Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

मोदीको सन्देश बोकेर सुष्मा आउँदै: मिसन-'वाम गठबन्धनसँग मित्रता'

\"\"काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश लिएर विदेशमन्त्री सुष्मा स्वराज बिहीबार अपराह्न काठमाडौं आउँदै छिन् । वायुसेनाको विशेष विमानमा दुई दिनका लागि आउन लागेकी उनीसँग नवनियुक्त विदेशसचिव विजय केशव गोखले र सहसचिवद्वय सुधाकर दलेला र रबिस कुमार पनि हुनेछन् । अाजको नयाँ पत्रिकामा खबर छ-कूटनीतिक स्रोतका अनुसार औपचारिक घोषणा नगरिए पनि प्रधानमन्त्री मोदीको विशेष दूतका रूपमा स्वराजको भ्रमण हुन लागेको हो । अपराह्न साढे ३ बजे विदेशमन्त्री स्वराज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । उनलाई विमानस्थलमा परराष्टसचिव शंकरदास बैरागी र भारत डेस्क हेर्ने सहसचिव भृगु ढुंगाना र प्रमुख शिष्टाचार महापाल दीपक अधिकारीले स्वागत गर्नेछन् । स्वराजले विहीवार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीसँग रात्रीभोजसहित भेटवार्ता गर्ने कार्यक्रम छ । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र मधेशी दलका नेतासँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ । विदेशमन्त्री स्वराजले शुक्रवार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने तय भएको देउवाका विदेश मामिलासम्बन्धी सल्लाहार डा. दिनेश भट्टराईले जानकारी दिए । प्रधानमन्त्रीसँग भेटवार्तापछि शीतलनिवास गएर स्वराजले राष्टपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । परराष्टमन्त्रालयले बुधवार विज्ञप्ति जारी गरी स्वराजको भ्रमण हुन लागेको औपचारिक जानकारी दिएको छ । भारतीय विदेश मन्त्रालयले भने सोमवारै स्वराजको भ्रमण सार्वजनिक गरिसकेको छ । परराष्ट मन्त्रालयको भारत डिभिजन प्रमुख भृगु ढुंगानाले राष्टपति र प्रधानमन्त्रीसँग भेटवार्ताका लागि मन्त्रालयले सहजीकरण गरेको तर राजनीतिक नेतृत्वसँगको भेटवार्ताबारे थाहा नभएको बताए । स्वराज भ्रमणको प्रमुख उद्देश्य वाम गठबन्धनसँग सम्बन्ध सुधार र सहकार्य स्वराज भ्रमणको प्रमुख उद्देश्य नेपालमा निर्वाचनपछि वाम गठबन्धनले ल्याएको बहुमतसँगै उससँग सम्बन्ध सुधार र सहकार्य गर्ने रहेको जानकार बताउँछन् । पछिल्लो जनमतका आधारमा आउँदो सरकारसँग सहकार्य गर्ने सन्देश बोकेर स्वराज आउन लागेको भारतको रक्षा मन्त्रालयसम्वद्ध थिंकट्यांक आइडीएसएका नेपाल मामिला जानकार डा. निहार नायकले बताए । विगतमा कर्मचारीतन्त्रबाट भएको गल्तीका कारण सम्बन्धमा तीतोपन आएकोले सुधारका लागि राजनीतिक तवरबाटै प्रयास थालिएको अर्थमा यसलाई लिनुपर्ने पनि उनको भनाई छ । एमाले नेता डा. राजन भट्टराईले स्वराजको भ्रमणलाई अन्यथा लिन नमिल्ने भन्दै भ्रमणबारे उनी आइसकेपछि मात्रै भन्न सकिने बताए । उनले भने, अहिले उहाँ आउन लाग्नुभएको छ । राजनीतिक नेतृत्वसँग उहाँले के सन्देश दिनु हुन्छ, के कुराकानी हुन्छ, त्यसका आधारमा मात्रै यो भ्रमणको महत्वबारे भन्न सकिन्छ । तर राजनीतिक तहमा सम्बन्ध सुधार गर्नै सहकार्य गर्ने भारतको इच्छालाई सकारात्मकरुपमा नै लिनुपर्ने उनको भनाई थियो । कतिपयले स्वराजको यो भ्रमणलाई नयाँ सरकार गठनलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण तयारीका रुपमा पनि बुझेका छन् । मोदीले यसअघि अरुण तेस्रो जलविद्युत आयोजना सिलान्यास गर्ने, जनकपुर र लुम्बिनी भ्रमण गर्ने गरी नेपाल आउने तयारी भएको थियो । तर, नेपालमा वाम गठबन्धन निर्माणसँगै उनको भ्रमण तयारीकै क्रममा रोकिएको थियो । स्वराजको भ्रमणबारे भारतीय प्रधानमन्त्री मोदीले ७ माघमा टेलिफोन वार्ताका क्रममा एमाले अध्यक्ष ओलीलाई जानकारी गराएका थिए । ओलीका विदेश मामिलासम्बन्धी पूर्व सल्लाहकार गोपाल खनालका अनुसार मोदीले फेब्रुअरी पहिलो साता विदेशमन्त्री स्वराजलाई नेपाल पठाउन लागेको जानकारी दिएका थिए । पछि दिल्लीसँग समन्वय गरेर भारतीय राजदूत मञ्जिब सिंह पुरीले भेटवार्ताको तारतम्य मिलाएका हुन् । स्वराजको भ्रमणका लागि ओलीका तर्फबाट एमाले नेता विष्णु रिमालले समन्वय गरेका छन् भने मोदीका तर्फबाट भारतीय राजदूत मञ्जिब सिंह पुरीले समन्वय गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies