Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

साथीलाई बचाउन चिया बेच्दै विद्यार्थी

\"\"काठमाडाैं । बुधबार बिहानैदेखि चरीकोटको मौसम चिसो थियो । एकाबिहानै कठ्याङ्ग्रिने चिसोमा सातदोबाटो चोकमा स्कुले पोसाक लगाएका केही बालबालिका देखा परे । ७- ८ कक्षामा पढ्नेजस्ता देखिने उनीहरुले ग्यास चुलो, भाँडा र प्लास्टिकका गिलास निकाले अनि चुलो बाल्न सुरु गरे, भाँडामा पानी बसाले, चिनी, चियापत्ती हाले । चिया तयार भयो । उनीहरुकै साथीको अर्को समूहले ब्यानर टाँग्यो, जसमा लेखिएको थियो, ‘हामी हाम्रो साथी मदनलाई बचाउन चाहन्छौं ।’

आजको नागरिकमा खबर छ-बिहानको चिसोमा चोकवरपर जम्मा भएका सर्वसाधारण ससाना बालबालिकाले चिया पकाएको हेर्न झुम्मिए । केही बेरपछि भीमेश्वर नगरपालिकाका मेयर भरतबहादुर केसी आइपुगे । केसीले ससाना विद्यार्थीले सहपाठीको उपचारका लागि थालेको सहयोग अभियानको प्रशंसा गरे, उनीहरुले पकाएको चिया पिए र सहयोग संकलन बाकसमा पाँच हजार रुपैयाँ राखिदिएर अभियान सुरु गरे ।

भीमेश्वर नगरपालिका ५ ठुल्ढुंगाका १४ वर्षीय मदन केसी गौरीशंकर बोर्डिङ स्कुलबाट ८ कक्षासम्मको पढाइ पूरा गरेर यसै शैक्षिक सत्रमा सदरमुकामकै कालिञ्चोक उच्च माविमा ९ कक्षामा भर्ना भएका थिए । बाबु नारायण केसी सोही स्कुलमा सहायक थिए । आमा मीना चरीकोटको बजारमा नाङ्लो पसल चलाउँथिन् । बहिनी बोर्डिङमै पढ्दै थिइन् ।

मदनको पढाइ राम्रै चल्दै थियो । बाबुआमाको कमाइले परिवार जेनतेन चलेकै थियो । दुई महिनाअघि एक दिन मदनलाई अचानक ढाड दुख्यो । नजिकैको मेडिकल गए । एक्सरे गर्दा केही समस्या नदेखिएपछि उनीहरु फर्किए । १५ दिनपछि फेरि घुँडालगायत शरीरका विभिन्न भागमा दुख्ने समस्या देखियो । बाबुआमाले झाँक्रीकोमा लिएर गए । ठीक भएको अनुभूतिपछि मदन फेरि स्कुल जान थाले । स्कुलमा नेपाली सेनाले राष्ट्रिय सेवा दलअन्तर्गत विद्यार्थीलाई दिएको तालिममा उनी पनि सहभागी थिए ।

सेनाले उनीसहित सहभागीलाई भ्रमणका क्रममा एक महिनाअघि विराटनगर लिएर गयो । खेलकुदसहित केही सामान्य अभ्यास थियो । पाँचौं दिन उनको अनुहार अचानक सुन्नियो । धरानस्थित बिपी कोइराला मेमोरियल अस्पताल लगियो । अस्पतालले उनको रगत र शरीरमा रगतको मात्रा जाँच गर्यो । ब्लड क्यान्सरको आशंकामा उनलाई तत्काल भक्तपुर क्यान्सर अस्पताल रिफर गरियो । भक्तपुर क्यान्सर अस्पतालका चिकित्सकले बोनम्यारो गरेर रिपोर्ट दिल्ली पठाए । एक सातापछि उनको रिपोर्ट आयो । उनलाई ब्लड क्यान्सर भएको रहेछ ।

चारपटकसम्म किमो गर्नुपर्ने डाक्टरहरुले बताए । गरिबीका परिवारसँग खर्च अभाव भयो । परिवारले मदनलाई भक्तपुरबाट सिभिल अस्पताल पुर्याए । अहिले उनलाई सिभिलमै भर्ना गरिएको छ । डाक्टरहरुले बाबु नारायणलाई उपचार सम्भव रहे पनि ग्यारेन्टी गर्न नसक्ने र महँगो हुने बताएका छन् । ‘कसरी छोरा बचाउनु, थाहा छैन’, नारायणले रुँदै भने ।मदनलाई ब्लड क्यान्सर भएको मदनले भर्खरै छाडेको गौरीशंकर बोर्डिङ स्कुलको कक्षा ७ मा पढ्ने विद्यार्थीले उनकी बहिनी मनिषामार्फत थाहा पाए । मनिषाले घरको पीडा सहपाठीलाई  रुँदै सुनाएपछि उनीहरुले आपसमा सल्लाह गरे, शिक्षकसँग पनि सल्लाह गरे । शिक्षिका विन्देश्वरी खतिवडासहितले सहयोग संकलन गर्न सुझाव दिए ।

कक्षा ७ का विद्यार्थीले कक्षाकोठामा गल्ती गर्दा ५ रुपैयाँ जरिवाना तिर्ने नियम थियो । ६ महिनाअघि सुरु भएको यो नियमले दुई हजार रुपैयाँ जम्मा भएको थियो । यो रकम मदनको उपचारका लागि नगन्य थियो । अरु विकल्प के ? कक्षा ७ की एलिना पोखरेलका अनुसार विद्यालय र घरमा गृहकार्य गर्ने समयबाहेक बचेको समयमा चोकमा चिया पकाएर बेच्ने र मिलनलाई सहयोग जुटाउने विषयमा विद्यार्थीले छलफल गरे । उनीहरुले विद्यालय व्यवस्थापनसँग अनुमति मागे । व्यवस्थापनले स्थानीय प्रशासनसँग पनि अनुमति लिइदियो ।

त्यसपछि विद्यार्थीले बुधबार बिहान चिया बेच्ने अभियान सुरु गरेका हुन् । ‘५, ६ र ७ कक्षाका विद्यार्थी यो अभियानमा छौं’, एलिनाले भनिन्, ‘हरेक दिन बिहान ७ देखि ९ बजेसम्म र दिउँसो ४ देखि ५ बजेसम्म चिया बेची सहयोग रकम उठाएर पठाउछौं ।’ उनका अनुसार २४ गतेसम्म चल्ने अभियानमा तीनवटा कक्षामा रहेका ७४ जनाले विभिन्न समूह बनाएर पालैपालो चोकमा खटिने नियम बनाएका छन् । स्कुले विद्यार्थीले चलाएको अभियानमा बुधबार ५७ हजार ९ सय ६५ रुपैयाँ संकलन भएको छ । मदनका बाबु नारायण, बहिनी मनिषा र स्कुलका प्राचार्यको रोहबरमा बुधबार संकलन भएको हिसाब सार्वजनिक गरिएको छ ।

विद्यार्थीको अभियानमा सातदोबाटो चोकमा आउजाउ गर्ने सर्वसाधारणले साथ दिएका थिए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies