Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

अनिश खालिङ प्रतिस्ठानले करोडौंको हिसाब लुकायो, सहयोगको रकम सहयोगमै खर्च गर्न माग 

\"\"युएई ।  संयुक्त अरब इमिरेट्स (यूएई) मा पाकिस्तानी नागरिकको हत्या अभियोगमा मृत्युदण्डको सजाय पाएका मत्स्यपोखरी, संखुवासभाका अनिश खालिङको जीवन बचाउका लागि देश–विदेशबाट संकलन भएको करोडौं रकम अनिस खालिङ प्रतिस्ठानले सार्बजनिक नगरेको भन्दै चौतर्फी बिरोध सुरु भएको छ । खालिङलाई बचाउन ‘ब्लडमनी’ बापत पाकिस्तानी परिवारलाई ८० लाख रुपैयाँ दिनुपर्ने भएपनि सो रकम यूएईका एक शेखले उक्त समयमा तिरिदिएपछि अभियानले उक्त रकम प्रतिष्ठान स्थापना गरी संस्थाकै नाममा राखेको जनाएपनि हालसम्म उक्त रकम अन्य पीडितका लागि खर्च नगर्दा प्रतिस्ठानप्रति सबैको चासो बढेको हो । लामो समयदेखि साउदी अरबको जेलमा रहेका माई नगरपालिका–४, इलामका ३१ वर्षीय प्रेमबहादुर राईलाई छुटाउन अनिश खालिङका नाममा उठेको रकम सदुपयोग गर्नुपर्ने आवाज उठि रहदा प्रतिस्ठानले राई बचाउ अभियानलाई सहयोग गर्न चासो नदेखाएपछी अनिश खालिङ बचाउ अभियानमा संलग्न अभियन्ताहरू र राई बचाउ अभियानका अभियान्ताहरु आक्रोशित बनेका छन । २०१६ मार्च ३१ गते सामान लोड गरिएको गाडी चोरी भएको भन्दै अदालतले ९० लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएपछि राई हाल सम्म साउदी जेलमा छन् । राई बचाउ अभियानले क्षतिपूर्ति तिरेर राईलाई जेलमुक्त गराउन पहल गरि रहदा प्रतिस्ठानले भने मौज्दात रकम लुकाएर राखेको आरोप लागेको छ । अभियन्ताहरूले पछिल्लो समय चन्दा उठाउनुको सट्टा अनिशको नाममा उठेको पैसा सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन । अनिशको नाममा उठेको ३ करोड २९ लाख ९३ हजार रुपैयाँमध्ये २ करोड ३६ लाख १७ हजार रुपैयाँ हाल अनिशकै नाममा स्थापित अनिश प्रतिष्ठानसँग रहेको राइ बचाउ अभियानका अभियान्ता हरुको दाबी रहेको छ । देश बिदेशमा रहेका नेपाली हरुले गाँस काटेर सहयोग गरेको करोडौं रकम प्रतिष्ठानमा रहदा समेत लाजै नमानी राई बचाउ अभियानमा १ लाख सहयोग गर्छौ भनी गत बुधबार रिपोटर्स क्लबमा भएको पत्रकार सम्बेलनमा प्रतिस्ठानका अध्यक्ष रामरतन राईले घोषणा गरेपछि राई बचाउ अभियानले उक्त रकम समेत अस्वीकार गरेको अभियानका युएई अभियान्ता उमेश वाबुदुकिख राइले खबरडबलीलार्इ जानकारी दिएका छन । ‘अनिशका नाममा उठेको रकममध्य आबस्यक रकम प्रेम राई बचाउ अभियानमा खर्च गर्नैपर्छ । \"त्यो रकम कुनै ब्यक्तिलाई निजि सम्पत्तिको रुपमा उठायका हैनौ\" त्यसमा धेरैको खुन पसिना परेको छ । प्रतिस्ठानले गद्दारी गर्न मिल्दैन मलेसिया बाट प्रेम राई बचाउ अभियानका अभियन्ता बुद्धिमान राइको भनाइ छ । यस्तै कुबेतबाट प्रेम राउ बचाउ अभियानमा सक्रिय रूपमा लाग्दै आएका दिल कुमार पाख्रिनले प्रतिस्ठानबाट बैंक स्टेटमेण्ट सार्बजनिक नगरेको , बैंकमा कति रकम छ भन्ने नखुलाइएको, अनिशको स्थापनाको लागि भनेर २५ लाख खर्च छुट्ट्याइए पनि अनिसलार्इ सार्बजनिक नगरिएको र १३ लाख भन्दा बढी खर्च भनिए पनि कुन कुन शिर्षकमा खर्च भयो भन्ने नखुलाइएको भन्दै प्रतिस्ठानले सहयोगी दाता एबम आम अभियान्ताहरुप्रति नै बिश्वास घात गरेको बताएका छन । साउदी जेलमा रहेका राईको उद्धार गर्न झन्डै ९० लाख रुपैयाँ संकलन गर्नुपर्ने राई बचाउ अभियानका अभियान्ताहरुले जानकारी दिएका छन । यता, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले अनिस खालिङ बचाउ अभियानको नाममा उठेको रकम बुझाउन बारम्बार ताकेता गर्दा पनि सुनुवाइ नभएको स्रोतले बताएको छ । जुन प्रायोजनका लागि रकम उठाएको हो सोही प्रकृतिका काममा खर्च गर्नुपर्न प्राबधान रहेपनि प्रतिस्ठानले रकमलाई नदेखाइ मनोमानी रूपमा राखेपछि विभिन्न समयमा देश विदेश बाट सहयोग गर्दै आएका सहयोगी हरु समेत यतिखेर निराश बनेका छन । साउदी जेलमा रहेका प्रेम राईलाई बचाउन यतिखेर युएई ,मलेसिया ,साउदी अरब ,कतार ,कुबेतलगायतका विभिन्न देशबाट अभियान सन्चालन गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies