Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

बुधबारको चन्द्रग्रहण किन यति दुर्लभ ?

\"\"काठमाडाैं । विशेष किसिमको ग्रहणको अवस्थामा देखा पर्ने ब्लड मुन वा रक्त चन्द्र, पूर्ण चन्द्र ग्रहण तथा एकै महिनाभित्रकै दोस्रो पूर्णिमा एकै चोटि पर्दा हुने ब्लु मुन एकैचोटि परेको यस्तो खगोलीय घटना यो भन्दा १५२ वर्ष पहिले पनि भएको थियो।

यो दुर्लभ घटना सबै ठाउँबाट राम्ररी देख्न भने सकिने छैन। संयुक्त राज्य अमेरिकाको पश्चिमी भाग, अस्ट्रेलिया र पूर्वी एसियाबाट चन्द्रग्रहणको दृश्य राम्रोसँग देखिने अन्तरिक्षसम्बन्धी अमेरिकी संस्था नासाले बताएको छ। तर यूरोपका धेरैजसो भाग, अफ्रिका तथा दक्षिण अमेरिका भने यो दृश्य देख्नबाट वञ्चित रहने बताइएको छ। बुधवारको रात नै पृथ्वीको एकमात्र प्राकृतिक भू-उपग्रह चन्द्रमा, पृथ्वीको एकदमै नजिक पनि आएको छ। अझ जोड दिएर भन्ने हो भने बुधवारको चन्द्रग्रहणका क्रममा तीनवटा खगोलीय घटना एकैसाथ भएका छन्। सुपरमुन, ब्लु मुन र ब्लड मुन \'सुपरमुन\' भन्नाले त्यस्तो खगोलीय घटना हो जतिबेला चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक हुन्छ र १४ प्रतिशत बढी चम्किलो हुन्छ। एकै महिनाभित्र पूर्ण चन्द्रमा दुई पटक देखिने अवस्थालाई \'ब्लु मुन\' भनिन्छ। खासमा चन्द्र ग्रहण लाग्दा पृथ्वीको छायाले गर्दा चन्द्रमा कालो देखिन पुग्छ। तर आज लागेको चन्द्रग्रहणको क्रममा केही सेकेण्डका लागि चन्द्रमा पूरै रातो पनि देखिने बताइएको छ र यही अवस्थालाई \'ब्लड मुन\' भनिन्छ। पृथ्वीले सूर्यलाई र चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्ने क्रममा जब पृथ्वी सूर्य र चन्द्रमाको बीचमा आइपुग्छ, तब सूर्यको प्रकाशलाई पृथ्वीले छेकिदिन्छ। त्यस्तो अवस्थामा चन्द्रमामा पृथ्वीको छाया देखिन्छ। छायाको त्यस्तो अवस्था नै चन्द्रग्रहण हो। चन्द्रमाको पूरै भाग छायाले छोपेको अवस्थालाई खग्रास चन्द्रग्रहण भनिन्छ र आधा वा केही भाग मात्र ढाकेको अवस्थालाई खण्डग्रास चन्द्रग्रहण भनिन्छ। चन्द्रग्रहण पूर्णिमा तिथिका दिन लाग्दछ । बुधवारको चन्द्र ग्रहण सन् २०१८ को पहिलो ग्रहण हो। ३३ वर्षभन्दा कम उमेरका मानिसहरुले आफ्नो जीवनमा \'ब्लड मुन\' देख्न पाएको यो नै पहिलो मौका हो। नासाका अनुसार पछिल्लो पटक यस्तो ग्रहण सन् १९८२ मा लागेको थियो र अब त्यस्तो मौका २५ वर्षपछि मात्र सन् २०३३ मा आउनेछ। खगोल वैज्ञानिकहरुका लागि पनि बुधवारको घटना एकदम महत्वपूर्ण हो।बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies