Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

नयाँ सरकारसँग निकट हुने यस्तो छ भारतीय चाहना

\"\"काठमाडाैं । नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेकपा एमाले नेतृत्वमा बन्ने नयाँ सरकारसँग घनिष्ठ सम्बन्धका साथ काम गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी इच्छुक रहेको सन्देश दिएकी छन् । प्रतिनिधिसभा चुनावमा करिब दुईतिहाइ स्थानमा जितेको वामपन्थी गठबन्धनको प्रमुख दल एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका प्रतिनिधिमण्डलसँग बिहीबार भएको भेटमा भारतीय विदेशमन्त्री स्वराजले नयाँ सरकारसँग निकट रहेर काम गर्ने बताएकी हुन् । भारतीय प्रधानमन्त्री मोदीको विशेष दूतका रुपमा बिहीबार अपराह्न काठमाडौं आएकी स्वराजले अध्यक्ष ओलीसहितका नेतासँग राजधानीको सोल्टी होटलमा भएको भेटमा नयाँ जनादेशप्रति दिल्ली सन्तुष्ट रहेको बताएकी छन् । अाजको नागरिक दैनिकमा खबर छ-‘अहिले नेपाली जनताले स्थिरताका पक्षमा जसरी स्पष्ट जनादेश प्रदान गरेका छन्, शान्ति र विकासका पक्षमा जुन प्रकारको मत दिएका छन्, त्यसबाट भारत सन्तुष्ट छ,’ स्वराजलाई उद्धृत गर्दै एमाले सचिव प्रदीप ज्ञवालीले सञ्चारकर्मीसँग भने, ‘नेपाल शान्ति, समृद्धि र विकासको दिशामा अघि बढ्नेमा विश्वस्त रहेको, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पनि त्यही अपेक्षा र विश्वास रहेको र छिमेकीहरुसँग र नेपालसँग घनिष्ठ रुपले निकट रहेको काम गर्न इच्छुक छ।’ संविधान जारी गर्ने विषयमा असन्तुष्टि जनाउँदै भारतले पाँच करिब साढे महिना नाकाबन्दी लगाएको थियो। त्यतिबेला एमाले अध्यक्ष ओली नेतृत्वमा माओवादी केन्द्रसहितको गठबन्धन सरकार थियो। भारतमा मोदी नेतृत्वको सरकार थियो।संविधान जारी भएपछि हालै सम्पन्न चुनावमा वाम गठबन्धन स्पष्ट बहुमत ल्याएर सरकार बनाउने तयारीमा छ। ‘निर्वाचनमा एमाले र वामपन्थी गठबन्धनले प्राप्त गरेको भारी सफलतालाई बधाई दिनुभयो। खण्डित जनादेशले मुलुक शान्ति, विकास र समृद्धिलाई सहयोग नगर्ने बताउनुभयो,’ ज्ञवालीले भने, ‘स्पष्ट जनादेशले नेपाल शान्ति र विकासमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो। शान्तिपूर्ण र संविधानसम्मत रुपमा निर्वाचन सम्पन्न भएकामा उहाँले नेपाली जनतालाई बधाई दिनुभयो।’एमाले अध्यक्ष ओलीसहितको प्रतिनिधिमण्डिल र भारतीय विदेशमन्त्री स्वराजको प्रतिनिधिमण्डलबीच वार्ता हुनुअघि अध्यक्ष ओली र विदेशमन्त्री स्वराजबीच करिब ५४ मिनेट एक्लाएक्लै वार्ता भएको थियो। त्यसपछि एमालेले भारतीय प्रतिनिधिमण्डलको सम्मानमा रात्रिभोज आयोजना गरेको थियो। दुवै प्रतिनिधिमण्डलबीचको वार्तामा नेपाली परराष्ट्र मन्त्रालयका कुनै पनि अधिकारी सहभागी थिएनन्। एमाले नेता ज्ञवालीले एक्लाएक्लै भएको वार्ता पनि द्विपक्षीय सम्बन्धका विषयमै केन्द्रित रहेको बताए। ‘एक्लाएक्लै भेट पनि सम्बन्धलाई कसरी अझ बढी प्रगाढ बनाउन सकिन्छ र दुवै देशका जनताका हितमा पारस्परिक सम्बन्धलाई अझै कसरी राम्रो बनाउन सकिन्छ भन्नेमै केन्द्रित रह्यो,’ ज्ञवालीले भने।भारतीय प्रतिनिधिमण्डलसँग अध्यक्ष ओलीले नयाँ सरकारले शान्ति तथा समृद्धिका लागि भारतसहित सबै छिमेकीसँग घनिष्ठ भएर काम गर्ने बताएका थिए। ‘नयाँ सरकार शान्ति र समृद्धिका लागि सबै छिमेकीसहित भारतसँग पनि घनिष्ठतापूर्वक काम गर्न तयार छ,’ ओलीलाई उद्धृत गर्दै ज्ञवालीले भने, ‘द्विपक्षीय हितका अनेकौं विषय, प्राकृतिक स्रोतसाधन र सम्पदाको उपयोग, व्यापार, कनेक्टिभिटी र सूचना प्रविधिका क्षेत्रमा सहकार्यका साथ अघि बढ्न, अगामी दिनका दुई देशबीचका सम्बन्ध एकदमै घनिष्ठ हुने विश्वास प्रकट गर्नुभयो।’अध्यक्ष ओलीले विदेशमन्त्री स्वराजलाई भारतले लोकतान्त्रिक प्रक्रियामा गरेको सहयोग र अहिले प्रकट गरेको सद्भावका लागि धन्यवाद दिएका थिए। ‘विदेशमन्त्री स्वराजले कुनै अजेन्डाभन्दा पनि नेपालले प्राप्त गरेको सफलतामा खुसी साट्न र राजनीतिक दलहरुलाई बधाई दिनका लिन आएको बताउनुभयो,’ ज्ञवावीले भने। भेटमा एमालेबाट अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव प्रदीप ज्ञवाली, स्थायी कमिटीका सदस्य सुवास नेम्वाङ, पोलिटब्युरो सदस्य विष्णु रिमाल, केन्द्रीय सदस्य राजन भट्टराई, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष युवराज खतिवडा रहेका थिए। दुईदिने नेपाल भ्रमणका लागि विदेशमन्त्री स्वराज विशेष विमानबाट काठमाडौं आएकी थिइन्। उनलाई त्रिभुवन विमानस्थलमा अर्थ राज्यमन्त्री उदयशमशेर राणाले स्वागत गरेका थिए।एमालेका प्रतिनिधिमण्डलसँगको भेटपछि विदेशमन्त्री स्वराजले राष्ट्रिय जनता पार्टीका नेताहरुसँग सोल्टी होटलमै भेट गरेकी थिइन्। स्वराजले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गर्ने कार्यक्रम छ।विदेशमन्त्री स्वराजका साथ विदेशसचिव विजय गोखले, नेपाल मामिला हेर्ने सहसचिव सुधाकर दलेला, भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारसहित छन्।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies