Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

कति भूकम्पपीडितले लिए सहुलियत ऋण ?

\"\"काठमाडौं । पछिल्लो तीन महिनामा भूकम्पपछिको पुनःनिर्माणले गति लिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले आउँदो मनसुन अघि चार लाख ६० हजार पीडितलाई आवासको व्यवस्था गर्ने गरी काम भइरहेको बताए । असोज मसान्तसम्म छ लाख २० हजार ६४६ पीडितले पहिलो किस्ता पाएकामा बुधबारसम्म छ लाख ७१ हजार ४९५ ले बुझेको प्राधिकरणको तथ्याँक छ । यसैगरी असोजसम्म ९६ हजार ६७३ ले जग हालेर दोस्रो किस्ता बुझेकामा बुधबारसम्म दुई लाख १८ हजार ५९५ ले लिएका छन् । असोज मसान्तमा तेस्रो किस्ता लिनेको संख्या १८ हजार २२५ थियो भने हाल ५३ हजार ५१८ पुगेको छ । असोजसम्म एक लाख ४७ हजार ३७२ घर निर्माण भइरहेकामा हाल दुई लाख ८२ हजार ९३२ पुगेको छ । “भूकम्प अतिप्रभावित १४ जिल्लाका १३१ स्थानीय तहका एक हजार १८६ वडामा इन्जिनियर खटाइएको छ, अब इन्जिनियरलाई स्थानीय तहले नै परिचालन गर्छ, हाजिर पनि वडामै हुनुपर्छ, इन्जिनियरलाई भत्ता, यातायात र सञ्चार शुल्क पनि दिने व्यवस्था गरिएको छ”, उनले भने । पुनःनिर्माणमा आवश्यक पर्ने दक्ष निर्माणकर्मी बढाउन १४ जिल्लाका २१ हजारलाई तालीम दिइएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले ७० वर्ष नाघेका वृद्ध, ६५ वर्ष नाघेका एकल महिला, अपांगताको परिचयपत्र भएका र नाबालक भूकम्पपीडितका लागि आवास पुनःनिर्माण गरिदिने निर्णय गरेको छ । यसका लागि हालसम्म ४०० को नाम दर्ता भएको छ । सहुलियत दरको ऋण ६५९ पीडितले मात्र पाएकाले सहज बनाउन सरोकार भएका निकायलाई अनुरोध गरिएको प्राधिकरणले जनाएको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको सेलाङका जोखिमयुक्त बस्तीका पीडितलाई प्राधिकरणले नै स्थानान्तरण गरेको छ । जोखिमयुक्त बस्तीमा परेका नुवाकोटका २४ र रसुवाका ७२ पीडितलाई सुरक्षित स्थलमा सारिएको छ । जोखिमयुक्त बस्तीमा परेका १० घर भन्दा बढीलाई मात्र स्थानान्तरण गर्ने प्राधिकरणको नीति रहेको प्रमुख कार्यकारी अधिकृत भुसालले बताए । पुनःनिर्माणका लागि बजेट अपुग हुने भएकाले असारपछि अर्को दाता सम्मेलनको तयारी गर्ने प्राधिकरणको योजना छ । दरबार हाईस्कूलमा रहेका भानु र संस्कृत दुवै माध्यमिक विद्यालय पुनःनिर्माणका लागि शिक्षा मन्त्रालयलाई अनुरोध गरिएको छ । धरहरा प्राधिकरणले नै निर्माण गर्ने भएको छ । बाहिरी संरचना परम्परागत र भित्री संरचनामा आधुनिक शैली प्रयोग गर्ने गरी ‘डिजाइन’ भइरहेको जनाइएको छ । प्राधिकरणका प्रवक्ता यमलाल भुसालले पुनःनिर्माणका लागि भारतले दिने रु २५ अर्ब अनुदानमध्ये रु १० अर्ब निजी आवास पुनःनिर्माणमा र सम्पदा, विद्यालय र स्वास्थ्य क्षेत्रका संरचना पुनःनिर्माणमा रु पाँच÷पाँच अर्ब खर्च गरिने निर्णय भएको बताए । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका बेला रु २५ अर्ब अनुदान सहयोगका विषयमा सम्झौता भएको थियो । “भारतको एक्सपोर्ट इम्पोर्ट (एक्जिम) बैंकसँग एक प्रतिशत सहुलियत ब्याजदरको रु ७५ अर्ब ऋण लिइने छ, यसका लागि हरिहर भवन, त्रिभुवन विश्वविद्यालयका भवन लगायत ठूला भवन निर्माणको योजना तयार गरेर सम्झौता गरिनेछ”, उनले भने । भूकम्पले भत्किएका क्षेत्रीय र जिल्ला स्तरका सरकारी भवन संघीय संरचनामा गएपछिको अवस्थामा पुनःनिर्माण नगर्ने निर्णय गरिएको प्राधिकरणले जनाएको छ । संघीय संरचना अनुसार आवश्यकताका आधारमा मात्र भूकम्पले भत्काएका सरकारी भवन निर्माण गरिनेछ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies