Khabar Dabali Logo
  October 25, Sun

नेपाली कामदारलाई साउदी अरबको रोजगारी गुम्दै

काठमाडौं । नेपाली कामदारका लागि मलेसियापछि राम्रो गन्तव्य मानिएको साउदी अरबको रोजगारी धरापमा पर्ने अवस्था आएको छ। साउदी सरकारले विकास निर्माणको बजेट कटौतीसहित भिजन २०३० सार्वजनिक गरेसँगै नेपाली कामदारले साउदीमा पाउँदै आएको रोजगारीमा क्रमसः गुम्दै गएको छ। साउदीमा हाल १२ प्रतिशत जनसंख्या बेरोजगारी छ ।

आजको अन्नपूर्णमा खबर छ-सरकारले सन् २०३० भित्र देशको १२ प्रतिशत बेरोजगारीलाई पाँच प्रतिशतमा झार्ने भन्दै गरेको निर्णयको प्रत्यक्ष असर नेपाली कामदारमा परेको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङ बताउँछन्। साउदीमा सञ्चालित बहुराष्ट्रिय कम्पनीले हाल विदेशी कामदार कटौती गरिरहेका छन्। साउदी सरकारले पछिल्ला दुई वर्षदेखि विकास निर्माणभन्दा बढी सिमा सुरक्षामा रकम विनियोजन गरिरहेको छ। यसका कारण साउदी अरबमा लामो समयदेखि सञ्चाल भइरहेका बहुराष्ट्रिय कम्पनी धमाधम बन्द भइरहेका छन्।

नेपालबाट सबैभन्दा बढी कामदार भौतिक संरचना निर्माणमै जाने गरेका छन्। साउदी सरकारले आफ्नो देशका युवाको बेरोजगारी घटाउन हरेक क्षेत्रमा अनिवार्य रूपमा १० प्रतिशत कामदार आफ्नै देशको हुनु पर्ने भन्दै लागू गरेको नियमका कारण पनि रोजगारीमा संकट आएको संघका निवर्तमान प्रथम उपाध्यक्ष कुमुद खनाल बताउँछन्।

‘मंगलबार मात्रै साउदी सरकारले १२ क्षेत्र विदेशी कामदारका लागि प्रतिबन्ध लगाएको छ’, खनालले भने, ‘साउदी सरकारको यो निर्णयले तत्कालनै असर नगरे पनि अर्को वर्ष यसको प्रत्यक्ष असर नेपाली कामदारलाई गर्छ।’ साउदीको मोबाइल फोन बेच्ने तथा मर्मत गर्ने पसलम ा नेपाली कामदारको बर्चस्व थियो। तर, अहिले यस्तो काममा साउदीका युवा प्रयोगमा ल्याउँदा नेपाली कामदारले पाउँदै आएको रोजगारी धरापमा पर्ने उनको भनाइ छ। यसैगरी महिलाले प्रयोग गर्ने भित्रि कपडा बेच्ने ठाउँमा महिला हुनैपर्ने साउदी सरकारको नयाँ व्यवस्थाले पनि कामदारको माग घट्ने निश्चित छ। साथै, सबै कम्पनीको एडमिन म्यानेजर, एचआर, एकाउन्टेन्ट र सिसेप्सनिस्ट पनि साउदीकै हुनेपर्ने अर्को नयाँ नियमले पनि नेपाली कादारले पाउँदै आएको इन डोर रोजगारी गुमिरहेको छ। यसैगरी तरकारी तथा माछा मासु बजारमा रकम लिने कामदार र मालिक साउदीकै हुनुपर्ने व्यवस्थाले पनि नेपालीको रोजगारीमा झन् संकट उत्पन्न हुने उनको भनाइ छ।

नेपालमै पर्याप्त रोजगारीका अवसर सिर्जना नभएको अवस्थामा सरकारले नेपाली कामदारको कोटा सुनिश्चित गर्दै दुई पक्षीय श्रम सम्झौत गर्नु पर्ने म्यानपावर व्यवसायी बताउँछन्। यसैगरी मोटर वर्कसपमा पनि साउदीकै कामदार हुनुपर्ने व्यवस्था गरिएको छ। नेपालले रोजगारदाता कम्पनीको सहमति बिनै फ्री भिसा तथा टिकटको निर्णयले पनि साउदीको रोजगारीमा संकट आएको थियो। झन् पछिल्लो सयम साउदी सरकारको एक पछि अर्को निर्णयले साउदीका रोजगारीमा संकट आउने निश्चित भएको छ। रोजगारदाता कम्पनीले बिनालगानी भारत, पाकिस्ता, श्रीलंका र बंगलादेशबाट कामदार लैजान पाएको छ। तर, नेपालबाट कामदार लैजाँदा भिसाको साथै टिकटको पैसा समेत पठाउनुपर्दा थप आर्थिक भारबाट जोगिन पनि अन्य देशबाट कामदार आपूर्ति गरिरहेको गुरुङ बताउँछन्।

नेपालीका कामदारका लागि लामो समयदेखि साउदी अरब दोस्रो गन्तव्यको रूपमा थियो। तर, सन् २०१७ देखि भने यो चाथौ गन्तव्य बनेको छ।

माघ १८ गते, २०७४ - ०८:५५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्णाली विवादबारे ओलीले एकलौटी निर्देशन दिएपछि प्रचण्डले दिए अर्को निर्देशन !

कर्णाली विवादबारे ओलीले एकलौटी निर्देशन दिएपछि प्रचण्डले दिए अर्को निर्देशन !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कर्णाली प्रदेशको संसदीय दलको सचेतकसम्बन्धि दिएको...   
१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

बीबीसी। सामान्यतः घरेलु हिंसाको पीडित महिलाहरु हुन्छन् । संयुक्त राष्ट्रसंघको आंकडाअनुसार विश्वका...   

मुख्यमन्त्री शाहीविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव फेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई संसदीय दलको नेताबाट हटाउन २५ असोजमा...   
कोरोनाका कारण बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री गम्भीर अवस्थामा

कोरोनाका कारण बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री गम्भीर अवस्थामा

ब्रसेल्स । बेिल्जयममा पहिलो तथा एक मात्र पूर्व महिला प्रधानमन्त्री सोफिया विल्मेसको स्वास्थ्य अवस्था...   

मास्क र सामाजिक दूरीले सङ्क्रमण नियन्त्रण हुन्छ : डा. पाण्डे

काठमाडाै‌ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले उपत्यकावासीले सकेसम्म टीका लगाउन...   
सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा...   
यस्तो आयो एप्पलको ५ जी आइफोन १२

यस्तो आयो एप्पलको ५ जी आइफोन १२

काठमाडौं । अमेरिकी टेक कम्पनीले एप्पले आइफोन १२ सिरिज लन्च गरेको छ । पहिलो चरणमा यो सिरिजका ४ वटा मोडलको...   

कर्णालीमा आफैले खनेको खाल्डोमा ओली पक्ष, नेपालीद्वारा संसदिय दलको बैठक आव्हान

काठमाडौं । मंगलबारका दिन नवनियुक्त कर्णाली प्रदेश सभाकी सचेतक सीता नेपालीलाई हटाएको सहमति भएको दावी...   

कर्णाली समस्याबारे बालुवाटारमा कुनै सहमति भएको छैन –प्रचण्ड सचिवालय

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कर्णाली सरकारको विवादबारे...   
चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top