Khabar Dabali Logo
  October 28, Wed

जिल्ला वन कार्यालयविरुद्ध अख्तियारमा उजुरी

इनरुवा । काठ लिलामीमा कार्यालय प्रमुख सहितका कर्मचारीले आर्थिक प्रलोभनमा परी अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुुुुसन्धान आयोगमा जिल्ला वन कार्यालय सुनसरीविरुद्ध उजुरी परेको छ । काठ लिलामसम्बन्धी कार्यमा आर्थिक अनियमितता भएको र सर्वसाधारण नागरिक तथा दैवी प्रकोपमा परेका मानिसलाई सहुलियत दरमा काठ वितरण नगरी आर्थिक प्रलोभनमा परी कार्यालय प्रमुख सहितका अन्य कर्मचारीले लिलाम गरेको आरोपसहित अख्तियारमा स्थानीयवासीले उजुरी गरेका हुन् ।

स्थानीयवासीले गरेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसान्धान आयोगको कार्यालय इटहरीले जिल्ला वन कार्यालय सुनसरीलाई सो विषयमा के कसो भएको हो ? कागजात सहितको विवरण वास्तविकता खुलाई १५ दिनभित्र अनुसान्धान शाखा नं १ मा आइपुग्ने गरी पठाउन आदेश दिएको छ ।

अख्तियारका शाखा अधिकृत नीलकण्ठ विश्वकर्माले जिल्ला वन आपूर्ति समिति, सुनसरीमा चार वर्षअगाडि काठ माग गरिएको निवेदन दिएकामा हालसम्म पनि उपलब्ध नगराएको जिल्ला वन कार्यालयअन्तर्गत उत्पादन भएका काठ वन आपूर्ति समितिमार्फत बिक्री–वितरण नगरी स्थानीय जनता तथा दैवी प्रकोपमा परेका मानिसलाई चार वर्षदेखि काठ वितरण नगरी आर्थिक वर्ष २०७३/७४ मा करिब ४० हजार क्यू. फिट काठ व्यवसायीसँग मिलेमतो गरी लिलामी प्रथाबाट बिक्री–वितरण गरेको उजुरी परेकाले सो विषयमा खुलाई पठाउनका लागि वन कार्यालयलाई पत्र लेखेको जानकारी दिए ।

यता वन कार्यालयले अख्तियारको पत्र पाएपछि त्यसको २ पेज लामो जवाफ लेखेको छ । वनले आफ्नो बचाउ गर्दै मिलेमतोमा कार्य नगरेको दाबी सहितको माघ १४ गते अख्तियारलाई जवाफ लेखेको कार्यालय स्रोतले जनाएको छ । रासस

माघ १८ गते, २०७४ - ०८:४८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोनाबारे स्वास्थ्य मन्त्रालयको दैनिक प्रेस ब्रिफिङ् नहुने, दैनिक अपडेट यसरी हेर्न सकिन्छ

कोरोनाबारे स्वास्थ्य मन्त्रालयको दैनिक प्रेस ब्रिफिङ् नहुने, दैनिक अपडेट यसरी हेर्न सकिन्छ

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना भाईरस संक्रमणबारे गर्ने गरेको दैनिक प्रेस ब्रिफिङ् भोलीबाट...   
केकेआरविरुद्ध पञ्जाबको शानदार जित

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

काठमाडौं । यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध किंग्स इलावेन...   
हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्ला । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको...   
प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका...   
यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

राजनीतिले राष्ट्रको नेतृत्व गर्छ। यसैले राजनीतिक नेतृत्व राष्ट्र र जनताको हितमा निरन्तर क्रियाशील...   

टिकाको दिन दुखद घटना : आगलागीबाट जले पाँच घर

जाजरकोट । विजयादशमीका दिन जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट...   

गण्डकीमा थप दुई सय ५२ जनामा कोरोना सङ्क्रमण

गण्डकी । गण्डकी प्रदेशमा आज थप २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको...   

पोखरीमा डुबेर एक जनाको मृत्यु

मङगलबारे । इलामको देउमाई नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई...   

शिक्षकबाट राजीनामा दिएर बगरमा केरा फलाउँदै भुषाल

दाङ् । दाङका एक व्यक्तिले शिक्षकबाट राजीनामा दिएर बगरमा केरा खेती गर्नुभएको छ । लमही नगरपालिका–३ फल्कापुर...   
राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकालबाट टीका ग्रहण...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top