दैनिक प्रेस ब्रिफिङ् नहुने, दैनिक अपडेट यसरी हेर्न सकिन्छ

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना भाईरस संक्रमणबारे गर्ने गरेको दैनिक प्रेस ब्रिफिङ् भोलीबाट...   
केकेआरविरुद्ध पञ्जाबको शानदार जित

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

काठमाडौं । यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध किंग्स इलावेन...   
हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्ला । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको...   
प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका...   
यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

राजनीतिले राष्ट्रको नेतृत्व गर्छ। यसैले राजनीतिक नेतृत्व राष्ट्र र जनताको हितमा निरन्तर क्रियाशील...   

टिकाको दिन दुखद घटना : आगलागीबाट जले पाँच घर

जाजरकोट । विजयादशमीका दिन जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट...   

गण्डकीमा थप दुई सय ५२ जनामा कोरोना सङ्क्रमण

गण्डकी । गण्डकी प्रदेशमा आज थप २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको...   

पोखरीमा डुबेर एक जनाको मृत्यु

मङगलबारे । इलामको देउमाई नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top