Khabar Dabali Logo
  October 26, Mon

सात करोड लगानीमा दरबारमार्ग प्रहरी वृत्त निर्माण

काठमाडौं । दरबारमार्गस्थित महानगरीय प्रहरी वृत्तको भवन सात करोड एक लाख १७ हजारको लागतमा निर्माण गरिएको छ ।

विसं २०७० बोलपत्र आह्वान गरी निर्माण शुरु गरिएको छ तले भवन तीन वर्षमा निर्माण गरिएको हो । उक्त भवनमा महिलामैत्री ब्यारेक र आवास समेतको व्यवस्था छ ।

कार्यालय तथा ब्यारेक भवन आज शुभारम्भ गर्दै प्रहरी महानिरीक्षक प्रकाश अर्यालले नयाँ भवन निर्माणबाट प्रहरीलाई गुणस्तरीय सेवा प्रदान गर्न ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘मुलुकको विकासमा शान्ति सुरक्षाको महत्वपूर्ण भूमिका रहेको हुन्छ,’ उनले भने, ‘सुरक्षा योजनाअनुसार उपलब्ध स्रोत र साधन अधिकतम प्रयोग गरी सुरक्षा प्रदान गर्नुपर्छ ।’ इमान्दारीपूर्वक काम नगर्ने प्रहरीलाई कारबाही गरिने जानकारी दिंदै उनले माथिल्लो एकाइले तल्लो एकाइले गरेका कामलाई बेलाबेलामा अनुगमन गर्नुपर्ने बताए ।
प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले काठमाडौँको मुटु दरबारमार्गमा ढिलै भए पनि राम्रो प्रहरी भवन निर्माण भएको उल्लेख गर्दै कार्यक्षेत्र राम्रो भएको खण्डमा काम गर्न इच्छाशक्ति बढेर जानेब बताए ।

रानीपोखरी महानगरीय प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक जयबहादुर चन्दले अभावका बाबजुद पनि उपत्यका प्रहरीले इमान्दारीसाथ आफ्नो कार्यसम्पादन गरेको बताए ।

काठमाडौँ महानगरीय प्रहरी परिसरका प्रमुख रवीन्द्र धानुकले भूकम्पले परिसरलगायत काठमाडौँका धेरै भवन भत्किएकाले उक्त भवन निर्माणका लागि सरकारले पहल गर्नुपर्नेमा जोड दिए । रासस

माघ १८ गते, २०७४ - १५:०६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका...   
यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

राजनीतिले राष्ट्रको नेतृत्व गर्छ। यसैले राजनीतिक नेतृत्व राष्ट्र र जनताको हितमा निरन्तर क्रियाशील...   

टिकाको दिन दुखद घटना : आगलागीबाट जले पाँच घर

जाजरकोट । विजयादशमीका दिन जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट...   

गण्डकीमा थप दुई सय ५२ जनामा कोरोना सङ्क्रमण

गण्डकी । गण्डकी प्रदेशमा आज थप २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको...   

पोखरीमा डुबेर एक जनाको मृत्यु

मङगलबारे । इलामको देउमाई नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई...   

शिक्षकबाट राजीनामा दिएर बगरमा केरा फलाउँदै भुषाल

दाङ् । दाङका एक व्यक्तिले शिक्षकबाट राजीनामा दिएर बगरमा केरा खेती गर्नुभएको छ । लमही नगरपालिका–३ फल्कापुर...   
राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकालबाट टीका ग्रहण...   

नेकपा प्रवक्ता श्रेष्ठले मुख खोले –बिदेशी गुप्तचरसँग कुटनीतिक मुल्य र आचारसँहिता बिपरीतको यस्तो भेट किन ?

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा...   
कर्णाली विवादबारे ओलीले एकलौटी निर्देशन दिएपछि प्रचण्डले दिए अर्को निर्देशन !

कर्णाली विवादबारे ओलीले एकलौटी निर्देशन दिएपछि प्रचण्डले दिए अर्को निर्देशन !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कर्णाली प्रदेशको संसदीय दलको सचेतकसम्बन्धि दिएको...   
१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

बीबीसी। सामान्यतः घरेलु हिंसाको पीडित महिलाहरु हुन्छन् । संयुक्त राष्ट्रसंघको आंकडाअनुसार विश्वका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top